Tuesday, December 24, 2019

साली समधी घरवाली बाला पार्टीबाट अधिकार स्वतंत्रता मिल्दैन :- डा. सी. के. राउत


जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डाक्टर सी के राउतले मधेशवादी पार्टी प्रति व्यंग गर्दै साली , समधी ,घरवाली बाला पार्टीबाट मधेशी ,दलित, मुस्लिम ,जनजाति , आदिवासी , विपन्न , सिमान्तकृत र पिछडिएको बर्ग समुदायको हकÞ अधिकारको सुनिश्चित नहुने बताएका छन । उनले शासक वर्ग र मधेशकेंद्रित दल अधिकार शोषण गर्ने मात्र उदेश्य बोकेको आरोप समेत लगाए ।
जनमत पार्टीका भातृ संगठन मुस्लिम जनमत संघले पहिलो पटक सदरमुकाम गौरको ऐतिहासिक मैदान राईस मिलको मैदानमा सोमवार आयोजना गरेको बृहद जनमत सभाको प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै कांग्रेस ,एमाले ,माओवादीबाट भागेर आएका मधेशवादी दलका नेताहरु मधेशी जनता सित धोका गरेको दावी गरे । मधेश आन्दोलन , र अधिकारको लड़ाईको नाउँमा गरेको २०७२ सालको आन्दोलनमा गरीव निमुख्खा जनताको हत्या गराएर सत्तामा बसेको भन्दै कडा आलोचना समेत गरे ।
डाक्टर राउतले जनता सित कुन शासनको निमित आन्दोलन गरेको र के अधिकार पाउनु भएको भनी गंभीर प्रश्न सोधेका छन । मधेश आन्दोलनमा ५४ जना मधेशी सपूतले सहादत दिए पछि सरकारमा ५६ जना मधेशी मंत्री भएको उल्लेख गर्दै बोल्ने अधिकार समेत दिलाउन नसकेकोले अधिकार विहीनको अधिकारको लागि एक मात्र विकल जनमत पार्टी रहेको ठोकूवा गरे ।
जनकपुरमा पहिलो पटक पक्राउ गरी बुटवल लागेको बेला ४ जना तत्कालीन स्वतंत्र मधेश गठवन्धनका कार्यकर्त्ताले सी के राउतलाइ रिहा गर भने नारा लगाएको आरोपमा जन्म कैदको मांग गर्दै मुद्दा चलाएको स्मरण गर्दै डाक्टर राउतले भने तपाईहरु कस्तो व्यवस्था ल्याउनु भो र कस्तो पार्टीलाइ भोट दिनु भएको विचार गर्नुस ।
रौतहट वीरको भूमि भएको भन्दै राउतले २००१ , २००७ , २००९ , २०४६ , २०६२ र २०७२ सालको परिवर्तनको निमित भएको संघर्षमा रौतहटको जनताको अहम् भूमिका रहेको उल्लेख गरे । विभिन्न कालखंडमा भएको संघर्षमा ज्यानको आहुति दिने रौतहट र सप्तरीको जनता सित नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादीले अन्याय गरेको बताए ।
नेता उत्पादन गर्ने रौतहट शिक्षा , स्वास्थ्य , मानव सूचकांकमा सवै भन्दा पछाडि परेको छ किन प्रश्न गरे । राज्यले नागरिकता मा विभेद गरेको छ , अधिकारबाट बंचित गर्न विभिन्न किसिमका ऐन कानून र निति बनाउदै आएका छन , रोजगारीमा नीतिगत विभेद गरेको संग अधिकारको आश लगाउनु बालुवामा पानी हाल जस्तै रहेको टिपण्णी गरे ! डाक्टर राउतले उपेन्द्र यादवलाइ मधेशीको हत्यारा भएकोले जेल जाने विकल नरहेको ठोकूवा गरे ।
गौर राइस मिल काण्डबाट जोगिनको लागि सत्तामा टाँसिएर बसेको नकारात्मक टिप्पणी गर्दै उनले राजेंद्र महतोलाइ काठमाण्डौको समधी भएकोले अव नाकाबन्दी गर्ने सोच कहिले नल्याउने उपहास गरे । शासन परिवर्तनको लागि भएको आन्दोलन संघर्षमा शहीद हुने दलित , विपन्न ,गरीव , मुस्लिम परिवार को मात्र रहेको र सत्तामा पुग्ने संपन्न परिवारको भएको बताए । राउतले मधेशको सवालमा जेल बसेको भनी देखाउन मधेशी नेताहरुलाई खुल्ला रुपमा चुनौती दिएका छन ।
प्रदेश २ को सरकारमा एउटा पनि शहीद परिवार ,गरीव ,निमुखा परिवारबाट समावेश नगरेको बताए । पंचायत काल , प्रजातंत्र ,लोकतंत्रमा मत दिएको मधेशी जनतालाइ काबूमा पार्न नया निति सडयंत्र पूर्वक नागरिकता कानून ल्याएर मतदान गर्ने अधिकार पनि खोसेको बताए ।
लाखौ मधेशीको मतदाता नामबालीबाट नाम हटाएको , भूमिहीन र अधिकार विहीन सडयंत्र पूर्वक बनाएको दावी गरे । नागरिकता कानूनको विषय लिएर अहिले भारतमा भैरहेको प्रदर्शनको उदहारण दिदै डाक्टर राउतले त्यो भन्दा बलियो कानून नेपालमा पहिला देखि नै लागू गरिएको हुदा चेतनाको आभावमा केहि विरोध नभएको जिकिर गरे ।
चेतनाको आभावमा घरबार विहीन ,अधिकार बिहीन हुदै गएको तर्क गर्दै डाक्टर राउतले अव सचेत नागरिक बन्नू पर्ने जोड़ दिए । सामन्तबादको सत्ता भएकोले छोटे छोटे राजाहरु गरीव निमुख जनताको घरमा डोजर चलाई रहेको बताउँदै चेतना नजगाए संतानको अस्तित्व समाप्त हुने निश्चित रहेको अनुमान गरे ।
स्थानीय सरकारले गरीवको घरमा डोजर चलाउनुको साथै कर लगाएर शोषण गरिरहेको बताए । जनप्रतिनिधिहरु सानो राजा भएर जनता माथि शासन गरिरहेको र जनता त्राहिमाम भइरहेकोले जनताको स्वंत्रता ,जनताको राज्यको लागि जनमत पार्टी बनाउनु परेको प्रस्ट परे ।
एक दो चार नाउमा भईरहेको शोषणको अंत गरी गरीव जनताको शासन आफ्नो स्वराज स्थापना गराउनु नै जनमत पार्टीको उदेश्य रहेको बताए । जनताको शासन , सम्पूर्णता कायम भए मा मात्र जनताको स्वतंत्र महसूस हुने बताए । उनले भने शोषणको अंत हुनु पर्छ स्वराज ,आत्मनिर्णयको अधिकार हुनु जरुरी छ ।
कार्यक्रममा मधेशी नेतृत्व पुञ्जका केन्द्रीय अध्यक्ष ललित मल्लिा सानुले, मधेशी अधिकारीको लागि १४ वर्ष पछि जनमत पार्टी सहि र भरोसामन्द पार्टी भएकोले यसमा सवैलाई लाग्न आग्रह गरेको थिए ।

No comments:

Post a Comment

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...