Monday, May 24, 2010

अपराधशाला बन्दैछ तराई मधेश !!!!!

अपराधशाला बन्दैछ तराई मधेश
― राजेश बर्मा
तराई क्षेत्र यतिवेला राज्य पक्ष र सशस्त्र हतियारधारी समुहहरुबीच वार्ताको नाटक भित्र अघोषित ईनकाउण्टर गर्ने मैदानको रुपमा थलो बन्दै गइरहेकोे छ। बिस्तारै तराईका जिल्लाहरु अपराधी जन्माउने कारखानाको रुपमा अग्रसर हुदैंछ।

तराईलाई स्वतन्त्र राज्य बनाउने माग लिएर सशस्त्र विद्रोहमा उत्रेका र विभिन्न आपराधिक कृयाकलापमा संलग्न हतियारधारी सहुहहरुलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने औपचारीक प्रयास सुरु भएको ६ महिना नाघेको छ। वार्ताको यो प्रयास वैलगाडाको गति भन्दा पनि सुस्त गतिमा अगाडी बढिरहेको छ।

राज्य पक्षसंग वार्ता गर्ने भनि सशस्त्र समुहहरु र तिनका नेता तथा कार्यकर्ताहरु धमाधम सार्वजनिक भएका छन्। युद्ध विरामको घोषणा पनि गरिएको छ। सरकार र सशस्त्र विद्रोही पक्षहरु विच काठमाडौं, जनकपुर, सप्तरी र भारतीय सहरहरुमा पटक पटक औपचारीक तथा अनौपचारीक वार्ता समेत भएको छ। तर वार्तामा आएका सशस्त्र समुहहरुले भने आफैले घोषणा गरेको युद्ध विराम आफैले उल्लंघन गरि तराईमा हत्या, हिंसा, लुटपाट, चन्दा, अपहरण र फिरौती जस्ता आपराधिक कृयाकलापलाई जारी नै राखेका छन्।

एता राज्य पक्षले पनि शान्ति सुरक्षाको नाममा सशस्त्र समुहका कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने तथा ईन काउन्टर गर्ने कृयाकलापलाई जारी राखेको छ। विगत दुई महिनामा सिराहामा सशस्त्र हतियारधारी समुहबाट दर्जनौं अपहरण र लुटपाट भएको छ। ४ जनाको हत्या पनि भएको छ भने राज्य पक्षको सुरक्षा निकायबाट ५ जना ईन काउन्टरको नाउूमा मारिसकिएका छन्।

वार्ता गर्ने भनी सर्वाजनिक भएका सशस्त्र समुहहरुले अहिले तराईका गाउंहरुमा खुलेआम सैनिक भर्ना अभियान संचालन गरी कमाण्डो तालिम पनि संचालन गरिरहेका छन्। प्रहरी प्रशासन भने किंकर्तव्य विमुढ भएर मौन वसिरहेको छ। कार्वाही चलाउ भने वार्ता चलिरहेको छ तर केही नगर्दा कमाण्डो तालिम चलिरहेको दृश्य आूखै अगाडी छ। प्रहरी अधिकृतहरु के गर्ने के नगर्ने को स्थितिमा पुगेका छन्।

वार्ताको प्रसंग उठाउूदा एउटा निक्कै चाख लाग्दो रोचक पक्षलाई हामीले चाहेर पनि बिर्सनु हुदैंन। त्यो के हो भने बिगतका दिनमा बिभिन्न आपराधिक क्रियाकलाप, हत्या, डकैती, अपहरणमा संलग्न भएकाहरु पनि अहिले वार्ताको नाउूमा धमाधम जेलमु्क्त भइरहेका छन्। यसको पछिल्लो उदाहरण हो सिराहा कारागारबाट जेल ब्रेक गरी फरार भएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (बिष्फोटसिंह) समूहका केन्द्रिय अध्यक्ष बिष्फोट सिंह अर्थात रामशंकर साह आज न भोली सुरक्षाकर्मीको ईनकाउन्टरमा मारिन्थे नै होला उनी तर, सिंह पछिल्लो पटक वार्तामा रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको सदस्यता लिएर कानुनबाट उम्किन सफल भएका छन्।

उनी मात्रै होइन भर्खरै सरकारले फागुन १० बीरगंजमा वार्ता गरेको लिबरेशन टाईगर्स अफ तराई इलमका वार्ता संयोजक स्वामी भनिने रामलोचन ठाकुर विगतमा पूर्व साूसद तथा सिराहा जिल्लाका प्रभावशाली नेता कृष्णचरण श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन सन्हैठा गाबिसका पूर्व अध्यक्ष राजेश्वर यादबको हत्याकाण्डमा मुछिएका व्यक्ति भएपनि वार्ताको नाउूमा जेलमुक्त भएका छन्। यतातर्फ सशस्त्र प्रहरीको जवानले हातमा ज्यान राखेर आपराधिक कृयाकलापमा संलग्न रहेकालाई पक्राउ गरिरहेका छन् भने अर्काेतर्फ पक्राउ परेकाहरु वार्ताको नाउूमा तथा बिभिन्न राजनैतिक दलको संरक्षणको नाउूमा मुक्त हुने क्रम पनि सोही समिकरणमा बढदो छ।

झट्ट हेर्दा प्रहरी सकृयता बढेको देखिन्छ। सशस्त्र प्रहरीको गस्ती घुमेको देखिन्छ तर चन्दा आतंक, अपहरण र हत्या भने रोकीएको छैन। सिराहा कारागार तोडेर भागेका ५४ जना कैदीहरु खुलेआम सिराहाको बजारहरुमा घुमिरहेका छन्। जेल तोड्ने मुख्य योजनाकार तथा प्रहरी खोजी सुचीमा रहेका विस्फोट सिंह (रामशंकर साह) त वार्ताटोलीका सदस्य भएर आएका छन् र प्रहरीले उनलाई सुरक्षा दिनुपरेको छ। यस्तो विडम्वना पूर्ण स्थिति छ तराईमा।

तराईमा अराजक स्थितिले चरम सीमा नाघेको छ। जिल्ला प्रहरी कार्यालय भित्रै पसेर पार्टीका नेताहरुले प्रहरी अधिकृतहरुलाई हप्काएको र गालि गरेको सुनिन्छ र देखिन्छ। साना साना घटनामा राजमार्ग वन्द गरिन्छ। सर्वसाधारणको के कुरा जनतालाई सूचना पस्किने पत्रकारहरुलाई पनि आफूले भने अनुसार समाचार संप्रेषण गर्दा वा नगर्दा ज्यान मार्ने धम्की आउूछ। सशस्त्र समुहहरुलाई चन्दा नवुझाउने व्यापारी तथा धनी मानिसहरु विरलै भेटिन्छ।

यो अराजकतामा सशस्त्र समुहहरु जति कै जिम्मेबार प्रहरी तथा प्रशासन पनि रहेको छ। हतियार सहित प्रक्राउ परेका व्यक्तिहरु सजिलै छुटेर आएको र पुनःः हतियार देखाएर लुटपाट गर्ने र अपहरण कार्यमा संलग्न पाइएको छ। ५० हजार घुस लिएपछि प्रमुख जिल्ला अधिकारीले हात हतियार खर खजानामा मुद्दा लागेर थुनामा रहेका अभियुक्तहरु राजनैतिक वा तारेखमा छाड्ने गरेका छन्। कतिपय अभियुक्तहरु राजनैतिक पार्टीका नेताहरुको सिफारिसमा पनि थुनामुक्त हुने गरेका छन्। हतियार सहित पक्राउ परेका र जेलबाट फरार व्यक्तिहरु खुलेआम सहरमा घुमेको देखेर आम जनताहरु भन्ने गर्छन 145भलो व्यक्तिकोे जमाना गयो र गुण्डाहरुको दिन फिरेको छ। ' यसमा चाख लाग्दो बिषय के छ भने आजभोली यस्तो व्यक्तिलाई जन दवावमा कानुनको दायरामा ल्याउन खोजिएपनि यिनीहरुको पक्षमा नै अधिकाूश व्यक्तिको जनसमर्थन आउने गरेको छ। कारण हो सर्वसाधारणलाई परेको समयमा स्थानीय प्रहरी प्रशासन तथा राजनैतिक दलले सहयोग गर्न सक्दैनन तर,यस्ता व्यक्तिले सजिलै सहयोग गर्ने भएकाले पनि जनसमर्थन पर्याप्त हुन्छ। अर्काे आतंक छ 145अज्ञात समूह' ईच्छा लागे जस्तो सुकै घटना घटाउने र कानुनबाट बच्न सजिलो भएको छ जिम्मेबारी 145अज्ञात समूह' को नाउूमा लिएर। यस्ता अज्ञात समूहलाई जन्म दिएका छन अर्थात दिई रहेका छन बिभिन्न स्थापित राष्ट्रिय राजनैतिक दल,क्षेत्रीय दल तथा स्थानीय प्रहरी प्रशासनहरुले।

तराईका हरेक राजनैतिक दल र क्षेत्रीय दलले आफनो अभिष्ट पुरा गर्न र वर्चस्व कायम गर्न एउटा अज्ञात समूह चलाईरहेका छन् भने प्रत्येकले एउटा सशस्त्र समूहलाई संरक्षण दिएर राखेको छ। जसका कारण तराई आज आपराधिक व्यक्ति जन्माउने पाठशालाको रुपमा रुपान्तित हुदैं गएको छ। तराईका जिल्लाहरुमा जति पनि हत्या र अपहरण भएको छ त्यस बिषयमा साूच्चिकै गहन रुपमा अध्ययन र अनुसंधान गर्ने हो भने त्यस घटनामा स्थापित राजनैतिक,क्षेत्रीय दल र स्थानीय प्रशासन अछुतो रहन नसकेको बिरलै पाईन्छ। पेशाको रुपमा हिजोसम्म कृषिक्षेत्रमै आफनो भविष्य खोज्ने सर्वसाधारणहरु अहिले झण्डै तराईका ९० प्रतिशतको हाराहारीमा सर्वसाधारण राजनीतिलाई पेशाको रुपमा चुनेका छन्। जसका कारण कृषिजन्य बस्तुको उत्पादन हवाक्तै समाप्त भएको छ र राजनीतिलाई आफनो पेशा बनाएकाहरु समाजमा आफनो वर्चस्व कायम राख्न र जिविकोपार्जनका लागि बिभिन्न गैरकानुनी र आपराधिक कृयाकलापमा संलग्न हुन थालेका छन्। जस कारण तराई बिस्तारै 'ओरिजिन अफ क्रिमिनल प्लेस' को रुपमा चिनिन थालेको छ। यस बिषयमा समयमै गम्भिर भएर केन्द्रिय शासन शक्ता,नागरिक समाज, मानबअधिकारकर्मी, संचारकर्मी र राजनैतिक दलले सुधार नगरे केही बर्षमै तराई अर्काे 'अफगानिस्तान' नबल्ला भनेर भन्न सकिन्न।

अपहरण र चन्दाबाट आजित जनताहरु संगठित भएर प्रतिकारमा उत्रिएको दृश्यहरु यदाकदा देखिन थालेको छ। तर प्रतिकारको लागि संगठित जनसमुहलाई प्रहरी प्रशासनले सहयोग गर्न सकेको छैन।

Note Source : http://www.facebook.com/note.php?note_id=119346554767324

2 comments:

  1. upendra ..rajendra..or mahanth ne madhes ko bech diya hai dost our olog aapne swarth ke liye madhesi ko sada ke liya andhereme dhakel diya hai dost.is liye aab madhes ka shabi uwa ko ek jut hoke madhesh aaur madheshi ka kalyan ke liye aage ...badna chahiye.aur madhesh birodi yo karbahi karneke liye shbi madhes basiyo se aapech karte he. ki ek jut hokar aage badhe.....
    .......जय मधेश !!! जय मधेश ..............जय मधेश !!! जय मधेश .......
    ऐनक पहने लाठी पकड़े चलते थे वो शान से जालिम कांपे थर थर सुनकर उनका नाम रे.......
    बन्दे मे था दम ........... वंदे मातरम्
    .......जय मधेश !!! जय मधेश .......
    Central Government of Madhesh
    Biratnagar Madhesh
    govermaint.madhesh@gmail.com
    government.madhesh@gmail.com
    .......जय मधेश !!! जय मधेश .......बन्दे मे था दम ........... वंदे मातरम्

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...