सप्तरी , ०३ कार्तिक । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सुरेन्द्र मधेसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
सप्तरी जिल्ला बिष्णुपर गाउँपालिका वडा नं ७, बिष्णुपुर निवासी मधेसीले भारतको आन्ध्रप्रदेश र कर्णाटकमा अध्ययन पूरा गरी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान गर्दै आउनुभएको छ । सन २००४ सालमा बिद्यार्थी(Gen-Z) उमेरमै All India Madheshi Student Association (AIMSA) नामक संगठन खोली नेपाल बाहिर मधेसी बिद्यार्थीहरु संग हुँदै आएको भेदभावपुर्ण व्यबहारको विरुद्धमा जनतालाई एकीकृत गरि कार्यक्रम सञ्चालन गर्नुभयो ।
आफ्नो पढाई पूरा गरे पश्चात् सप्तरी फर्की उहाँ मधेसका युवाहरूलाई संगठित गर्न र सदाका लागि भेदभाव र दुर्व्यव्यवहार विरुद्ध स्वतन्त्र मधेसको लागि बैज्ञानिक डा.सिके राउतको साथमा स्वतन्त्र मधेस गठबन्धनको सप्तरी जिल्ला संयोजक रुपमा सप्तरीको कुनाकप्चामा अहोरात काम गरेर संगठित गरि पार्टीलाई जिताउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभयो ।
गाउँ-ठाउँको अवस्था स्मरण गर्दै छिन्न्मस्ता डेरी उद्योग प्रा.लि. का सञ्चालक मधेसीले सप्तरी जिल्लामा अझै पनि शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानी जस्ता आधारभूत आवश्यकतामा जनताले कठिनाइ भोग्नु परेको बताउँदै आगामी दिनमा यिनै समस्याहरू समाधान गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “सप्तरी जिल्लाको शिक्षा अवस्था नेपालकै पुच्छारमा छ, यसलाई सुधार गर्न, स्वास्थ्य सेवा सहज बनाउन, कृषकलाई समयमै मल–जल उपलब्ध गराउन तथा स्वच्छ खानेपानीको व्यवस्था गर्न म आफ्नो सम्पूर्ण प्रयास गर्नेछु ।”
हालै उहाँकै पहलमा घोरदह बाध बाधी सुख्खा खडेरी ग्रस्त कटी,बिष्णुपुर,मझौह,बेल्हा का हजार बिघा जति जमिनमा सिचाइ पुर्याउन सफल हुनुभयो साथै सप्तरी क्षेत्र न.३ का विभिन्न विकास निर्माण काममा पनि उहाँको महत्त्वपूर्ण भुमिका रह्यो ।
युवापुस्ता र नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै राजनीतिक यात्रामा अगाडि बढ्नुभएको मधेसीले क्षेत्रवासीहरूसँग निरन्तर अन्तरक्रिया गर्दै सामूहिक समस्याको समाधानमा आफू सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै उहाँले क्षेत्रवासीप्रति विश्वास प्रकट गर्दै भन्नुभयो, “आगामी निर्वाचनमा मेरो क्षेत्रका जनताले अमूल्य मत प्रदान गरी मलाई निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण भरोसा छ । जनतासँगको प्रत्यक्ष सहकार्य गर्दै मैले प्रतिज्ञा गरेका उद्देश्यहरू पूरा गर्नेछु ।”
सप्तरी –३ का युवा प्रतिनिधिका रूपमा सुरेन्द्र मधेसी अबको चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण पात्रका रूपमा उदाउँदै हुनुहुन्छ ।
No comments:
Post a Comment