Thursday, October 7, 2010

चुनावी चक्रब्यूह र राष्ट्रिय ढुकुटीको सर्वनाश !!

सुरक्षा ठाकुर
संविधान सभाको अवधि बढाउने कि नबढाउने सम्बन्धमा जेठ १४ गते मध्यरातमा ११ बजे बनिएको बैठकमा संबिधानसभा भवनमा दलका सबै नेताहरु बीच चर्को विवाद भयो ! जसमा तिन वटा बुँदाहरुमा सहमति भई निष्कर्षमा टुंगियो ! ति थिए प्रधानमन्त्रीको राजिनामा, सहमतिको सरकार निर्माण र संविधान निर्माण अवधि १ बर्ष म्याद थप ! यी तीन बुँदाहरुमा सहमति जनाएर सबै पार्टीका दलहरु संविधान निर्माण गर्ने कुरा बाट अब १ बर्ष सम्मको लागी ढुक्क भइयो भनेर लामो साँस फेर्दै आफ्नो –आफ्नो घर तर्फ लागे ! त्यस रात ती दलका नेताहरु ढुक्क भएर सुते होलान ! किनभने उनीहरुको लागी त यो खुशीको कुरा थियो कि अब फेरी १ बर्ष सम्म पदमा रहन पाइयो र तलब भत्ता लगायत अन्य सुविधा लिन पाइयो ! तर त्यसै रात जनताहरुको लागी एक दमै कालो रातमा परिणत भयो ! अब फेरी मुलुकमा शान्ति सुरक्षा स्थापना नहुने भयो, अब फेरी मुलुकले नयाँ संविधानको लागी १ बर्ष कुर्नुपर्ने स्तिथिको सिर्जना भयो भनेर सबै जनता दु:खी थिए ! भूमिगत राजनीतिक छाडेर बाहिर आएको माओवादी र तत्कालीन सरकार बीच चार बर्ष अघिको विवाद शान्ति प्रक्रिया कसरि टुंग्याउने भन्ने थियो ! साथै नागरिक सर्वोच्चताको नारा लिंदै हिडेको माओवादी आज केवल आफ्नो स्वार्थलाई मात्र हेरिरहेको छ ! आफ्नो नेतृत्वमा सरकार निर्माणको खोजिरहेका छ ! एकातिर प्रधानमन्त्रीको राजिनामाको २ घण्टा भित्र नयाँ सरकार निर्माण गर्ने ठोकुवा गरेका माओवादी कँहा अस्ताएछ त ती सबै वाचा र जवाफहरु ? नेकपा एमालेको सरकारलाई कठपुतली सरकार, २/२ ठाउँबाट हारेको हरुवा सरकार भनेर नारा बोक्ने पार्टी अहिले आफु सात सात पटक सम्म हार्दा पनि लोकलाज पचाएर फेरी उम्मेदवारीमा बसेर भोटको प्रतिक्षा गरिरहन्छ ! फेरी मुलुकवासीहरुलाई अल्झाउनको निम्ति आउँदो निर्वाचनको अवधि असोज १० गतेको लागी सारिएको छ ! अझ पनि यी उम्मेदवार नेताहरुलाई लाज छैन ! सधै भाषण दिँदा मुलुकमा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने तर अहिले मुलुकको अवस्था तहसनहस भएको छ, तर पनि नयाँ सरकार चयन हुन् सकेको छैन ! सबै भन्दा ठुला दलका नाममा चिनिने एनेकपा माओवादीले अहिले यस्तो विकट स्तिथिमा सबै पार्टीलाई मिलाई अगाडी लानु पर्ने बेलामा आफै उम्मेदवारी लिई अडिग भएर बसेको छ ! सात पटक सम्म पनि मुलुकलाई निकाश दिन नसक्ने यो कस्तो किसिमको संविधान सभामा राजनीतिक खेल भइरहेको छ त ?
अर्को तर्फ नेकपा एमाले छ जसले १३ महिनाको सरकारले नेतृत्व गर्न पाउँदा पनि देशवाशीहरु एमाले सरकारको नेतृत्वबाट सन्तुष्ट थिएन ! अहिले मुलुकलाई निकाश दिने बेलामा होडबाजी गरेर बसेको छ ! भनिन्छ, “एमाले पार्टी निकै अप्ठ्यारो पार्टी हो किनकी मुलुकमा विधमान यतिका समस्याहरु हुँदा हुँदै पनि तटस्थ बसेर समस्यालाई झन बढावा दिएको छ ! एमाले र मधेसी मोर्चा मिलेर अहिलेको प्रधानमन्त्रीको २ वटा उम्मेद्वारी मध्ये एउटा उम्मेदवारलाई भोट हाली मुलुकलाई नयाँ प्रधानमन्त्री दिन सक्थ्यो”, तर एमाले र मधेसी मोर्चाको तटस्थताको कारण आजको सम्पूर्ण मुलुकवासीले दु:ख खेप्नु परिरहेको छ ! खै त देश प्रतिको प्रेम ? खै त जनता प्रतिको माया ? के मुलुकलाई अनिर्णयको बन्दि बनाएर आफु तटस्थ बस्नु सही हो त ? के मुलुकमा दिन प्रति दिनको कामकाजलाई ठप्प राखी देश दिन दिनै राजनीतिक बन्दि र आर्थिक मन्दीमा जानु ठिक हो त ? तर यस प्रति कुनै पार्टीको पनि ध्यान केन्द्रित भएको छैन !
सबै भन्दा धेरै समय सम्म प्रधानमन्त्री पदको नेतृत्व गरेको नेपाली काँग्रेस ! तर स्व. गिरिजा प्रसाद कोईराला जीवित हुँदा खेरि नेपाली काँग्रेसलाई धेरै सम्मान र इज्जतको नजरले हेरिन्थ्यो तर अब दिनदिनै नेपाली काँग्रेस पनि आफ्नो अस्तित्व गुमाउदै गइरहेको अवस्था देखिन्छ ! माओवादी सहमतीयमै जाउ पनि उम्मेदवारी फिर्ता लिन तयार भएको बेलामा यता नेपाली काँग्रेसका प्रधानमन्त्री उम्मेदवार राम चन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिने, बहुमतीय प्रणाली मै जाने अठोट लिई अब आठौ पटकको निर्वाचनको प्रतिक्षामा हुनु हुन्छ !
आफूलाई ठुला पार्टी भन्ने यी तीन पार्टीहरुले अहिलेको समयमा जुन मुलुकको परिस्थिति देखिएको छ त्यसले पनि प्रमाणित हुन्छ कि साँच्चै नै ठुला पार्टी रहेछन् ! जसले आफ्नो हठ र सत्ताको लोभमा राजनीतिकको फोहोर खेलमा मुलुकलाई अझ अन्धकार तर्फ धकेल्दै गइरहेको छ !
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि सरकार निर्माण गर्ने बेलामा नै आधारपत्र लिएर बसेका छन ! कुनै पनि कुरोको एउटा सही समय हुन्छ ! तर राजनीतिक बसिरहने यी नेतावर्गहरुलाई के थाहा समयको महत्वको बारेमा ! संधैभरि समयलाई खेर फाल्दै मुलुकलाई खाडलमा पुर्याउने यी नेताहरुलाई पटक्कै पनि कुनै चिन्ता छैन ! सरकार निर्माण पश्चात पनि त आफ्ना-आफ्ना पार्टीका कुरा राख्दा हुन्थ्यो नि ? किनकी सरकार भनेको कुनै एउटा दलको वा एउटा व्यक्तिको वा एउटा पार्टीको मात्र हुदैन ! सरकार भनेको सम्पूर्ण मुलुकमा बस्ने जनजाती, मधेसी, आदिवासी, गरिब सबैको लागी साझा हुन्छ ! सरकारले सबैको कुरालाई सुनेर साझा निकाश निकाल्न सक्नु पर्छ ! त्यसैले सरकार निर्माण पश्चात मधेसी मोर्चाले मिलेर एक भई आफ्नो मांग राख्नसक्नु पर्थ्यो नि ? तर अहिले कै समयमा सबै पार्टीहरुले यस्तो वालहठ राख्नु नितान्त गलत कुरा हुन् जान्छ ! मधेसी मोर्चाको पनि विश्वाश अब कसरी गर्ने ? सरकार निर्माणको मात्र मोर्चा बन्ने र अवसरको खोजीमा विस्तारै फुट्दै जाने चलन नै भएछ ! त्यस्तै अहिले सरकार निर्माण गर्ने बेलामा संसद भित्रका सबै मधेसीदलहरु मोर्चा बन्दी गरेर अगाडी आएका थिए तर त्यो छानिक मात्र रहेछ ! अहिले पनि मोर्चा विगत झै फेरी टुक्रिसके ! जुन कि एकदमै लज्जास्पद कुरा हो ! के मोर्चा अवसरका लागी मात्र सकृय हुने हो ? जब मधेसको मुद्दा एक हो, मधेसको समस्या एक हो भने मधेसी मोर्चा सधै एक किन हुन् सक्दैन ! किन सधै फुट्ने काम हुन्छ ? के यति कम्जोर छन त मधेसी मोर्चा, मधेसीका पार्टी, मधेसी नेताहरु ?
अहिले आफुलाई ठुला दलले चिनाउने नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी लगायत मधेसी मोर्चा सबै मिली देशलाई निकास दिने तर्फ लाग्नु नै उचित हुन्छ ! भदौ २२ गते भएका सातौ पटकको प्रधानमन्त्री निर्वाचनका लागि निर्णायक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित भए पछी माओवादीको पक्षमा समर्थन बढ्ने विश्वास थियो ! मधेसी जनअधिकार फोरमले माओवादीलाई समर्थन गर्ने बताएको थियो तर कुनै कारणवश गरेनन् ! आजको अवस्थामा नेपाली जनता नै नेपाल राज्यको शक्तिको प्रमुख श्रोत भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको कुरा जनआन्दोलन दोश्रोबाट प्राप्त भएको छ ! संविधानमा भएका सम्पूर्ण सामन्तवादी संरचनाहरु समाप्त पारिएको छ ! नेपाली जनताको समाजिक, आर्थिक, राजनीतिक, संस्कृतिक, भाषिक, धार्मिक तथा जातीय हकअधिकारलाई सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्रको आवश्यकता परेको हो ! त्यसका लागी राज्यको विधमान राज्य संरचनालाई पूर्ण सरचना गर्नु पर्छ ! हरेक जातजाति, भाषा-भाषी, दलित, मधेसी, आदिवासी, जनजाती आदिलाई समानुपातिक हिसाबले राज्य सत्तामा समावेश गराउनु पर्दछ ! नेपालको वर्तमान गतिरोध पछाडी दुई ठुला विभाजन छन्, जसले शान्ति प्रक्रियाको सुरुवात देखि नै त्यसमा प्रवेश पाएका थिए ! पहिलो नयाँ नेपालको एजेन्डा र दृष्टिकोणमा रहेको विभाजन हो भने अर्को शान्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएका पक्षहरु बिचको शक्ति बाडफाडको व्यवस्था ! यी विभाजन ती दलका तल्लो तह वा राजनीतिक रुप सचेत नेपाली जनताको तहमा नभई राजनीतिक दलको नेतृत्वको तहमा हुने गरेको छ ! नेपालमा जनताले चाहेका कुरा र राजनीतिक दलका नेताले गर्न खोजेको कुरामा धेरै ठुलो अन्तर छ ! त्यसैले अझ पनि संसद भित्रका सम्पूर्ण दलहरुले यदि साँच्चै नै मुलुकका जनताहरुको हकहितमा केहि सोच्न चाहन्छन्, मुलुकलाई निकस दिन चाहन्छन् र केहि गर्न चाहन्छन् भने आउँदो चुनावी प्रक्रियामा नयाँ प्रधानमन्त्री चयन गरेर होस् वा सहमति गरेर होस् मुलुकलाई अनिर्णयको बन्दीबाट हटाउनैपर्छ ! यहि सम्पूर्ण दलहरुको जिम्मेवारी पनि हो र कर्तव्य हो ! मुलुकलाई तत्काल नयाँ सरकार दिन जरूरी छ ! यदि ठुला दलहरु आपस मै सधै यसरी नै भिडिरहने हो भने जनताको विश्वास सदाको लागी उठ्न सक्छ ! त्यसैले जनताको गणतन्त्र प्रतिको लगानी माथि गम्भीर भएर सोच्न जरूरी छ !
(मधेस दर्पण फिचर सेवा)

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...