Sunday, January 6, 2019

डा सीके राउतको नेतृत्व मधेशमा उत्कृष्ट

#डा_सीके_राउतको_नेतृत्व_मधेशमा_उत्कृष्ट ।
          विगत मधेशको राजनैतिक अवस्था देखी अहिले सम्ममै हेर्ने हो भने मधेशको #पहिचान , #अधिकार , #समृद्धी को लागी मधेशमा समस्याको जडै देखी सामाधानका लागी आफनो उत्कृष्ट जीवनलाई परिवर्तन गरी मधेश लाई उत्कृष्ट वनाउने तर्फ अग्रसर भएको तिर डा सी.के राउतलाई देखन सकिन्छ । #राजनैतिक_संघर्षमा उत्रनु भन्दा पहिले मधेशको #भाषा , #संस्कृति , #रितिरिवाज , #ईतिहास , #भुगोल , #सामाजिक र #आर्थिक र रहनसहनलाई सुक्ष्म अध्ययन गरेर विभिन्न किताव , लेख , रचना , सेमीनार , गोष्टी , पत्रपत्रिका का साथै मधेशलाई अन्तराष्ट्रिय स्तरमा सम्मान दिने कार्य गरेका छन् । संसारमा जाहासुकै मधेशको बारेमा जानकारी छ त्यस्ता जानकारीलाई मधेशीसामु ल्याएर #असम्भव #कामलाई_सम्भव_बनाएर देखाएका छन् । सी.के राउत द्वारा लिखित #मधेशका_ईतिहास । संसारको उत्कृष्ट मान्छेहरुको विचमा वसेर मधेशको सम्मानलाई बढाएका छन् । त्यति मात्रै नगरी संसारकै उत्कृष्ट मानिने #क्याम्ब्रिज_विश्वविद्यालय बाट डा का #उपाधि लिएर मधेशीको गौरवलाई #गौरवान्वित महसुस गराएका छन् । संसारको उत्कृष्ट संस्थाहरुमा काम गरेका छन् । आफनो सुख , समृद्धिको जीवनलाई त्यागेर आफनै पहिचानका लागी भौतारीरहेका डा राउत आफनै स्थानमा आएर धुलो खादै #वुद्ध जस्तो बनेर #ज्ञान बाँडिरहेका छन् । मधेशलाई मधेश भनिरहेका छन् । मधेशीलाई मधेशी भनिरहेका छन् । बस त्यती कुरा भनेकै कारणले आज उहाँ को जीवन संकटमा छन् । कथित दस-बिस हजारमा , कपि पेस्ट गरी पाएका सर्टिफिकेट लिई आज विद्त्वको प्रचार प्रसार गर्दै हिडेकाहरु आज विद्वान कै भाषा बुझन सकिरहेका छैनन् । आफनै छोरा छोरी , आफन्तलाई पैसाले होस वा पावरले विद्वान वनाउनकै निमित्त कडा भन्दा कडा परिश्रम गर्छन । आफनै कमाईले पुग्दैन भन्ने चाप्लुसी , भ्रष्टाचारी पनि गर्छन । तर त्यस्तै मान्छेले विद्वानलाई सम्मान गर्न जानेका छैनन् ।
     विद्वानहरुलाई चिर्दै राजनीतिमा हामफालेका डा राउतलाई राजनैतिकमा अहिले कच्चा खेलाडी हो , भर्खरका यूवा हुन आक्रोस वयक्त हो भनेर खिल्ली नै उडाएका थिए । राजनैतिक रुपमा पनि अहिले सम्म कडा परिश्रम गरेर धेरै जसोलाई जबाब दिएका छन् । तर पनि आफनै #अहंकार र #अज्ञान्तामा लिप्त भएकाले डा राउतलाई राजनैतिक व्यक्तीको रुपमा स्विकार्ण सकिरहेका छैनन् ।
    मधेश आन्दोलन र #मधेशको_बलिदानीलाई #परिणाममुखी बनाउन नसकेकोले सी.के राउतले पनि परिणाममुखी बनाउन सक्दैन भन्नेकुरा अभियान नै चलाउछन् । तर त्यस्तो व्यक्तिलाई ज्ञात होस काठमाडौँ को खुला मञ्चमा भनेका थिए #United_Nation मा मधेशको अलग टेवल लाग्छ र छ बर्ष नबित्दै अलग टेवल मधेशको लागि सकेका छन् । राजनैतिक रुपमा डा सी.के राउत जस्तो भिज्न अरु मधेशवादी दलहरुको नेतृत्व को भैदिएको भए पक्कै पनि हामीले सेयौं वीरहरुको कुर्वानी दिनु पर्दैन थियो । #समृद्धिको_सपना बोक्ने समयमा हामिलाई कसैको दास बनेर पक्कै पनि बांचनु पर्दैन थियो । जस्को ज्वलन्त उदाहरण पनि सी.के राउतकै आजादी अभियान बाट पाठ सिक्न सकिन्छ । आफनो विचार बुझाउने देखी मधेशमा रहेको समस्याको दिर्घकालिन समाधान को उपायलाई विचार विमर्श का लागी पनि जन्तामाझ पुर्याएका छन् । त्यसैले यसलाई अवसरवादी पनि भन्न मिल्दैन । मधेशवादी दलजस्तो आफनो सत्ता र भत्ताको लागि कार्यकर्ता पाल्नको लागी मधेशीको कुर्वानी लिने , चुनाव भन्दा पहिले अधिकार अधिकार हल्ला गरेर आफनो पक्षमा माहौल त्यार गर्ने । अन्ततोगत्वा सम्झौता गरी भाषण गर्ने रासन खोजने काम न त सी.के राउत ले गरेका छन् न त उहाँको कार्यकर्ता ले । वाहा जन्ता कार्यकर्ता माथि आउन सक्ने सम्भावित समस्यालाई पहिले आफू झेल्ने त्यस्ता समस्याको समाधान को उपाय खोजने गर्छन । अनि मात्रै आफना नेता कार्यकर्तालाई अघि सार्छन । त्यसैले पनि होला ६ वर्ष देखि चलिरहेको आजादी आन्दोलन लाई कसैले केहि गर्न सकेको छैन । आगाडि पनी आजादी आन्दोलन सुरक्षित रहनेछ भन्नेकुरा नेतृत्वको विगत देखेर बुझ्न सकिन्छ । मधेशको सही आवतरण र निकास डा सी.के राउतबाटै देखिएको हुनाले पनि #मधेशको_उत्कृष्ट_नेतृत्व को रुपमा पीएचडी (क्याम्ब्रिज) डा सी.के राउतलाई लिन सकिन्छ ।

डा. सी.के. राउतको अविलम्ब निशर्त सकुशल रिहाई र जीवन रक्षार्थहेतु अपिल


महदेवा-२, सप्तरी जिल्लामा जन्मेहुर्केका तथा बेलायतको क्यामब्रिज युनिवर्सिटीबाट पी. एच. डी. गरी अमेरिकामा वैज्ञानिक समेत रही सक्नु भएका डा. सीके राउत विगत केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक भई अहिंसात्मक एवं शान्तिपूर्ण मार्गद्वारा सम्पूर्ण मधेश तथा मधेशीको हकहित एवं स्वतन्त्रताकोलागि बैचारिक अभियान चलाउँदै आएको कुरा सर्वविदितै छ । वहाँका मधेश को इतिहास’, ‘मधेश स्वराजवैरागदेखि बचावसम्म (आत्मकथा)लगायतका किताबहरू पनि प्रकाशित छन् । डा. राउतको गतिविधि र निजले दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल सरकारले वहाँलाई पटक पटक पक्राउ गर्दै आएकोमा बालबच्चाको शिक्षादीक्षा अवरूद्ध हुनुको साथै सम्पूर्ण परिवारिक जीवन नै अस्तव्यस्त एवं अत्यन्त कष्टकर हुन पुगेको छ । सम्मानित विशेष अदालत र संविधान एवं ऐनकानुनका सर्वोच्च व्याख्याता सम्मानित सर्वोच्च अदालत समेतले डा. राउतका गतिविधीहरू राज्यद्रोह वा राज्यविप्लव होइन भनेर स्पष्ट भनि सकेपछि राज्यकै प्रहरीले वा अन्य कसैले डा. राउतलाई राज्यद्रोही वा राज्यविप्लवको बिल्ला भिडाउनु सम्मानित सर्वोच्च अदालतको अपहेलना मात्र नभएर कानुनी राज्यको उपहास पनि हो ।
डा. सी.के. राउत

नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा. राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले वहाँविरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको देखिन्छ । नेपाल सरकारको कुनै काम तथा प्रक्रियाहरूमासमेत वाधाअडचन नपुर्याई लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत शान्तिपूर्ण एवं अहिंसात्मक तरीकाले आफ्ना विचारहरू सार्वभौम जनतामाझ राख्न खोज्दा राज्यको तर्फबाट मधेशका राजनीतिक मुद्दाहरुलाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीतिअनुरूप वहाँलाई पटक पटक फँसाउने गम्भीर षडयन्त्र हुँदै आएको कुरा हामीले अनुभूत गरेका छौं । कुनै मुद्दामा आफ्नो नाम परेको औपचारिक वा अनौपचारिक स्रोतबाट थाहा पाउने वितिकै आफैं अदालतमा उपस्थित भएर अदालती कारवाही सहजरुपमा अगाडी बढाउन सहयोग गर्दै आएको, कहिले पनि अदालतले जाहेरी पूर्जीसमेत जारी गर्नु नपरेको अवस्था हुँदाहुँदै पछिल्लो समय असोज २१ गते रौतहट जिल्ला अदालतमा अघिल्लो मुद्दामा तारीख लिई फर्कनेक्रममा अदालत परिसरभित्रै बाट डा. सी. के. राउत सहित उनको साथमा रहेको उनकी ४ बर्षीय नाबालिका छोरीलाई समेत प्रहरीले पक्राउ गरी ६१ दिन लामो गैरकानूनी हिरासत पछि गत मंसिर २० गते रौतहट जिल्ला कारागार चलान गरेको छ । नेपाल सरकारले यस अघिपनि वहाँलाई १८ चोटी भन्दा बढी पक्राउ गरी वहाँविरूद्ध लगभग एक दर्जन जति मुद्दाहरू दर्ता गरिसकेका छन । हालसम्म पाँचवटा मुद्दामा अदालतबाट सफाई पाईसकेको अवस्था छ । यसरी सक्षम, स्वतन्त्र र गरिमामय न्यायलयबाट पटक पटक सफाई पाएतापनि स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौ गैरकानुनी थुनामा राखी यातना दिने र गलत मनसायका साथ झुठ्ठा मुद्दाहरू लगाउने असफल प्रयास हुँदै आएको छ । नेपाल सरकारका यी तमाम क्रियाकलापहरू घोर असंबैधानिक, अलोकतान्त्रिक, दुषित र प्रवृत भावनाबाट ओतप्रोत स्वेच्छाचारी एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको साथै नेपालको वर्तमान संवैधानिक र कानूनी व्यवस्थाको अतिरिक्त नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको समेतको विपरित रहेको कुरा पुन: स्मरण गराउन चाहन्छौं । विचारको प्रतिवाद विचारबाटै गर्नु पर्नेमा फरक विचारलाई दबाउन जसरी प्रहरीप्रशासन लगायत सम्पूर्ण राज्यसन्यत्रको दुरूपयोग भईरहेको छ त्यो अत्यन्त निन्दनीय र आपतिजनक छ । लोकतान्त्रिकमा व्यवस्थामा नागरिकहरूबाट राज्यव्यवस्थाप्रति असन्तुष्टि र आक्रोसको रूपमा अभिव्यक्त हुने हरेक किसिमका विचारहरुलाई दमन नगरी अत्यन्त संयमित भई राजनितिक रूपबाटै नागरिकमा देखिएका तमाम निराशा र वितृष्णालाई मेटाई राज्यप्रति आशा र भरोशा जगाउन सकिन्छ । तर फरक विचार राखेकै कारण डा. राउतसँग एक पटकपनि कुनै वार्ता-छलफल्लै नगरी राज्य क्रुर दमनमा उत्रिनु र वहाँलाई खुल्ला दर्जनौ भौतिक कारवाहीको साथैसाथै ज्यान मार्ने धम्कीहरूसमेत आउँदा सरकार मौन बस्नुले हामी थप शशंकित र चिन्तित भएका छौं । हाल मुलुकमा दुई तिहाईको बलियो लोकतान्त्रिक सरकार रहे तापनि लोकतन्त्र तथा कानुनी राज्यको अनुभुत गर्न सक्ने अवस्थाको निर्माण हुनसकेको छैन ।हिरासतभित्रै लामो समयदेखि आफ्नो स्वास्थ्य उपचारको माँग गर्दै आएको भएतापनि गत पुष १८ गते मात्र डा. राउतलाई गौर कारागारबाट काठमाण्डौंको भद्र कारागारमा स्थानान्तरण गरिएको छ । उपचारको लागि काठमाण्डौं सरूवा गरिएको भएतापनि राज्य वहाँको उपचारमा गम्भिर हुनुभन्दा विभिन्न किसिमका मानसिक एवं शाररिक यातना दिनेतिर बढी केन्द्रित देखिन्छ । संविधान प्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्ने नागरिक अधिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेपनि फरक विचार रहेकै कारण हिरासतमा लिनु वा एक जना निहत्था, निर्दोष नागरिकलाई दुःख दिनु नितान्त अनुचित एवं घृणित कार्य हो ।
तसर्थ सबै किसिमका दमनकारी क्रियाकलापलाई तत्काल बन्द गरी डा. राउतको संविधानले प्रत्याभुत गरेको सम्मानपूर्वक वाच्ने मौलिक हक एवं मानव अधिकारको संरक्षण समेत गर्दै वहाँको अविलम्ब विनाशर्त सकुशल रिहाईकोलागि पहल गरिदिनु हुन सम्पूर्ण मानव अधिकारवादी संघ-संस्था, नागरिक समाज, देश-विदेशका पत्रकार, कानून व्यवसायी, राजनैतिक पार्टी, वुद्धिजीवि, विद्यार्थी, अन्तर्राष्ट्रिय नियोगलगायत सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछौं । भद्र कारागारमा हाल वहाँको स्थितिको अनुगमन गरिदिनुहुन साथै चिकित्सकको सुझाव अनुसार सहजरूपमा स्वास्थ्य उपचारको लागि पनि गम्भिर पहल गरिदिनु हुन सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।

--------------------
डा. जय कान्त राउत
एवं समस्त राउत परिवार
सम्पर्क: ९८४१३००५४०
ईमेल: jkraut77@gmail.com

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...