Sunday, August 28, 2011

नेपाललाई पूर्वी तराई सुपुर्द गर्न सम्बन्धमा भएको स्मृति- पत्र

नेपाललाई पूर्वी तराई सुपुर्द गर्न सम्बन्धमा भएको स्मृति-पत्र

(डिसेम्बर ८, १८१६ )


(१) नेपालका श्री ५ महाराजाधिराजसँग विधमान शान्ति, मित्रता र विश्वासलाई दृष्टिगत गरी नेपालका श्री ५ लाई सहन र स्वीकार्य कठिन भएका सुगौली सन्धिका केही धाराहरुलाई यथासम्भव रद्दोवदल गर्नका लागि ब्रिटिस सरकार निम्न प्रवन्धहरु स्वीकार गर्दछ !
(२) नेपालका श्री ५ महाराजाधिराजको हृदयलाई विचलित पारिरहेको सन्धिका केही प्रबन्धहरुलाई संशोधन गरी मौसुफलाई अंग्रेजी सरकार प्रति खुशी राजी र कृतज्ञ बनाइराखने अभिप्रायले विगतका मतभेदका कारण सन्धि अनुसार ब्रिटिस सरकारमा गाभिएका कोशी र गण्डकी बिचका तराईका सबै भू-भाग हरु मध्ये तिरहुत र चम्पारन जिल्ला अन्तर्गतका विवादग्रस्त जमिन र दुबै तर्फ का जमिन र अघि ब्रिटिस सरकार मा गाभिए पछी जस कसै लाई उसको हक भोग कायम रहने गरी कम्पनी सरकार दुवारा दिएका जमिनहरु बाहेक अरु सबै भू-भाग नेपाल सरकार ले फिर्ता पाउने छ ! कसैको हक भोग रहेका ती जमिन दिएर ती जमिन लिन सक्नेछ ! यो जाहेर भएकै कुरा हो की तिरहुत जिल्ला का थुप्रै जग्गा जमिन धेरै अघि देखि विवादग्रस्त रही आएका छन् ! त्यस सम्बन्धमा सन् १८१२ र संवत् १८६९ मा भएका सम्झौता हरु कायम रहनेछन् र बाँकी समाप्त भएका मानिनेछन् अर्थात् त्यस अवधी मा भएका वार्ता , सम्झौता र समझदारी हरु वर्तमान मा पनि उत्तिकै प्रभावी छन् र प्रभावी मानिने छन् !
(३) गण्डकी र राप्ती नदीको बीचमा पर्ने भूभागमध्ये अर्थात् स्युराज र बुटवल लगायत गण्डकी नदीले गोरखपुर को पश्चमी सीमासम्मको विगत को विवाद युद्धपुर्व नेपालको अधिन मा रहेका जमिन मध्ये दुई देशबीच नयाँ सिमा निर्धारण गर्न आवश्यक विवादग्रस्त जमिन मध्ये दुई देशबीच नयाँ सिमा निर्धारण गर्न आवश्यक विवादग्रस्त जमिन वाहेक अरु सबै जमिन हरु नेपाल लाई पूर्णरुपले फिर्ता गर्न ब्रिटिस सरकार इच्छुक रहेको छ !
(४) सर्भे नापी नभै दुई मुलुक बीचका सिमाहरु को उपयुक्त व्यवस्था सम्भव नभएकोले माथि लेखिएका कुराहरुको आधारमा दुई देशबीचको सुरक्षित सिमा निर्धारण गर्न सिमा अधिकृत हरु नियुक्ति गरिनेछन् ! उनीहरुले उत्तर र दक्षिण नेपाल र ब्रिटिस सरकारले भूभाग अलग्गै प्रष्ट बुझिने गरी सो को सीमारेखा निर्धारण गर्नेछन् ! यसरी सो को सीमारेखा निर्धारण गर्दा कुनै मुलुकको तालुकी अन्तर्गतको जमिन पर्नगयो भने पारस्परिक समझदारीको आधारमा दुबै देशका सिमा अधिकारीहरूले साह्रो गाह्रो नमानी जमिनको लेनदेन गर्नेछन् !
(५) यसरी दुवै देशको सिमा सोझोपारी ठीक सँग मिलाउँदा एक –अर्को देशका नागरिक हरुको जमिन एक-अर्को को सीमा वारी पारी पर्न गएमा दुई देश बिच पर्न सक्ने सधैभरीको विवाद र कचिंगल हटाउनका लागि दुवै देशका सीमा अधिकारीहरुले पारस्परिक सल्लाह र सहमति को आधारमा जमिको सट्टा पट्टा गर्ने गराउने गरेर एकह देश को नागरिक को जमिन अर्को देशमा नरहने व्यवस्था मिलाउने छन् !
(६) यसरी तराईको भूभाग नेपाललाई फिर्ता भएपछि सो जमिन वापत पुर्व सन्धि अनुसार नेपालका भाइभारदारहरुलाई क्षतिपूर्तिस्वरुप सालिन्दा श्री ५ महाराजाधिराजका जुनाफ मा ब्रिटिस सरकारले बुझाउन कबुल गरेका दुई लाख रुपैंयाँ यस उप्रान्त बुझाइने छैन !
(७) तराईको भूभाग नेपाल लाई फिर्ता भएपछी नेपालका श्री ५ बाट उक्त भू-भागमा बसोबास गरेका कुनै पनि व्यक्ति लाई युद्धको बखत मा ब्रिटिस सरकारलाई सहयोग गरेको कारणले उनीहरु माथि कुनै पनि प्रतिशोधात्मक कारवाही गरिबक्सिने छैन ! यिनीहरु मध्ये मोही बाहेक अन्य व्यक्तिहरु नेपाल छोडी कम्पनी सरकार को भू-भाग मा आई बस्न चाहेमा मौसुफबाट उनीहरुमाथि कुनै बाधा अवरोध पुर्याइबक्सने छैन !
(८) माथि उल्लेखित कुराहरुमा श्री ५ महाराजाधिराज सहमत होइबक्सेमा सिमानाको नाप नक्सा अन्य उचित बन्दोवस्तहरु थालिने छन् ! आपसी समझदारीको आधारमा सीमा निर्धारण भएपछि माथि लेखिएका सर्तअनुरुप हुने गरी सनद् लेखी सही छाप गरी एक-अर्को देशलाई दिने लिने गरिनेछ !

No comments:

Post a Comment

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...