Wednesday, December 4, 2019

समाज परिवर्तनको लागि शिक्षा नै मुख्य हतियार हो :नेल्सन मन्डेला

नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो ।
-सपना देख्ने मानिस नै बिजेता बन्छ ।
-सबैभन्दा कठिन काम समाजलाई परिवर्तन गर्नु होइन, आफैंलाई परिवर्तन गर्नु हो ।
-व्यक्तिले आफूसँग भएको कुरालाई कसरी उपयोग गर्छ, त्यसकै आधारमा एक व्यक्ति र अर्को -व्यक्तिको जीवनमा फरकपन आउँछ ।
-समाज परिवर्तन गर्नु छ भने एकैपटक ठूलो काम गर्नुपर्दैन । हरेक दिन साना – साना भएपनि राम्रो काम गर ।
-म पराजित हुँदिन । मैले या त जित्छु या सिक्छु ।
-पछाडिबाट नेतृत्व गर । उनीहरुलाई महसुस गर्न देउ कि, उनीहरु अगाडि छन् ।
-साहासी व्यक्ति त्यो होइन, जो डराउँदै डराउँदैन । साहासी व्यक्ति त त्यो हो जसले डरलाई जित्न सक्छ ।
-हामीले त्यो बुझ्नु जरुरी छ कि, राम्रो काम गर्नको लागि समय सधैं सही हुन्छ ।
-यसरी बाँच कि मानौं, कसैले पनि तिमीलाई हेरिरहेको छैन । तर आफ्नो विचार यसरी राख कि मानौं सबैले तिमीलाई नै सुनिरहेका छन् ।
-जुनसुकै काम पनि पूरा गरेर सक्नु अगाडि असम्भव नै हुन्छ ।
-समाज परिवर्तनको लागि शिक्षा नै मुख्य हतियार हो ।
-सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ ।
-विगतलाई बिर्सिदेउ ।
-यदि परिस्थिति अनुकुल छ भने, अहिँसाको निती राम्रो निती बन्न सक्छ ।
-बिहान उठ्दा मानिसहरुको हितको लागि कार्य योजना नभई उठ्नु जत्तिको डर, मलाई केही चिजसँग लाग्दैन ।
-यदि तिमीले कुनै पनि मानिससँग उसले बुझ्ने कुनै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको दिमागमा पुग्छ । र, यदि तिमीले उक्त मानिससँग उसको आफ्नै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको मनमा पुग्छ ।
-ठूलो पहाड चढेपछि थाहा हुन्छ, चढ्न बाँकी अझ थुप्रै पहाडहरु रहेछन् ।

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...