सम्माननीय गृहमंत्री निधीजी,
नमस्कार !
नमस्कार !

सबभन्दा पहिले तपाईं जस्तो राजनीतिका प्रकाण्ड हस्ती र
शक्तिशाली बाहुवलिले म जस्तो एउटा साधारण नीरीह प्राणीसंग कुनै राजनैतिक
असुरक्षाबोध गर्नु पर्ने कुनै कारण थिएन | मैले
जनकपुर चयन गर्नुको कारण राजनैतिक भन्दा बढी अध्यात्मिक हो | जनकपुर
र लुम्बिनीको आश्रमस्थलमा आश्रय लिएर अध्यात्मिक चिन्तन, ध्यान
र प्रचारप्रसार गर्ने आफ्नो चाहना ३-४ वर्ष अगाड़ी नै सार्वजनिक भएको हो, पछिल्लो
समयमा अष्टावक्रमहागीताको प्रचारप्रसार गर्ने तिर आफ्नो झुकावलाई साकार पार्न
जनकपुर भन्दा उपयुक्त अर्को कुन ठाउँ हुन्थ्यो होला ॽ न त राजविराजमा बस्दा म
स्थानीय राजनीतिमा कुनै हस्तक्षेप गरेको थिएँ, न
त जनकपुर आएर नै यहाँको स्थानीय राजनीतिमा मेरो कुनै चासो रहेको छ | तसर्थ
म बाट तपाईंलाई असुरक्षाबोध हुनुपर्ने कुनै कारण थिएन | तैपनि
तपाईंले मलाई जनकपुरबाट भगाउन पुरै राज्य-संयन्त्र लगाई दिनुभयो, यहाँसम्म
कि मेरो प्रिगनेंट वाइफ तथा अबोध ६-वर्षे र २-वर्षे बच्चाहरूको दानापानी समेत बंद
गरिदिनु भयो, झिनो रकम भएको मेरो बैंक अकाउन्ट आफ्नो पावर प्रयोग गरी
रोक्ने आदेश दिएर | र जनकपुर न छाड़े सम्म मलाई एउटा मुद्दापछि अर्को मुद्दामा
फँसाउँदै चक्रब्यूहमा पेल्दै जाने भनेर अठोठ गरेरै लाग्नु भएको कुरा अनेकौं जिल्लामा
मुद्दा दर्ता गरेर तपाईंले साबित गरिसक्नु भएको छ | तैपनि
यसलाई मैले व्यक्तिगत भन्दा पनि प्राकृतिक नियमको रूपमा नै लिएको छु | साना
नीरीह प्राणीलाई ठूलो शक्तिशालीले खाने भन्ने कुरा शास्वत नै हो | त्यति
मात्रै नभएर परपीड़ाबाट नै सुख प्राप्त गर्ने मानव पनि हुन्छन भनेर बुझी यसलाई
सामान्य रूपमा नै लिएको छु | किनकि
धेरै अगाडी नै मैले बुझेको एउटा सानो कुरो के हो भने यस ब्रह्माण्डबाट म जस्ता
झीना मसीना प्राणीहरु समाप्त भएर पनि केही फरक पर्देन, म
त के सिङगो पृथ्वी नै ध्वस्त हुँदा पनि ब्रह्माण्डलाई केही फरक पर्देन, यो
यति विशाल छ । यहाँ अमर हुन को आएको छ र ? कि
मैले चिन्ता गर्ने !
यो पत्रलाई कुनै अन्य अर्थमा वा कुनै लाभको आशाले लेखिएको
भनेर न लिई दिनु होला, त्यसो भए म सार्वजनिक रुपमा किन लेख्थे र ? खासमा
बच्चा देखि नै ‘लभ-लेटर’ लेख्ने
बानी भएर मात्रै हो । मेरो जीवनलाई ध्वस्त पार्न पूरै प्रहरी-प्रशासन लगायतका
सम्पूर्ण शक्ति लगाउने महत्वपूर्ण व्यक्तिका नाममा मैले १-२ लाईन पनि नलेख्दा
तपाईलाई इतिहासको पानामा अन्याय गरे जस्तो हुन्छ भनेरै लेखेको हुँ ।
हामी जस्ता नीरीह प्राणीले त्यो बाहेक अरु के नै गर्न सक्छ
र ? गाँधीले पनि हिटलरलाई पत्र लेख्ने बाहेक के पो गरे र ? खासमा
२ वर्ष अगाडी देखि नै प्रहरी प्रशासनले हामीमाथि गर्दै आएको दमनको प्रत्युत्तरमा
हामीले फूल दिदै आएका छौं । तपाईले हामीमाथि गर्नु भएको चरम दमनको लागि भौतिक
रुपमै गुलाब को फूल पठाउन नसकेको कारणले यो शब्दरुपी पुष्प पठाउँदै छु , स्विकार
गर्नु होला ।
तपाईको सुस्वास्थ्य , प्रगति एवं शांतिको लागि प्रार्थना गर्दे, तपाईको शुभचिन्तक
तपाईको सुस्वास्थ्य , प्रगति एवं शांतिको लागि प्रार्थना गर्दे, तपाईको शुभचिन्तक
https://www.facebook.com/drckraut