Wednesday, April 27, 2011

कसका लागि फुट्दैछन् मधेसवादी दल !!!!!!

मधेसवादी दलहरु उदाएको सानो अवधी मात्र भएको छ ! जन आन्दोलन ०६२/०६३ पुर्व मधेसको क्षेत्रीय दलको रुपमा नेपाल सदभावना पार्टी मात्र सकृय रहेका थिए ! सदभावना पार्टी क्षेत्रीय नारा उठाएर राजनीतिमा सकृय रहेका भएपनि मधेसमा समेत स्थापित हुनसकेको थिएन, मधेश आन्दोलनको क्रममा मधेसमा नयाँ क्षेत्रीय पार्टीहरुको जन्म भयो ठुलादलहरुले मधेसलाई न्याय गर्न नसकेको र मधेसबादी दलहरुले मधेसका मुद्दाहरुलाई चर्को रुपमा उठान गरेका कारण संबिधान सभाको निर्वाचनमा मधेसबादी दलहरुले मधेसमा उल्लेख्य सफलता हात पार्न सफल भयो अहिले संबिधान सभामा मधेसबादी दलहरुले ठुलो शक्तिमा रहेका छन् तर उनीहरु एक ठाउँमा उभिन्न नसकेका कारण आफ्नो उपस्थितलाई सार्थक बनाउन सकेका छैनन् साथै मधेसबादी दलहरुभित्र देखाएको बिभाजनको शृंखलाले अहिले मुलुकका चौंथो, पाँचौ र छैंठौं राजनीतिक शक्तिको रुपमा रहेको मधेसबादी दलहरु मधेसबाटै विस्थापित हुनुपर्ने र सदभावनाको स्थानमा पुग्ने प्राय निश्चित छ !

मधेसबादी दलहरुले मधेसको स्वाभिमान पहिचान र पहुचको मागहरु उठाएर दुई पटक मधेसलाई आन्दोलित बनाउने काम गर्यो तर संबिधान सभाको चुनाव पछि मधेसवादी दलहरु मधेसको मुद्दालाई सम्बोधन गराउनु भन्दा पनि सरकार निर्माण गर्ने र मालदार मन्त्रालय प्राप्त गर्ने खेलमा लागेका छन् यिनीहरुले आफ्ना सम्पूर्ण शक्ति यसैमा खर्चिरहेको अवस्था छ ! कुनै पनि मधेसवादी दलले मधेसको मुद्दालाई आफ्नो प्राथमिकतामा राख्न सकेका छैन ! ठुलो बलिदानपूर्ण ऐतिहासिक मधेस आन्दोलन प्रति कुनै पनि दलले इमान्दारिता देखाउन सकेको छैन ! मन्त्रालय र मधेस मध्ये एकलाई मात्र सम्झने मधेसवादी दलको चरित्र भैसकेको छ ! जसको फलस्वरूप आम मधेसी जनतामा मधेसवादी दलहरु प्रति वितृष्णा र अविश्वास बढ्दैछ ! मधेसी दलहरुमा देखिएका विभाजनका शृंखलाका कारण मधेसी जनताहरुलाई झन दुखी बनाएको छ ! मधेसवादी दलहरु आफु पनि समाप्त हुने र मधेस आन्दोलनको बलिदानमा टेकेर न्युनतम उपलब्धी समेत हात पार्न नसक्ने चिन्ता आम मधेसी जनताहरुमा ब्याप्त रहेको छ !

आम मधेसी जनताहरु सम्पूर्ण मधेसवादी दलहरु एक भएर अगाडी बढेको देख्न चाहेका छन् ! तर मधेसी जनताहरुको यो चाहनाको कुरा परै जाओस् यिनीहरु आ-आफ्नो दलगत एकतालाई समेत कायम राख्न सकेका छैनन् ! कुन बेला कुन मधेसवादी दल विभाजत हुने हो, कसैले अनुमान गर्न सक्ने अवस्था छैन ! यिनीहरु आफ्नो एकता कायम राख्न नसकेको कारण पता लगाउन अति आवश्यक भैसकेको छ ! हरेक चोटी मधेसवादी दल विभाजित हुँदा अध्यक्षले कांग्रेस, एमालेलाई आरोप लगाउने गरेका छन् भने विभाजित भएर अलग्गीने समुहले अध्यक्षको कार्यशैली अलोकतान्त्रिक रहेको आरोप लगाउने गरेको छ ! यी दुई कारणहरुले विभाजनमा सहायक भूमिका निर्वाह गर्ने भएपनि यो नै विभाजनको मुख्य कारणहरु अन्य रहेका छन् ! जसमध्येका केही प्रमुख कारणहरु उल्लेख गर्ने प्रयास मैले यस लेख मार्फत गरेको छु !

मधेस आन्दोलनले उचाई प्राप्त गरिसके पश्चात विभिन्न पार्टीमा रहेका मधेस क्षेत्रका नेताहरु मधेसवादी दलमा प्रवेश गर्ने र नयाँ मधेसवादी दल गठन गर्ने क्रम चल्यो ! चुनावमा उल्लेख्य सफलता पनि हात पार्यो ! तर मधेसवादी दलहरु र यसका नेताहरुले मधेसका लागि लामो संघर्ष र बलिदान गरेका छैनन् ! जनताहरुले मधेसको लागि ठुलो बलिदान गरेका छन् तर नेताहरु अवसरको रुपमा मधेसको मुद्दाहरुलाई मधेस प्रति आफ्नो जिम्मेवारी र इमान्दारिता बोध गरेका छन् ! संघर्ष र बलिदानको अभाव रहेका कारण मधेसवादी दलहरुका नेताहरु प्रति इमान्दार बन्न सकेका छैनन् ! साथै विभिन्न पार्टीमा राजनीतिकको लामो समय पार गरेर मधेसवादी दलमा आएका कारण पनि ! यिनीहरु आ-आफ्नो आकंक्षा र स्वार्थ पुरा गर्न लालाइत देखिएका छन ! साथै सबै अवसरकै खोजीमा रहेका छन् ! मधेसवादी दलहरुमा संघर्ष र बलिदानका चरणहरु पार गरेर आएका व्यक्तिहरु भन्दा पनि अवसरको खोजीमा रहेका व्यक्तिहरु रहेका व्यक्तिहरु रहेका छन् ! जसकारण मधेसवादी दलहरु चिराचिरामा बाँडिएका छन् !

मधेसवादी दलहरुको एजेन्डा सामान छ ! यिनीहरु मधेस आन्दोलनमा समेत सँगै रहेका थिए ! यिनीहरु एक ठाउँमा उभिनासाथ मुलुकलाई निकास दिन चार दलको सहमति खोजिने छ ! यिनीहरुबीच बैचारिक र सैदान्तिक भिन्नता पनि खासै छैन ! तर पनि यिनीहरु एक हुन् सकेका छैनन् ! बरु मधेसवादी दलहरु चिराचिरामा विभाजित भैरहेको छ ! एक भएमा शक्तिशाली र विभाजित भएमा कमजोर हुने कुरा सबैले बुझेका छन् ! तर मधेसी नेताहरु स्वर्गको चौकीदार बन्नु भन्दा नर्कको राजा बन्नुमा गर्व गर्दछन् ! धेरै सभासद रहेको दलको केन्द्रिय सदस्य भन्दा थोरै सभासद रहेको दलको अध्यक्ष पनि कमजोर नै हुने यथार्थ बुझेका छैनन् , मधेसी नेताहरुले ! सबै लाई अध्यक्ष नै हुनु परेको छ ! मधेसी नेताहरुमा आफ्नै क्षेत्र र समुदायका व्यक्तिको नेतृत्व स्वीकार्न समार्थ्य छैन ! यिनीहरु समान अनुहार र रंग भएको व्यक्तिको नेतृत्व स्विकार्नु भन्दा पनि आफ्नै नेतृत्व खोज्छन् ! यसै कारण मदेसवादी दलहरु मात्र विभाजित हुने गरेका छैन की एमाले, काँग्रेस र माओवादीको मधेस क्षेत्रको संगठनहरुबाट समेत नेताहरु विभाजित भएर बाहिरिने क्रम चल्दै आएको छ !

हरेक विभाजनमा मधेसवादी दलका अध्यक्षमाथि अलोकतान्त्रिक चरित्र रहेको आरोप लाग्ने गरेको छ ! यसमा केही हद सम्म सत्यता रहेको पाइन्छ ! मधेसवादी दलहरुका अध्यक्षहरु शक्तिशाली रहेको पनि देखिन्छ ! मधेसवादी दलहरु धेरै हद सम्म अध्यक्षको एकल निर्णय मै चल्ने गरेको छ ! यिनीहरु भित्र बृहत छलफल र बहसको अभाव रहेका छन् ! मधेसवादी दलका अध्यक्षले आफ्नो पकेटमा बस्न नसक्नेलाई फरक दृष्टीले हेर्ने गरेको छ ! यिनीहरुको निर्णय प्रकृया पूर्ण लोकतान्त्रिक छैन ! यो आरोप विभिन्न समयमा लाग्ने गरेको छ ! तसर्थ यसमा केही न केही सत्यता रहेको बुझ्नु पर्छ !

मधेसवादी दलहरु संयुक्त मधेसी मोर्चाको निर्माण गरी मोर्चाको निर्माण गरी मोर्चा कै माध्यमबाट आन्दोलित भएका र सरकार समक्ष मधेसका मागहरु पेश गरेका थिए ! आम मधेसी जनताहरुले संविधान सभाको निर्वाचन मा समेत मोर्चाका निरन्तरता चाहेका थिए ! तर मधेसी जनताहरुको चाहना विपरित मधेसवादी दलहरु चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा भाग लिएका थिए ! निश्चित रुपमा जसबाट मधेसवादी दलहरुलाई चुनावमा घाटा व्यहोर्नु परेको थियो ! मोर्चालाई निरन्तरता दिन सकेको भए आज संबिधान सभामा अहिलेको ८५ जना भन्दा केही बढी मधेसवादी सभासदहरुको उपस्थिति हुन्थ्यो ! संबिधान सभाको चुनाव पश्चात सत्ता समिकरणको अंकगणितीय खेल चलेको समयमा मात्र मोर्चाको नाम सुनिन्छ ! अन्यत्र कतै मोर्चाको नाम सुनिने गरेको छैन ! सरकार निर्माणको क्रममा मोर्चाको नाम सुनिने गरेको भए पनि सरकार निर्माण पश्चात मोर्चाको एकता कायमै रहेको देखिदैन ! भाग नपाउने दल मोर्चाबाट बाहिरिने गरेको छ र यसमा अन्य तत्वहरुले खेल्ने मौका पाउने गरेका छन् ! मधेसवादी दलका नेताहरु कुर्सीका लागि आफ्नो दलीय एकतालाई कायम राख्न उचित ठान्दैनन् बरु विभाजित भएर पनि कुर्सि पाउन खोज्छन् !

अहिले सम्म मधेसीहरु यति ठुलो शक्तिका साथ संसदमा प्रवेश पाएको इतिहास छैन ! तर मधेसवादी दलहरुले आफ्नो एकतालाई जोगाउन सकेन भने संबिधान सभामा मधेसी दलहरुको प्रतिनिधित्वको विषय इतिहासको पानामा सिमित हुनेछ ! मधेसवादी दलहरुले आफ्नो अस्तित्व जोगाउन पनि नेपाल सदभावना पार्टीबाट सुरु भएको मधेसवादी दलहरुको शृंखला रोक्न आवश्यक छ ! यसका लागि मधेसवादी दलका नेताहरुले मधेस आन्दोलनमा मधेसी जनताहरुले गरेको बलिदान र मधेसी जनताहरुको चाहनालाई बुझेर संयुक्त मधेसी मोर्चालाई एकताबद्द बनाएर प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने हुन्छ ! यिनीहरुले नेतृत्व , कुर्सि र अवसर लाई गौण मानेर मधेसवादी दलहरुलाई मधेसको मुद्दाहरुमा केन्द्रित गराउनु पर्ने हुन्छ ! यसका साथै ८५ जनै मधेसवादी दलहरुका सभासदहरु एक ठाउँमा उभिनका लागि संकल्पित हुनु पर्छ !

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...