प्रसंग (१) ः २०४८ सालतिर संसदमा गजेन्द्र नारायण सिंहज्यूले “तुम जुर्म करो त
कुछ भी
नही... हम उफ करे तो बागी हैं” भन्दै मधेश र मधेशीको
पीडाहरूका सम्बन्धमा आफ्नो मन्तव्य
दिनुभयो ।
असर ः सुशील
कोइरालासँगै बसेका रामवरण यादव (तत्कालीन
सभासद्)ले मधेश, हिन्दी र गज्जुबाबुको विरोध
गर्दै भन्नुभयो, “सभामुख महोदय गज्जुबाबुले कुन देशको भाषा बोल्नु भा हो मैले बुझिन...”
परिणाम ः
नेपाली कांग्रेसले रामवरण यादवलाई तत्काल चरम राष्ट्रवादी मान्दै उहाँलाई
स्वास्थ्य राज्यमन्त्री बनायो ।
प्रसंग (२) ः २०४८ सालको निर्वाचनमा सर्लाही–५ (तत्काल) बाट नेपाली कांग्रेसका उम्मेदवार महन्थ ठाकुर र सद्भावनाबाट उम्मेदवार
गजेन्द्रनारायण सिंह थिए । ठाकुरले सिंहलाई लक्षित गर्दै
भनेका थिए, “गजेन्द्र नारायण सिंह साम्प्रदायिक र विखण्डनकारी मान्छे हुन् ।”
प्रसंग (३) ः २०५१ सालको मध्यावधि निर्वाचनमा सप्तरी–२ (तत्काल) बाट गजेन्द्र नारायण सिंह र सद्भावना पार्टीलाई गाली गरेका जितेन्द्र
देवले एमालेभित्र आफ्नो खसभक्ति नवीकरण गर्न
भ्याएका थिए । “गजेन्द्र नारायण सिंह भारू छाप्ने टकसार हो । विखण्डनकारी, डकैत, भारतीय दलाल, मधेशी उचालेर देश
टुक्राउने
प्रपञ्चकारी हुन् ।” अहिले उनै जितेन्द्र देव
चर्का मधेशवादी भएका छन् ।
परिणाम ः
एमालेमा उनी चर्का राष्ट्रवादी भएर आयोगहरूमा पटक–पटक मनोनित हुने सौभाग्य पाए ।
प्रसंग (४) ः एमालेमै रहेका जितेन्द्र देवले २०६४ चैत्रमा
राजविराजस्थित नेता चौकको चुनावी सभामा “जय मधेश” फेशन हो भनेका थिए । विदेशी
शक्तिसँगको सामिप्यता र देवको
कार्यशैलीमाथि एमालेले अविश्वास (सुराकी) गरेको शंकामा देवमाथि कारबाही गरेपछि उनी मधेशी कित्तामा प्रवेश गरे ।
मधेशी कित्तामा छिरेर पार्टी फुटाउने परियोजनामा सक्रिय रहेका देव
हाल मजफो लोकतान्त्रिकका महासचिव छन् र
सभासद् बन्न नपाएको झोकमा निर्वाचन आयोग
धाउँदैछन् ।
मधेशप्रति संवेदनशील नरहेका देव एक बुद्धिजीवी प्राविधिक नेता मात्र हुन् । जितेन्द्र देवको बौद्धिकतामाथि प्रश्न नरहे
पनि समाजका अन्य अधिकारकर्मीसँग सौहार्दपूर्ण
सम्बन्ध हुनुको साटो अध्यक्ष र विदेशी
शक्तिकेन्द्रहरूको
सामिप्यताले शंका उब्जाउँछ
प्रसंग (५) ः मधेश कित्तामा नआउञ्जेल महेन्द्र यादव (२०६४ साल
पूर्व) भूमिसुधार, नागरिकता, मधेशवादी एकताका विरूद्धमा वकालत गरेर एमालेभित्र खसभक्तिको नवीकरण गरिरहन्थे । आफ्नो जीवनको अधिकांश समय वाम राजनीतिमा
बिताएका यादव मधेशी कित्तामा प्रवेश गरेपछि
पटक–पटक मन्त्री त भए तर मधेशका
निमित्त कुनै उदाहरणीय कार्य गर्न चाहेनन्
। सत्ता समीकरण मिलाउन र मोर्चाबन्दी गरेर
सिंहदरबार
छिर्न चतुर खेलाडीको मान्यता पाएका महेन्द्र यादवलाई पैसा र जातबाहेकका कुरामा खासै सरोकार नराख्ने नेताको रूपमा चर्चा
गरिन्छ । एमालेमा छँदा उनी नेपाल
सद्भावना पार्टीलाई नेपाल विरोधी दलको रूपमा चर्चित गर्थे र आज आफै मधेशी कित्तामा राजनीति गर्दैछन् ।
प्रसंग (६) ः ऋतिक प्रकरणमा जयप्रकाश गुप्ता (तत्कालीन नेपाली
कांग्रेसका नेता र संचारमन्त्री)ले मुलुकभरि नै
मधेशीहरूमाथि भएको लुटपाट र आक्रमणलाई
स्वस्फूर्त
र स्वाभाविक घटनाको दर्जा दिएका थिए । गजेन्द्र नारायण सिंहलाई लक्षित गर्दै उनले भनेका थिए, “धोती कुर्ता लगाएर मधेशको उद्धार हुन सक्दैन । चौकीमा माइक लगाएर धोती हातमा उठाएर हिन्दीमा भाषण गर्न
मलाई पनि आउँछ ।” (प्रसंग २०५१ साल, राजविराज)
२०६४ पछि कृषि र संचार मन्त्री भएका गुप्ताले मधेशकै लागि खासै केही
निर्णायक कार्य गर्न सकेनन् । उनी मन्त्री हुँदा
पहाडी र कांग्रेसमा रहेका मधेशीहरू बढी
लाभान्वित
भए । उनकै विशेष पहलमा सत्ताका भागवण्डा मिलाइएपछि उपेन्द्र यादव नेतृत्वको पार्टी फुट्यो र मधेशी दलहरू माओवादीको पोल्टामा
पुगे । सरकारले उनलाई तारो बनाएर नियतवश
दण्डित भए । उनी फोरम नेपाल पार्टी फुटाउँदा सार्वजनिक रूपमै भनेका थिए, “म मन्त्री बन्दिँन” तर मौका पाउने बित्तिकै सञ्चारमन्त्रीको पद कुम्ल्याए । पटक–पटक मन्त्री भएका गुप्ता हाल मधेशमा अमृतालिंगम् प्रवृत्तिको विरोध र राजनीतिक आदर्शमाथि जागरण
अभियान थालेका छन् ।
प्रसंग (७) विजय गच्छदार – सत्ता प्राप्तिका निमित्त
जोसँग र जस्तो पनि सम्झौता गर्न पछि नपर्ने गच्छदार २०४८
सालतिर नेपाल सद्भावना पार्टीलाई विखण्डनकारी शक्तिको रूपमा व्याख्या गर्थे । २०६४ सालमा महन्थ
ठाकुरलगायतका कांग्रेसी नेतालाई धोका दिएर फोरम नेपाल
प्रवेश गरे । आफ्नो अध्यक्षता ठाकुरले
अस्वीकार
गरेको रिसमा तमलोपा फुटाउन महेन्द्र यादव समूहलाई सघाए ।
भौतिक योजना
मन्त्री बनेका गच्छदारले मधेशमा विकासका
कुनै नयाँ
परियोजना ल्याएन, हुलाकी सडक, रेल यातायातलगायत थुप्रै सम्भावित परियोजनालाई लत्याएर पहाडमा बाटो बनाए । गृह मन्त्री
गच्छदार रहे पनि मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, नागरिकता, सुरक्षा निकायमा मधेशीको पहुँचलगायतका मुद्दाले कुनै स्थान पाएन ।
रक्षामन्त्री भएका गच्छदारले सेनामा मधेशीको
सामूहिक प्रवेशलगायतका मुद्दा भाषणमै सीमित राखे । सरकारमा छिर्न मजफो नेपाल फुटाएका गच्छदारका अधिकांश
नियुक्ति, कार्य, परिणाम मधेश विरोधी छ । २०६५ चैत्र विराटनगरमा (मजफो
नेपालमै हुँदा) उनले भनेका थिए, “फोरमले एक मधेश एक प्रदेश छाडिसकेको छ ।” फोरम लोकतान्त्रिक गठन गर्दा २०६६ आषाढ १६ गते “म ३ महिनामा मधेशका मुद्दाहरू सम्बोधन गराउँछु ।”भन्दै माधव नेपालको नेतृत्वको
सरकारमा प्रवेश पाए ।
व्यवहारमा वर्र्षौं बितिसक्दा पनि मधेशीले केही पाएन । २०६४ सालमा
गच्छदारले “मधेश प्रदेश सम्भव छैन ।” भनी उद्घोष गरे । २०७० मंसिर तेस्रो साता विराटनगरमा “मधेशीलाई नसमेटेर सरकार बनाउन पाइदैँन” भनी कांग्रेससँग धम्कीपूर्ण बिन्ती गरे । विजय गच्छदारले गरेका राजनीतिक नियुक्तिहरू, रोजगारी, विकास योजना र पार्टी संरचनाका अधिकांश कार्य मधेश विरोधी छ ।
प्रसंग (८) ः शरत्सिंह भण्डारी ः– एक दर्जन भन्दा बढी पटक मन्त्री भइसकेका शरत्सिंह भण्डारी मधेश कित्तामा आउनु पूर्व कांग्रेसका नेता
थिए । सम्पूर्ण राजनीतिक जीवनमै उनले मधेश र
मधेशीको अधिकारका निमित्त कुनै ठोस कार्य
गरेनन् ।
पर्यटन मन्त्री हुँदा जनकपुर हवाई अड्डा निर्माणको साटो पोखरातर्फ बजेट मोडे । मध्यमधेश(जलेश्वर)बाट जाने रेल्वेको सर्वेलाई
प्रभावित गरेर बर्दिवास (हाइवे) हुँदै लगे ।
मधेशी दलमा सभासद्
खरिद–बिक्री, पार्टी फुटाउ परियोजना, मधेशवादको आडमा प्राप्त नियुक्तिको अवसरहरू मधेश विरोधी समुदाय वा व्यक्तिलाई दिने कार्य ।
मधेशवादलाई आधार बनाएर सत्ता, पैसा, स्वार्थको राजनीति गरेर बसेका
भण्डारीले मधेश विद्रोहपश्चात् मधेशका पक्षमा
भन्न मिल्ने गरी रक्षा मन्त्री पदबाट
राजीनामा
बाहेक केही गरेनन् ।
मधेश
विद्रोहपश्चात् मधेशी समुदायबीच
हुन थालेको
सम्भावित एकता र युवा नेतृत्वलाई कमजोर बनाउन विभिन्न नाम र आकर्षक नारा लिएर मधेशी कित्तामा हाम फालेका चतुर खेलाडीहरू
मधेशका मुद्दा बेचेर पटक–पटक सत्तामा पुगे । मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, सशस्त्र अपराध, सरकारी विभेद भइरहँदा पनि
सिंहदरबारमा लुकेर बसेका अवसरवादी नेताहरूलाई यसपटकको
निर्वाचनमा जनताले दण्डित गरेका छन् । दर्जनौं राजनीतिक र सामाजिक अपराध गरेका मधेशी मन्त्रीहरूको वैचारिक निर्वस्त्रीकरणका कारण मधेशले न्याय पाएन । मधेशप्रति प्रेम
र मधेशी जनतासँग भय नरहेकै कारण आम
मधेशीहरू प्रयोगका वस्तु मात्रै भई बसे । २०६२÷०६३ अघि मधेश, मधेशवाद र मधेशी जनताको विरोध गर्नेहरू अवसरका लागि मोर्चाबन्दी गरेर मधेशको घरेलु राजनीतिलाई फिजीकरण गरेर
मधेशको सम्भावित एकता र विद्रोहलाई स्थिल
पार्न मधेश राजनीति गर्दै बसेका छन् ।