Sunday, August 28, 2011

पश्चिमी तराई फिर्ता गर्ने सम्बन्धमा नेपाल र कम्पनी सरकार माझ नोभेम्वर १, १८६० मा भएको सन्धि

पश्चिमी तराई फिर्ता गर्ने सम्बन्धमा नेपाल र कम्पनी सरकार माझ नोभेम्वर १, १८६० मा भएको सन्धि

सन् १८५७ मा भारतीय मुलका बंगाली सेना दुवरा भएको विद्रोह र त्यस पछिका दंगा फसाद तथा हिंसात्मक स्थितिहरुमा नेपालका श्री ५ महाराजाधिराज बाट सुगौली को सन्धिदुवरा स्थापित शान्ति तथा मैत्री सम्बन्ध लाई इमान्दारी पुर्वक कायम राखिबक्सेको मात्र होइन कि सिमान्त जिल्लाहरुमा ब्रिटिस कानून स्थापना गर्न लखनौ माथि पुनः ब्रिटिस नियन्त्रण कायम राखन तथा विद्रोही हरुलाई पुर्णरुप मा पराजित गर्न समेत मौसुफ बाट कम्पनी सरकार लाई महत्वपूर्ण सहयोग प्रदान गरिबक्सियो ! यी विभिन्न सैनिक अभियान हरुको सफल समाप्ति पछी नेपालले ब्रिटिस सरकारलाई पुर्याएको महत्वपूर्ण सेवा तथा सहयोगप्रति सम्मान जनाउने अभिप्राय ले ब्रिटिस भायसराय तथा गभर्नर जरनलले महाकाली देखि गोरखपुर सम्मको १८१५ अघि नेपालको अधिनमा रही सोही बर्षमा भएको सुगौली सन्धिले ब्रिटिस शासनमा गाभेको तराई को सबै भू-भाग नेपाल लाई फिर्ता बुझाइदिने अभिप्राय अभिव्यक्त गर्नु भएको थियो ! नेपाललाई फिर्ता गरिने उक्त भू-भाग छुट्याउने काम नेपाल सरकारद्धारा खटाइएका आयुक्तहरुको रोहवरमा सोही प्रयोजनका लागि ब्रिटिस सरकारद्वारा नियुक्ति अधिकारीहरुद्धारा भइनै सकेको छ ! दुई मुलुकबीचको भावी सीमा छुट्याउनका लागि ठाउँ ठाउँमा शिलास्तम्भहरु गाड्ने काम पनि गरिसकेको छ ! उक्त भू-भाग लाई नेपालको पुनः प्राप्त गरेको अवसरलाई गरिमा मण्डित गर्ने उधेश्यले दुई देशमाझ यो सन्धि सम्पन्न गरिएको छ !

धारा १

नेपालका महाराजाधिराज र ब्रिटिस सरकारका बीच विद्यमान सबै सन्धि सम्झौता हरु यस सन्धिद्वारा परिवर्तन भएको मा बाहेक यथावत कायम रहिरहनेछ !

धारा २

ब्रिटिस सरकार ई.सं. १८१५ पुर्व नेपालको अधिनमा रहेका र सोही बर्षको डिसेम्बर २ तारिख का दिन सुगौलीमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत ब्रिटिस सरकारको भूभाग मा गाभिएका महाकाली र राप्ती नदी बिचको तराईको सम्पूर्ण भू-भाग तथा राप्ती र गोरखपुर को बिचमा पर्ने तराईको भू-भागमा नेपालका श्री महाराजाधिराजको पूर्ण प्रभुसत्ता रहने गरी ति भू-भाग हरु मौसुफमा टक्रयाउँछ !

धारा ३

महाकाली या शारदा नदी देखि पूर्वमा पर्ने बगौरा तालको उत्तरी पहाडको फेदी सम्म ब्रिटिस आयुक्तहरुद्वारा निर्धारित सीमा रेखामा पर्ने सीमास्तम्भहरु नै नेपाल र ब्रिटिस अधिनमा रहेको अवधको सीमाना हुनेछ !

धारा ४

ब्रिटिस सम्राज्ञीको भायसराय तथा भारतका गभर्नर जनरल महामहिम तथा सम्मानीय चार्ल्स जोन अर्ल क्यानिनं जी.सी.वी. को तर्फ बाट लेफ्टिनेन्ट कर्णेल जर्ज रामजे र नेपालका श्री ५ महाराजाधिराज सुरेन्द्र वीर बिक्रम शाह बहादुर शमशेर जंगका तर्फ बाट श्री ३ महाराज जंगबहादुर राणा जी.सी.वी. को हस्ताक्षरबाट सम्पन्न यस सन्धि लाई हस्ताक्षर भएको मितिले तीस दिन भित्र दुवै पक्ष बाट अनुमोदन गरिनेछ ! दुवै मुलुकबाट अनुमोदन भइसकेपछि यस सन्धिलाई हस्ताक्षरकारी दुई पक्ष बीच काठमाडौंमा आदान प्रदान गरिनेछ !

1 comment:

  1. जागो मधेशी युवा जागो मधेशको कुछ मधेशी ठेकेदार सब खस पहाडीके हाथो बेच रहा है अब फिर संघियता सहित के संविधान के लिए आन्दोलनका नाटक करके जनताके आँख मे धुल फेकनेका काम हो रहा है होसियार मधेशी गद्धार…। तुम्हारा चरित्र पर्दाफास हो गया…………………। मधेशी कथित ठेकेदारको मधेशमे प्रवेश रोक लगाउ युवा नौज्वान मधेश प्रेमी ………………।.

    "मधेशी युवा एकता" जिन्दाबाद। मधेशी युवा सब एक जुट होऊ।.
    "मधेशी युवा एकता" जिन्दाबाद। मधेशी युवा सब एक जुट होऊ।.......जय मधेश! जय मधेश........जय मातृभूमि........जय मातृभूमि.
    "स्वतन्त्र तराई राज्य " एक मधेश एक प्रदेश.......जय मधेश! जय मधेश.......

    Government Of Madhesh (मधेश सरकार) ka page ko kis ne disabled kiya hai... ham madheshi basiko kiu pahadi sab satata hai... please samast madhesh mitra gan jaldse jald madhesh sarkar ko chalu karo...
    "मधेश" हम को जान से भी प्यारा है ,सब से न्यारा गुलिस्तान हमारा है.
    सदियोंसे "मधेश" भूमि दुनिया की शान है, "मधेश" माँ की रक्षा में, जिन्दगी कुर्बान है..............जय मधेश.

    तराई की जनता को अपना अधिकार, पहचान, स्वतंत्रता नेपाल की संविधान से कभी नही पुरा होगा.तराई की जनता को अपान अधिकार, पहचान, स्वतंत्रता, मुक्ति के लिये अपना अलग संविधान लिखने होंगे.
    जनतांत्रिक तराई राष्ट्र का संविधान. जो हर समुदाय, धर्म, व्यक्ति की मुक्ति और स्वतंत्रता के प्रतीक हो. हम को अपना अलग विधानसभा का निर्माण कर अपना भविष्य लिखना होगा. नेपाली शासकों की निरंकुशता की अंत आने को हैं सिर्फ हम सब को मानसिक रूप से तैयार होना है. एकता क्रांति और परिवर्तन की शक्ति होती है और एकता मुक्ति, स्वतंत्र के प्रतीक है. सिर्फ एक जोर दार धक्का की आवश्यकता है फिर सफलता दूर नहीं.
    जनतांत्रिक तराई राष्ट्र निर्माण के लिये एक जोर दार धक्का जो हम सब का प्रथम जिम्मेदारी है.
    तेरी मातृ भूमि के दुश्मन तुझे ललकार रही है,
    जागो.......... जागो तेरा मातृ भूमि तुझे पुकार रही है!


    खीच दो अपने खून से मधेश के जमीं पर लकीर
    इस तरफ आ न पाए रावण कोई
    तोर दो हाथ अगर मधेश के तरफ उठने लगे
    छू न पाए मधेश का दामन कोई
    मधेशी हम और हम ही मधेश भक्त साथियो
    अब हमारे हवाले मधेश साथिओं ...........
    ...जय मधेश और मधेश जिंदाबाद ............

    Madhesh Country " मधेश एक अलग देश "

    .......जय मधेश !!! जय मधे
    .......जय मधेश !!! जय मधेश ........जय मातृभूमि........जय मातृभूमि
    http://www.causes.com/causes/661079-madhesh-country
    Madhesh Country " मधेश एक अलग देश "
    http://www.causes.com/causes/661079-madhesh-country/

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...