Thursday, September 30, 2010

मधेसमा ईमान्दार नेता हराएका छन !!

उपेक्षित मधेस र उत्पीडित मधेसीको हकहितका लागि निस्वार्थ, नैतिकवादी, ईमान्दार व्यक्तित्व भएका नेताहरुको अभाव सर्वत्र महशुस गर्न थालिएको छ !

राजा मानदेवको राज्य कालमा तराई मधेसमा शोषक, सामन्त र ठुला जमिन्दारहरुबाट त्यस बेलाका दलित, गरिब, निमुखाहरुको शोषण गर्ने, बेरोजगारलाई रोजगार नदिई धाक धम्कीबाट काम गराउने, जबर्जस्ती गरिब, दलितहरुको सम्पति हरण गर्ने गरिन्थ्यो ! सप्तरीको नगडा बैरिया गाउँमा भएको शवरभीन समुदायका दिना र भद्री स्वं तत्कालिन सप्तरी हाल सिरहाको महिसौधामा जन्मनु भएका दुसाध जातिका सलहेस शंवर, क्षीण समुदायका युवाहरुले सशक्त संगठन खडा गरी त्यसबेलाका शोषक, सामन्त, जमिन्दारहरु शंवर भिल, निमुखा सोझा जनता माथि दमन गर्नेहरुको प्रतिकार गरेका थिए ! जसको परिणाम त्यस बेलाका शाषकहरुको शोषण गर्ने सोचमा ह्रास भएको थियो !

यसैले अहिले सम्म पनि दिना भद्री र सलहेसलाई दलित समुदाय व्यक्तिहरु इष्ट देवताका रुपमा पूजा गर्दछन ! दिनाभद्री र सलहेस शंवरले भिलहरु माथिको शोषण दमनलाई अन्त मात्र गरेन त्यसबेलाको तराई मधेसका लाई कब्जा जमाउने शोषक सामन्तहरु सँग सशक्त युद्ध समेत गरी नेपालको अखण्डता र तराई मधेसको अस्तित्वलाई जोगाएका थिए ! यसैक्रममा दिनाभद्री दुबै दाजुभाइले प्राणाहुति पनि दिए ! अहिले मातृभूमिको रक्षाको लागि र समाजमा दलित भनिने पिछीडिएका गरिबका हकहित र सम्मानको लागि नि:स्वार्थ रुपमा बलिदान गर्ने व्यक्तित्वको मधेसमा स्वार्थ अभाव महसुस गर्न थालिएको छ !

पंचायत कालमा मधेस र मधेसी उपर भइरहेको शोषण, दमन र उत्पीडनको विरोधमा नि:स्वार्थ रुपमा आवाज उठाउने स्व: रघुनाथ ठाकुरको तत्कालीन शासकबाट षड्यन्त्र पूर्ण रुपमा हत्या गरिएको थियो ! आफ्नी जीवनकालमा शासकहरुबाट सत्तामा सहभागी हुन् लगायतका अनेकौ प्रलोभन दिए पनि आफ्नो कर्तव्य पथबात स्व: ठाकुर कहिले विचलित भएन ! आज मधेसवादी दलका नेताहरु त्यस प्रकार को नि:स्वार्थ बलिदान र नैतिकता भएको व्यक्तित्व देखिदैन!

गजेन्द्र नारायण सिंह शोषित, उत्पीडित, मधेसी, दलित र पहाडमा रहेका जनजातीहरुको हितको सम्मानका लागि तथा उनीहरु माथि भइरहेको शोषण, दमन, असमानताको, अन्तको लागि आफ्नो मातृसंस्था नेपाली काँग्रेसको जिम्मेवार पदलाई त्याग गरी नेपाल सदभावना परिषदको गठन सो माध्यमबाट मधेसमा सशक्त रुपमा आन्दोलनको सुरुवात गुर्नुभयो ! प्रजातन्त्र पुर्नस्थापना पश्चात सदभावना परिषदलाई नेपाल सदभावना पार्टीमा परिणत गरी सो माध्यमबाट संविधानसभाबाट संविधानको निर्माण, मधेसी, दलित , जनजातीको लागि सबै तहमा आरक्षणको व्यवस्था, नागरिकता समस्याको लागि सर्वकालीन समाधान, जनसंख्याको आधारमा निर्बाचन क्षेत्रको सुनिशितता, असमानताको अन्त र दलितको उत्थानका लागि जीवन पर्यन्त संघर्षरत रहनुभयो ! परिस्थितिवस मन्त्री हुनुभए पनि ती लक्ष्यहरु परिपूर्तिको मार्गबाट कहिले पनि बिचलित हुनुभएन !

मधेशका तपस्वी , ईमान्दार ,नैतिकवान, व्यक्तिहरु शाषक र केही मधेसी शिकार हुदै आएको छ ! जसको प्रत्यक्ष उदारण तमलोपाका राष्ट्रिय अध्यक्ष महन्त ठाकुरले पराजय भोग्नु परेको कटु सत्य हाम्रो सामु रहेको छ ! सबैभन्दा ज्वलन्त उदहारण हाम्रो सामु मधेस आन्दोलनले दिएको जनादेशलाई बिर्सेर हाम्रा मधेसका महान मधेसवादीहरु सत्ता र कुर्सी खेलमा पछी दौडिरहेका छन ! संविधान सभामा मधेसले दिएका जनादेशलाई वेवास्ता गरि मधेसवादीहरुमा आपसी फुट भइरहेको छ ! सबै मधेसीको आँखाको तारो फोरम दुई चिरामा विभाजित भएको छ ! सदभावना पार्टी पाँच चिरामा विभाजन भएका छन ! मन्त्रि र सत्तामा बस्न शासकहरुको पछी पछी लागि आफ्नो पार्टीको नीति र मधेसको भावना समेतलाई विर्सिएका छन !

मधेस र मधेसी आशाको केन्द्र विन्दु मधेसधारी दलहरु रहेको छ उनीहरुको सम्पति संरचना र अहार व्यवहारमा फरक पाएको छ ! मधेसको अधिकारको नाउँमा मधेसी जनतासँग मत संकलन गरी सभासद बनेकाहरु आफ्नो सम्पति जोड्नमा व्यस्त छन ! कोही बंगला, गाडी र नातागोताहरुको सुरक्षित गर्न पछाडी लागेका छन त् कोही एमाओवादी त् काँग्रेस, एमालेको मुखपत्र बनी आफ्नो विचारधारालाई परिवर्तन गरिरहेका छन !

आजको लडाईको बीचमा खडा भएका मधेस जलिरहेको छ ! अनेकौ सम्झौताहरु फाइलमा मात्र सिमित छन ! अनेकौ अधिकारका सबालहरु पार्टीको घोषणा पत्रमा नै सिमित छन ! सिमित मात्रको आरक्षणको घोषणाले २३८ वर्ष भन्दा पहिले देखि पिल्सिएका मधेसीको अधिकार सुनिशिचत हुन्छ त् ? के ती सत्ताधारी शासकहरुलाई थाहा छैन देशमा आमुल परिवर्तन सँगै नँया नेपालको सोच र परिकल्पनालाई साकार गर्न सबै जातजातिको त्यतिकै नै अहम भूमिका रहेको छ ! जब मधेस र मधेसी आफ्नो अधिकारको कुरा गर्छ खस अहंकारवादी सोच र मानसिकता बोकेका पहाडीवादी नेताहरु बहानाबाजी गरी अधिकार सुनिश्चित गर्नबाट वन्चित गर्न षड्यन्त्र गर्छन !

के यी सबै कुरा हाम्रा मधेसवादी चिन्तन गर्ने नेताहरुलाई थाहा छैन, किन नहुने सबै थाहा छ ! तर आवाज बन्दछ किन ? भन्ने प्रश्नहरु मधेसी जनता गर्न थालेका छन भन्ने शंका गर्न थालेका छन ! मधेसी जनताको मधेसमा सच्चा, ईमान्दार मधेसी नेताको खडेरी परेको छ कि यी नेताहरु रगत पानी भएको छ कि भन्ने आवाजहरु कम उठिरहेको छैन !

जनसंख्याको आधारमा, पढेलेखेको आधारमा, आदिकालीन बसोबासको आधारमा नेपाल निर्माण देखि तब संबिधान लेखनको तैयारी सम्म मधेस त्याग र बलिदान कम रहेको छ ? यी सबै पक्षहरु शासन गर्ने शासक तिर औला देखाई रहेको छ ! अब मधेसका वीर नेताहरु सबै पक्षहरुमा ध्यान दिनु पर्ने बेला आएको छ ! ठोक बजाएर संविधानमा आफ्नो अधिकार सुनिश्चित गर ! ठोकबजाएर मधेस आन्दोलनले दिएका जनादेशलाई पुरा गराऔ नत्र भोलिका दिनहरुमा मधेसका जनताहरुले तपाईहरुलाई धिक्कार्ने छ र कहिँ त् गद्दार घोषणा गर्न पनि पछी पर्ने छैन, भन्ने शंका गर्न सकिन्छ ! अब पनि समय छ, जाग मधेसका नायकहरु जाग !

2 comments:

  1. Nice article Surendra Ji.
    You keep the diplomatic spirit and the political cunning. Time has come that the political parties and politicians start giving answers for all their action.

    Keep it up.
    Mukesh Jha.

    ReplyDelete
  2. yo kura k bhujnu parcha vane jab samma upendara yadav, vijay gachddar jasto gaddar neta haru yo desh ma huncha tyati bela samma na ta yo desh ko valo huncha na ta madesh,yini haru kukur ko puchar rahechen, jati sidha parna khoje pani hudenana.

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...