Sunday, January 19, 2014

मधेसी सहीद र मधेस क्रांति

रघुनाथ ठाकुर "मधेसी"
मधेस मुक्तिको नाममा सन १९५०-६० ताका सहीद रघुनाथ ठाकुरद्वारा उठान भएको 'मधेस क्रांति' होस अथवा बि.स. ०६३-६४मा सहीद रमेश महतोको सहादतबाट शुरुआत भएको ५४ महान बलिदानी सहितको 'मधेस बिद्रोह', यी सबै घटनाहरुले मधेसीहरू उपनिवेशमा छ, उत्पीड़नमा छ, शोषण र दमनमा छ भन्ने सत्यताको उद्घाटन मात्र गर्न सकेको छ । तर, यी सबै खालको उत्पीडनहरूबाट पूर्ण मुक्ति दिलाउने गान्धी, मण्डेला जस्ता उच्च छवि र क्षमता भएको 'मधेस मुक्तिदाता'को जन्म हुन नसकेको दुखद परिस्थिति छ ।

हुनत ०६३/६४ मा रातारात एउटा अविश्मरणीय "मधेस जन बिद्रोह" भयो तर त्यो बिद्रोह तल्लो तह(वाड, गाउँ) सम्मको जनतालाई व्यापक रूपमा संगठित गरी संघर्ष सहितको पूर्व तयारीबाट न उठेकाले त्यस बिद्रोह मार्फत उदाएका केही भाग्यशाली नेताहरूमा आन्दोलन र क्रांतिको दुख, पीड़ा, मर्म, त्याग जस्ता तत्वहरूको कुनै अनुभूति नै भएन । परिणाम : ती सबै नेताहरु स्वार्थी, पद, पैसा, मौजमस्ती र सत्ता लोलुप बन्न पुगेको यथार्थबाट हामी भाग्न न सक्ने अवस्था छ ।

यस्तो परिस्थितिमा आत्माले चाहेपनि नचाहे पनि ०६३/६४को 'मधेस बिद्रोह'मा सहादत प्राप्त गरेका सहीदको सम्झनामा आज ती लोलुप मधेसी दल र नेताहरू सहीदका तस्वीर, शालिक र मूर्तिहरूमा फूल, अबीर अरपण गरी "सहीद दीवस" मनाई रहेका छन । तर, क्रांतिकारीहरूले सोच्नुपऱने कुरा के हो भने स्वार्थीहरूको दीवस मनाउने शैली जेसुकै होस हामी पूर्ण श्रध्दा र क्रांतिको भविष्य अत्यंत उज्ज्वल छ भने विश्वास सहित आत्मीयताका साथ मनाऔं ।
-वीर सहीद अमर रहोस्, मधेस क्रांति जिन्दाबाद....

Friday, January 17, 2014

हाम्रा मधेसी नेताहरुको वास्तविक चरित्र !!!!



       प्रसंग (१) ः २०४८ सालतिर संसदमा गजेन्द्र नारायण सिंहज्यूले तुम जुर्म करो त कुछ भी नही... हम उफ करे तो बागी हैंभन्दै मधेश र मधेशीको पीडाहरूका सम्बन्धमा आफ्नो मन्तव्य दिनुभयो ।
असर ः सुशील कोइरालासँगै बसेका रामवरण यादव (तत्कालीन सभासद्)ले मधेश, हिन्दी र गज्जुबाबुको विरोध गर्दै भन्नुभयो, “सभामुख महोदय गज्जुबाबुले कुन देशको भाषा बोल्नु भा हो मैले बुझिन...
परिणाम ः नेपाली कांग्रेसले रामवरण यादवलाई तत्काल चरम राष्ट्रवादी मान्दै उहाँलाई स्वास्थ्य राज्यमन्त्री बनायो ।

      प्रसंग (२) ः २०४८ सालको निर्वाचनमा सर्लाही५ (तत्काल) बाट नेपाली कांग्रेसका उम्मेदवार महन्थ ठाकुर र सद्भावनाबाट उम्मेदवार गजेन्द्रनारायण सिंह थिए । ठाकुरले सिंहलाई लक्षित गर्दै भनेका थिए, “गजेन्द्र नारायण सिंह साम्प्रदायिक र विखण्डनकारी मान्छे हुन् ।

      प्रसंग (३) ः २०५१ सालको मध्यावधि निर्वाचनमा सप्तरी२ (तत्काल) बाट गजेन्द्र नारायण सिंह र सद्भावना पार्टीलाई गाली गरेका जितेन्द्र देवले एमालेभित्र आफ्नो खसभक्ति नवीकरण गर्न भ्याएका थिए । गजेन्द्र नारायण सिंह भारू छाप्ने टकसार हो । विखण्डनकारी, डकैत, भारतीय दलाल, मधेशी उचालेर देश टुक्राउने प्रपञ्चकारी हुन् ।अहिले उनै जितेन्द्र देव चर्का मधेशवादी भएका छन् ।
परिणाम ः एमालेमा उनी चर्का राष्ट्रवादी भएर आयोगहरूमा पटकपटक मनोनित हुने सौभाग्य पाए ।

    प्रसंग (४) ः एमालेमै रहेका जितेन्द्र देवले २०६४ चैत्रमा राजविराजस्थित नेता चौकको चुनावी सभामा जय मधेशफेशन हो भनेका थिए । विदेशी शक्तिसँगको सामिप्यता र देवको कार्यशैलीमाथि एमालेले अविश्वास (सुराकी) गरेको शंकामा देवमाथि कारबाही गरेपछि उनी मधेशी कित्तामा प्रवेश गरे ।
मधेशी कित्तामा छिरेर पार्टी फुटाउने परियोजनामा सक्रिय रहेका देव हाल मजफो लोकतान्त्रिकका महासचिव छन् र सभासद् बन्न नपाएको झोकमा निर्वाचन आयोग धाउँदैछन् । मधेशप्रति संवेदनशील नरहेका देव एक बुद्धिजीवी प्राविधिक नेता मात्र हुन् । जितेन्द्र देवको बौद्धिकतामाथि प्रश्न नरहे पनि समाजका अन्य अधिकारकर्मीसँग सौहार्दपूर्ण सम्बन्ध हुनुको साटो अध्यक्ष र विदेशी शक्तिकेन्द्रहरूको सामिप्यताले शंका उब्जाउँछ

     प्रसंग (५) ः मधेश कित्तामा नआउञ्जेल महेन्द्र यादव (२०६४ साल पूर्व) भूमिसुधार, नागरिकता, मधेशवादी एकताका विरूद्धमा वकालत गरेर एमालेभित्र खसभक्तिको नवीकरण गरिरहन्थे । आफ्नो जीवनको अधिकांश समय वाम राजनीतिमा बिताएका यादव मधेशी कित्तामा प्रवेश गरेपछि पटकपटक मन्त्री त भए तर मधेशका निमित्त कुनै उदाहरणीय कार्य गर्न चाहेनन् । सत्ता समीकरण मिलाउन र मोर्चाबन्दी गरेर सिंहदरबार छिर्न चतुर खेलाडीको मान्यता पाएका महेन्द्र यादवलाई पैसा र जातबाहेकका कुरामा खासै सरोकार नराख्ने नेताको रूपमा चर्चा गरिन्छ । एमालेमा छँदा उनी नेपाल सद्भावना पार्टीलाई नेपाल विरोधी दलको रूपमा चर्चित गर्थे र आज आफै मधेशी कित्तामा राजनीति गर्दैछन् ।

     प्रसंग (६) ः ऋतिक प्रकरणमा जयप्रकाश गुप्ता (तत्कालीन नेपाली कांग्रेसका नेता र संचारमन्त्री)ले मुलुकभरि नै मधेशीहरूमाथि भएको लुटपाट र आक्रमणलाई स्वस्फूर्त र स्वाभाविक घटनाको दर्जा दिएका थिए । गजेन्द्र नारायण सिंहलाई लक्षित गर्दै उनले भनेका थिए, “धोती कुर्ता लगाएर मधेशको उद्धार हुन सक्दैन । चौकीमा माइक लगाएर धोती हातमा उठाएर हिन्दीमा भाषण गर्न मलाई पनि आउँछ ” (प्रसंग २०५१ साल, राजविराज)
२०६४ पछि कृषि र संचार मन्त्री भएका गुप्ताले मधेशकै लागि खासै केही निर्णायक कार्य गर्न सकेनन् । उनी मन्त्री हुँदा पहाडी र कांग्रेसमा रहेका मधेशीहरू बढी लाभान्वित भए । उनकै विशेष पहलमा सत्ताका भागवण्डा मिलाइएपछि उपेन्द्र यादव नेतृत्वको पार्टी फुट्यो र मधेशी दलहरू माओवादीको पोल्टामा पुगे । सरकारले उनलाई तारो बनाएर नियतवश दण्डित भए । उनी फोरम नेपाल पार्टी फुटाउँदा सार्वजनिक रूपमै भनेका थिए, “म मन्त्री बन्दिँनतर मौका पाउने बित्तिकै सञ्चारमन्त्रीको पद कुम्ल्याए । पटकपटक मन्त्री भएका गुप्ता हाल मधेशमा अमृतालिंगम् प्रवृत्तिको विरोध र राजनीतिक आदर्शमाथि जागरण अभियान थालेका छन् ।

       प्रसंग (७) विजय गच्छदार सत्ता प्राप्तिका निमित्त जोसँग र जस्तो पनि सम्झौता गर्न पछि नपर्ने गच्छदार २०४८ सालतिर नेपाल सद्भावना पार्टीलाई विखण्डनकारी शक्तिको रूपमा व्याख्या गर्थे । २०६४ सालमा महन्थ ठाकुरलगायतका कांग्रेसी नेतालाई धोका दिएर फोरम नेपाल प्रवेश गरे । आफ्नो अध्यक्षता ठाकुरले अस्वीकार गरेको रिसमा तमलोपा फुटाउन महेन्द्र यादव समूहलाई सघाए ।
भौतिक योजना मन्त्री बनेका गच्छदारले मधेशमा विकासका कुनै नयाँ परियोजना ल्याएन, हुलाकी सडक, रेल यातायातलगायत थुप्रै सम्भावित परियोजनालाई लत्याएर पहाडमा बाटो बनाए । गृह मन्त्री गच्छदार रहे पनि मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, नागरिकता, सुरक्षा निकायमा मधेशीको पहुँचलगायतका मुद्दाले कुनै स्थान पाएन । रक्षामन्त्री भएका गच्छदारले सेनामा मधेशीको सामूहिक प्रवेशलगायतका मुद्दा भाषणमै सीमित राखे । सरकारमा छिर्न मजफो नेपाल फुटाएका गच्छदारका अधिकांश नियुक्ति, कार्य, परिणाम मधेश विरोधी छ । २०६५ चैत्र विराटनगरमा (मजफो नेपालमै हुँदा) उनले भनेका थिए, “फोरमले एक मधेश एक प्रदेश छाडिसकेको छ ।फोरम लोकतान्त्रिक गठन गर्दा २०६६ आषाढ १६ गते म ३ महिनामा मधेशका मुद्दाहरू सम्बोधन गराउँछु भन्दै माधव नेपालको नेतृत्वको सरकारमा प्रवेश पाए ।
व्यवहारमा वर्र्षौं बितिसक्दा पनि मधेशीले केही पाएन । २०६४ सालमा गच्छदारले मधेश प्रदेश सम्भव छैन ।भनी उद्घोष गरे । २०७० मंसिर तेस्रो साता विराटनगरमामधेशीलाई नसमेटेर सरकार बनाउन पाइदैँनभनी कांग्रेससँग धम्कीपूर्ण बिन्ती गरे । विजय गच्छदारले गरेका राजनीतिक नियुक्तिहरू, रोजगारी, विकास योजना र पार्टी संरचनाका अधिकांश कार्य मधेश विरोधी छ ।

      प्रसंग (८) ः शरत्सिंह भण्डारी ः एक दर्जन भन्दा बढी पटक मन्त्री भइसकेका शरत्सिंह भण्डारी मधेश कित्तामा आउनु पूर्व कांग्रेसका नेता थिए । सम्पूर्ण राजनीतिक जीवनमै उनले मधेश र मधेशीको अधिकारका निमित्त कुनै ठोस कार्य गरेनन् । पर्यटन मन्त्री हुँदा जनकपुर हवाई अड्डा निर्माणको साटो पोखरातर्फ बजेट मोडे । मध्यमधेश(जलेश्वर)बाट जाने रेल्वेको सर्वेलाई प्रभावित गरेर बर्दिवास (हाइवे) हुँदै लगे । मधेशी दलमा सभासद् खरिदबिक्री, पार्टी फुटाउ परियोजना, मधेशवादको आडमा प्राप्त नियुक्तिको अवसरहरू मधेश विरोधी समुदाय वा व्यक्तिलाई दिने कार्य । मधेशवादलाई आधार बनाएर सत्ता, पैसा, स्वार्थको राजनीति गरेर बसेका भण्डारीले मधेश विद्रोहपश्चात् मधेशका पक्षमा भन्न मिल्ने गरी रक्षा मन्त्री पदबाट राजीनामा बाहेक केही गरेनन् ।
मधेश विद्रोहपश्चात् मधेशी समुदायबीच हुन थालेको सम्भावित एकता र युवा नेतृत्वलाई कमजोर बनाउन विभिन्न नाम र आकर्षक नारा लिएर मधेशी कित्तामा हाम फालेका चतुर खेलाडीहरू मधेशका मुद्दा बेचेर पटकपटक सत्तामा पुगे । मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, सशस्त्र अपराध, सरकारी विभेद भइरहँदा पनि सिंहदरबारमा लुकेर बसेका अवसरवादी नेताहरूलाई यसपटकको निर्वाचनमा जनताले दण्डित गरेका छन् । दर्जनौं राजनीतिक र सामाजिक अपराध गरेका मधेशी मन्त्रीहरूको वैचारिक निर्वस्त्रीकरणका कारण मधेशले न्याय पाएन । मधेशप्रति प्रेम र मधेशी जनतासँग भय नरहेकै कारण आम मधेशीहरू प्रयोगका वस्तु मात्रै भई बसे । २०६२÷०६३ अघि मधेश, मधेशवाद र मधेशी जनताको विरोध गर्नेहरू अवसरका लागि मोर्चाबन्दी गरेर मधेशको घरेलु राजनीतिलाई फिजीकरण गरेर मधेशको सम्भावित एकता र विद्रोहलाई स्थिल पार्न मधेश राजनीति गर्दै बसेका छन् ।

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...