Monday, April 5, 2010

कसले भन्छ नेपालमा मधेस छैन ?


कसले भन्छ नेपालमा मधेस छैन ?
सीताराम अग्रहरि
 
सुविख्यात दार्शनिक तथा चिन्तक बरट्रेन्ड रसेलले एक पटक भनेका थिए कि संसारमा समस्या यो छ कि मूर्खहरूमा गजबको आत्मविश्वास हुन्छ तर बुद्धिमान व्यक्ति शङ्काले भरिएका छन् । अहिले मुलुकमा आत्मविश्वासपूर्ण मूर्खता तथा शङ्काले भरिएको विद्वता दुइटै चरममा छ र दुइटैको सहवासबाट उत्पन्न वर्णशङ्कर अविश्वासले हर क्षेत्रमा मुलुकलाई गाजेको छ । बिरामीलाई उपचार गर्ने चिकित्सक आफै रूग्ण परम्परालाई बोक्दै जब उपचारका मागमा हड्तालमा ओर्लन्छन्, कितावको माग गर्दै विद्यार्थी वाटामा हिडिरहेका मोटरसाइकल चालकमाथि आक्रमण गर्दछन्, ˆनै शर्तमा मूल्यवृद्धि गर्नुपर्ने मागका साथ यातायात व्यवसायीहरू जब चक्काजाम गर्न पुग्छन्, सवारी दुर्घटना हुनासाथ टायर बालेर पीडितहरू जब सडकबाट इन्साफ माग्न थाल्छन्, प्राज्ञिक वहसका सट्टा आफूलाई उपेक्षित उत्पीडित ठान्नेले जब बन्द, हड्ताल, तोडफोड एक मात्र विकल्पको रूपमा देख्न थाल्छन् र सरकार पनि मूकदर्शक भई शान्तिपूर्ण सम्वाद र समाधानमा अरुचि देखाउन थाल्छ अनि कसरी बन्नसक्छ नया नेपाल ?
सम्वादहीनता र संवेदनशीलता आजको नेपालको नया विशेषता बनिसकेको छ । आम जनता के चाहन्छन् यसको चिन्ता कसैलाई छैन । हठवादी र अनिपुण राजनीति र उत्तिकै हठवादी अनिपुण प्रतिकारबाट आखिर हामी कहा गइरहेका छौं ? मधेसको आन्दोलनपछि देश अर्को नया परिष्कृत चरणमा प्रवेश गर्नुपर्ने थियो तर मधेसवादी दलका सिर्जनात्मक सोचको अभावमा अर्को विवाद कुसमयमै चर्कियो । हालका समयमा थारूहरूले चर्को स्वरमा हामी मधेसी होइनौं तराईवासी हौं भन्न थालेका त थिए तर चार कदम अगाडि बढेर जब उनीहरूले नेपालमा मधेसीहरू छन् मधेस छैन भनी आक्रमक ढङ्गले भन्न थालेपछि अब छिनोफानो गर्ने बेला पनि आएको छ । अफसोच जुनकुरा प्राज्ञिक बहसको विषय हुनुपथ्र्यो त्यसको छिनाफानो पनि सडकबाट गर्न खोजिएको छ यस्तोमा रसेलको उक्त उक्तिको संझना आउनु अस्वाभाविक होइन । यस्तो छैन कि यो प्रश्नको निराकरण नै हुनसक्दैन प्रश्न त प्रश्न उठाउने सोच र मानसिकताको छ । थारूहरूको कल्याण गर्ने नाममा केही राजनीतिक थारूहरूले लाग्दछ एक निष्कर्ष निकालिसकेका छन् तर ठन्डा दिमागले सोच्ने हो र खुला दिमागले बहस गर्ने हो भने सम्वाद र समाधानका कैयौं सूत्रहरू अझ कायमै छन् । यसमा शङ्का छैन थारूहरू सोझा, सरल, इमान्दार र उदार हुन्छन् तर जुन हिसाबले केही नया थारू नेताहरूले अहिले कुरा गरिरहेका छन् त्यसमा सङ्कीर्णता त छादैछ कतै न कतै तिनका जातीय चरित्रविपरीत ईष्र्याभाव प्रतिविम्बित भइरहेको छ । तराईमा तिनले आˆना अस्तित्ववाहेक अरू कसैको अस्तित्व स्वीकारिरहेको प्रतीत हुदैन । अझ अहिले अचानक तिनमा मुसलमान, दलितहरू प्रति प्रेम जागेको देखिन्छ । एउटा कुरा के प्रष्ट छ भने तराई अथवा मधेसमा थारूहरू एक जातिको रूपमा अवश्य छन् तर मधेसी भन्नेवित्तिकै त्यहा कुनै एउटा जातिको अर्थमात्र लाग्दैन । यो बेग्लै कुरा हो मधेसमा पनि मुलुकमा भएसरह जातीय भेदभावको प्रश्न छ । यो हजारौं वर्षको हाम्रा पुर्खाहरूको समवेत दुर्वलताको अवशेष हो तथापि स्वार्थी राजनीतिज्ञहरूले सोचे झैं र केही दयाका पात्र थारू नेताले भने झैं मधेसीको अर्थ मुसलमानहरूलाई अलग्गै राखेर हिन्दुमात्र हुनसक्दैन । मधेसमा उठेको जनआन्दोलनमा सहादत दिनेहरूको नाम र सूची हेर्‍यौं भने स्पष्ट हुन्छ, त्यहा जातपातको आधारमा आन्दोलन भएको थिएन । कमसे कम आम मधेसीको यो सोचाइ त पक्कै थिएन र हैन पनि । हो केही मधेसी नेताहरूमा अझ दुर्वलता देखिएको छ । कोठामा बसेर प्रवुद्ध मधेसीहरूसमेत कुन पार्टीमा व्राहृमणको तथा कुनमा यादवको वर्चस्व छ भनी कुरा गर्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुर्भाग्यपूर्ण कुरा हो । तर एउटा कुरा निश्चित छ आजसम्म मधेसीहरूले कहिले पनि थारूहरूलाई आफूभन्दा टाढा राखेर हेरेका छैनन् नत मधेसी नेताहरूले नै कहिल्यै थारूहरूको विरोध गरेका छन् । यो कुरा थारूहरूलाई थाहा छ । अहिले मधेसीहरूको धुआधार विरोध गर्ने महेश चौधरीले स्वयम् भनेका छन्, "यी आदिवासी र मधेसी समुदायबीच भिन्नता रहे तापनि यिनीहरूबीचको लामो समयदेखिको बसोबास र सहकार्यले गर्दा एकआपसमा चाहे भाषिक दृष्टिकोणले होस् अथवा सामाजिक धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा एकअर्कासाग नजिकको सम्बन्ध स्थापित रहेको पाइन्छ," -हेर्नुस्, कस्तो सङ्घीय संरचना, महेश चौधरी थारू संस्कृति, २०६४ असोज, अङ्क २१) ।
जहासम्म मधेसको अस्तित्वको कुरा छ मध्य देशको अर्थ कदापि मध्यप्रदेश हुनसक्दैन । भारतको सन्दर्भमा भनिएको मध्य देश अथवा मध्यप्रदेशलाई नेपालको मध्यदेशसाग गास्नु कुतर्क मात्र होइन कुसोच र कुटिलता अथवा अज्ञानतामात्र हुनसक्छ । यहासम्म कि भारतबाट आएका केही मधेसीहरूसाग मध्यप्रदेशसाग कुनै साइनो छैन । वास्तवमा विशाल भारत नेपालमा फैलिएका विशाल मैथिली-भोजपुरी भाषी क्षेत्रका मध्यमा पर्ने भागलाई मधेसी भनिएको हो । "विहारमा चम्पारण तथा सारन जिल्लालाई गण्डक नदीले पृथक गर्दछ । चम्पारण यथार्थमा प्राचीनमा प्राचीन मिथिलाकै एक भाग हो । .... चम्पारणको बोलीलाई मधेसी -मध्यदेशीय) भनिन्छ । तिरहुतको मैथिली तथा गोरखपुरको भोजपुरीको मध्य बोली हुनुका कारण नै यसको नाम मधेसी परेको हो ।" -विमलेशकान्ति वर्मा, हिन्दी और उसकी उपभाषाए, प्रकाशन विभाग सूचना और प्रकाशन मन्त्रालय, भारत १९९५) मधेसी यसै भूमिका भूमिपुत्र हुन भन्ने प्रमाण त सेनवंशी राजाहरूले मधेसी भाषालाई दिएको प्रोत्साहनबाट बुझ्न सकिन्छ । पृथ्वीनारायण शाहको आक्रमणपछि स्थानीय भाषा, संस्कृतिमाथि पनि आक्रमण हुदै गयो जसको प्रमाण रणबहादुर शाहले अभिमान सिंहलाई लेखेको पत्रबाट पाउनसकिन्छ । "स्वस्ती श्री..... आगे बक्सी अभिमान सिंह बस्न्यातको..... उप्रान्त अघि अघि लेख्या बेहोराबाट नलेखी क्या अर्थले मीथिल भाषामा लेख्याको हो -त्यताका अर्थलाई मधेश्यामा लेख्या पनि हजुर्मा आउन्या पत्र जति हो तति आˆनै भाषा गरी नागरीमा लेखन्या गर्नु । -भाषा र साहित्यमा सेनहरूको भूमिका, डा. विष्णुप्रसाद घिमिरे, अभिलेख २०५० बाट)
अर्थ स्पष्ट छ पक्कै रणबहादुर शाहले मध्यप्रदेशलाई 'मधेश्या' ठानेर पत्र लेखेका होइनन् । वास्तवमा मधेस र तराई विवादको विषय नै होइन । मधेसीहरूले तराई काङ्ग्रेस नै खडा गरी २०१५ सालमा निर्वाचन लडेका हुन् । गोइत र ज्वाला सिंहले पनि आˆना विद्रोही दलका नाम अगाडि तराई लेखेका छन् । तर जसरी मधेसीका नाममा यहााका शासकहरूले मधेसीहरूको अस्मितामाथि प्रश्न उठाएका छन् लगभग त्यही शैलीमा र कता कता प्रायोजित रूपमा प्रश्नचिन्ह उठाउने काम केही वाटा विराएका थारू नेताहरूले पनि गरेका छन् । स्वयम् थारूहरू पनि पक्का मधेसी हुन् । अरू समथल भाग मधेस नभए पहाडसाग जोडिएका भाग भित्री मधेस कसरी हुनसक्छ ? अरू समस्त भाग तराई हुने अनि केही भाग मात्र भित्री मधेस हुने यो भन्दा हास्यास्पद केही हुन सक्दैन । एउटा उदाहरण हेरौं, "ये.... हो... हारे यागे लागलथारू चले पिछे दनुवार
हारे पछिला फहुदा हो रामा, रजाके सवार... पछिला ये.. हे हो... हारे चढवै पर्वत हो, हेर्नै मधेश
यावे नाही छाड्वौं चितवन देश... यावेनही।
-लक्ष्मण प्रसाद चौधरी, दोलखा नेपाल, हमर सनेस, खोजमूलक थारू साहित्यिक वाषिर्क असोज २०६० ) ।
यस मार्मिक झुमरमा थारू जनजीवनको मर्मस्पर्शी विवरण त छनै साथै मधेसको चर्चा पनि छ । वास्तवमा मधेसीहरूले मधेस शब्द आफैंले रोजेका पनि होइनन् । अपमान र उपेक्षाका वावजुद आˆनो परिचय, पहिचान र आत्मसम्मान खोज्ने क्रममा यसलाई आत्मसात गर्नुपर्ने तिनको बाध्यता हुन आयो । "काठमाडौंका वासिन्दाहरूका लागि नेपाली संस्कृति ६ प्रकारका छन् ः तीन आन्तरिक र तीन वाहिरिया । नेपाल खाल्डोको परिभाषा अनुसार नेवारहरू ये-मी, ये-ले र खोपे सीमित क्षेत्र भित्र र खे -पर्वते) से -भोटे) मस्र्या -मधेसे) व्यापक क्षेत्रमा पर्दछन् ' -डा. हर्क गुरुङ, नेपाल अधिराज्यको बनोट ) । मधेस र मधेसीको हजारौं वर्षको सभ्यता छ । यसमा थारूहरू छन् र महìवपूर्ण रूपमा छन् । उनीहरू पनि शोषण, उत्पीडन र उपेक्षाका शिकार भएका छन् तर उनीहरू चाहन्छन् के ? शोषण कोबाट भयो ? के मधेसीहरूको शासनबाट उनीहरू उत्पीडित भएका हुन् ? दुई चार जना ठूला ठालू के थारूहरूमा पनि छैन ? मधेस र तराई, मधेसी र थारूको विवाद नै गलत छ । आम मधेसीहरू अझ न्याय, समानता र अवसरबाट वञ्चित छन् । थारूहरूकेा अवस्था पनि यसबाट पृथक छैन । अझ मधेसीहरूबारे थारूहरूले समेत प्रश्न उठाएकोले मधेसीहरूको कष्ट र आत्मवेदना बढेकै छ । तर मधेसीहरूलाई विजातीय ठान्नेहरूले बिर्से कि यो भूमिमा मधेसीहरूको गौरवमय इतिहास छ । मैथिल, सभ्यताको प्राचीनतामाथि कसले प्रश्न उठाउन सक्छ ? अझ समय छ सोझा थारूहरू विकृत र भ्रमपूर्ण विचार बोकेका थारूहरूसाग सावधान हुनुपर्छ । मधेसीहरू शासकीय निरंकुशता तथा थारूहरूका उदासीनताका वावजुद सङ्घर्ष, आन्दोलन र सहादतबाट धेरै अगाडि बढिसहेका छन् । देशका चिन्तक, बुद्धिजीवी, शासकहरूले पनि देश जोगाउन बडो सुझबुझ संयम र इमान्दारीपूर्वक सोचेर अघि बढ्नुपर्छ । मधेसीलाई विदेशी बनाउने चालले देशको स्वास्थ्यको लागि हितकर हुने छैन ।

1 comment:

  1. madhesh me hindi nahi bolta hai .. kay madhesh ke history aap ko pata hai to plz... aap madhesh ke bastabi tataw ko share karee. aur jis ko madhesh me mathili ,, bhojpuri ,abdhi nahi aata hai wa kay karega kon si bhasa me bat kar...ega... g...auw gahar ke bud bujurg sab pahle kisa bhasa me bat kar te the.... raja jank ke palame bhi to hindi boltha tha na madheshi jana .. e to koi nai bat nahi hai... par naw bat to ye hai ki madheshi se madhesh ka pahchna 6in liya gayahai .. aur madhesh ko trai namaang karn kardiya gaya ... din prati din madhesh se mathili bhasa ritiriwaj hatte jaraha hai.. nepal sarkar duwara pahadi samudayke ku6 gati bidhi ke karna madheshi janta kabhi bhi madhesh ka history nahi jan pay hai .... aur is me madhesh ke baduwa neta . dlal madhes birodi sab mil ke madheshi janta ko andekhar me dhakelte jarahai ...........aat sabhi madhesh ke janta budijibi, uwa ek juta hoke madhe ki rak6a kare..............
    ,, kis se mange ham aapni pehchan kaun dega ,,,, jo nepal sarkar aaj tak madhesh ke amar bira sahid ko samman nahi deska hai ,,, jaha pe sirpf kanun banane balo ke liye kanun hai nahi haiii jo kanun srf madheshi aur madhesh ke liye jaha pe nata hai... pahadi samuray ke liye koi kanuna hi nahi banta hi kiy>>>>???????

    http://www.youtube.com/watch?v=YwVyWIuy5Xs

    mitra buddha dhram ke book me aap ko madhesh ke map miljay ga.... aur madhesh ke thora bahuta sankaln kiya huwa .... aap ko amar sahid raghunatah thakura madheshi ji, ke bhai jo bratnagar me rahte hai unke pas me mile ga....... jo sanrak6an... kar ke rakhe huwe he madhesh ke bahtabik history ko... jis ka gayan madhesh ke bahuta se naw jawan uwa abam madhesh bashi kao nahi hai... aat samast madheshi janta ko madhesh ka gayan hona jaruri hai... paz madheshi janta plz aap sabhi gadar neta gaan ko saba sikah ne ke liye tayar hojaooooo..... jo gadar neta gan bar bar madhesh aur madheshi janta ko dhokha me rakhra ha hai wise tatw , madhes biro di .... ko khatma karna jaruri hai... pahle madheshi janta ko ek juta hoke aage badhna padega ... namk haram neta ko side karoooooo madhesh bachayo..... madheshi janta,,, uwa. madhesh me madhesh ki rak6a swaym karna jaru ri hai.... din prati din madhesh me nay party pe party kulte ja raha hai..... in sab ko sabha sikauo......


    "मधेशी युवा एकता" जिन्दाबाद। मधेशी युवा सब एक जुट होऊ।
    .......जय मधेश !!! जय मधेश ........जय मातृभूमि........जय मातृभूमि
    "स्वतन्त्र तराई राज्य " एक मधेश एक प्रदेश
    .......जय मधेश !!! जय मधेश .......

    Central Government of Madhesh " मधेश सरकार "
    Biratnagar Madhesh
    govermaint.madhesh@gmail.com
    government.madhesh@gmail.com
    .......जय मधेश !!! जय मधेश .......बन्दे मे था दम ........... वंदे मातरम्

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...