Sunday, January 19, 2014

मधेसी सहीद र मधेस क्रांति

रघुनाथ ठाकुर "मधेसी"
मधेस मुक्तिको नाममा सन १९५०-६० ताका सहीद रघुनाथ ठाकुरद्वारा उठान भएको 'मधेस क्रांति' होस अथवा बि.स. ०६३-६४मा सहीद रमेश महतोको सहादतबाट शुरुआत भएको ५४ महान बलिदानी सहितको 'मधेस बिद्रोह', यी सबै घटनाहरुले मधेसीहरू उपनिवेशमा छ, उत्पीड़नमा छ, शोषण र दमनमा छ भन्ने सत्यताको उद्घाटन मात्र गर्न सकेको छ । तर, यी सबै खालको उत्पीडनहरूबाट पूर्ण मुक्ति दिलाउने गान्धी, मण्डेला जस्ता उच्च छवि र क्षमता भएको 'मधेस मुक्तिदाता'को जन्म हुन नसकेको दुखद परिस्थिति छ ।

हुनत ०६३/६४ मा रातारात एउटा अविश्मरणीय "मधेस जन बिद्रोह" भयो तर त्यो बिद्रोह तल्लो तह(वाड, गाउँ) सम्मको जनतालाई व्यापक रूपमा संगठित गरी संघर्ष सहितको पूर्व तयारीबाट न उठेकाले त्यस बिद्रोह मार्फत उदाएका केही भाग्यशाली नेताहरूमा आन्दोलन र क्रांतिको दुख, पीड़ा, मर्म, त्याग जस्ता तत्वहरूको कुनै अनुभूति नै भएन । परिणाम : ती सबै नेताहरु स्वार्थी, पद, पैसा, मौजमस्ती र सत्ता लोलुप बन्न पुगेको यथार्थबाट हामी भाग्न न सक्ने अवस्था छ ।

यस्तो परिस्थितिमा आत्माले चाहेपनि नचाहे पनि ०६३/६४को 'मधेस बिद्रोह'मा सहादत प्राप्त गरेका सहीदको सम्झनामा आज ती लोलुप मधेसी दल र नेताहरू सहीदका तस्वीर, शालिक र मूर्तिहरूमा फूल, अबीर अरपण गरी "सहीद दीवस" मनाई रहेका छन । तर, क्रांतिकारीहरूले सोच्नुपऱने कुरा के हो भने स्वार्थीहरूको दीवस मनाउने शैली जेसुकै होस हामी पूर्ण श्रध्दा र क्रांतिको भविष्य अत्यंत उज्ज्वल छ भने विश्वास सहित आत्मीयताका साथ मनाऔं ।
-वीर सहीद अमर रहोस्, मधेस क्रांति जिन्दाबाद....

No comments:

Post a Comment

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...