Thursday, January 10, 2019

डा. सी.के. राउतलाई स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल बन्द गर्नु पर्दछ

स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल बन्द गर्नु पर्दछ
कुनै व्यक्तिउपर एउटै कसूरमा पटक–पटक मुद्दा चलाउने हो भने व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा खतरा उत्पन्न भै उही व्यक्ति पटक पटक प्रताडित हुन भएकोले दोहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) विरुद्धको हक नेपालको संविधान तथा मानव अधिकारले गरेको छ । नेपालको संवैधानिक र कानूनी व्यवस्थाको अतिरिक्त नेपालले अनुमोदन गरेको International Covenant on civil and political Right, 1966 को धारा १४(७) मा "No one shall be liable to be tired or punished again for an offence for which he has already been finally convicted or acquitted in accordance with the law and penal procedure of each country" व्यवस्था गरेर व्यक्तिलाई संरक्षण प्रदान गरेको छ । नेपालको कानूनी व्यवस्थाले अंगिकार गरेको प्राङन्यायको सिद्धान्त (Principle of Res judicata)ले पनि एउटा विषयमा एक पटक सक्षम अदालतबाट अन्तिम फैसला भै टुङ्गो लागि सकेको विषयमा पुनः मुद्दा चलाउन र निर्णय गर्न मिल्दैन भनी मुद्दाका पक्षकारहरू र अदालतलाई निर्देशन गर्दछ। एउटै विषयमा पटकपटक मुद्दा हेर्ने हो भने त्यसै विषयमा पहिले भएको निर्णयको अर्थ समाप्त हुन्छ भने विवादको अन्तिम टुङ्गो कहिले पनि लाग्दैन । प्राङन्यायको सिद्धान्त र दोहोरो खतराको सिद्धान्त दुबैबाट एउटै विषयमा व्यक्तिलाई पटक पटक प्रताडित गर्ने वा दोहोरो खतरामा राखिने छैन भन्ने अधिकार प्रत्याभूत गर्दछ ।
तसर्थ डा. सी. के. राउतमाथि नेपाल सरकारद्धारा लगाएका राज्यबिरुद्ध अपराधका सम्पूर्ण झुट्ठा मुद्दाहरू खारेज गरी, वहाँलाई स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल रोक्नु पर्दछ।

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...