असर ः सुशील कोइरालासँगै बसेका रामवरण यादव (तत्कालीन सभासद्)ले मधेश, हिन्दी र गज्जुबाबुको विरोध गर्दै भन्नुभयो, “सभामुख महोदय गज्जुबाबुले कुन देशको भाषा बोल्नु भा हो मैले बुझिन...”
परिणाम ः नेपाली कांग्रेसले रामवरण यादवलाई तत्काल चरम राष्ट्रवादी मान्दै उहाँलाई स्वास्थ्य राज्यमन्त्री बनायो ।
परिणाम ः एमालेमा उनी चर्का राष्ट्रवादी भएर आयोगहरूमा पटक–पटक मनोनित हुने सौभाग्य पाए ।
मधेशी कित्तामा छिरेर पार्टी फुटाउने परियोजनामा सक्रिय रहेका देव हाल मजफो लोकतान्त्रिकका महासचिव छन् र सभासद् बन्न नपाएको झोकमा निर्वाचन आयोग धाउँदैछन् । मधेशप्रति संवेदनशील नरहेका देव एक बुद्धिजीवी प्राविधिक नेता मात्र हुन् । जितेन्द्र देवको बौद्धिकतामाथि प्रश्न नरहे पनि समाजका अन्य अधिकारकर्मीसँग सौहार्दपूर्ण सम्बन्ध हुनुको साटो अध्यक्ष र विदेशी शक्तिकेन्द्रहरूको सामिप्यताले शंका उब्जाउँछ
२०६४ पछि कृषि र संचार मन्त्री भएका गुप्ताले मधेशकै लागि खासै केही निर्णायक कार्य गर्न सकेनन् । उनी मन्त्री हुँदा पहाडी र कांग्रेसमा रहेका मधेशीहरू बढी लाभान्वित भए । उनकै विशेष पहलमा सत्ताका भागवण्डा मिलाइएपछि उपेन्द्र यादव नेतृत्वको पार्टी फुट्यो र मधेशी दलहरू माओवादीको पोल्टामा पुगे । सरकारले उनलाई तारो बनाएर नियतवश दण्डित भए । उनी फोरम नेपाल पार्टी फुटाउँदा सार्वजनिक रूपमै भनेका थिए, “म मन्त्री बन्दिँन” तर मौका पाउने बित्तिकै सञ्चारमन्त्रीको पद कुम्ल्याए । पटक–पटक मन्त्री भएका गुप्ता हाल मधेशमा अमृतालिंगम् प्रवृत्तिको विरोध र राजनीतिक आदर्शमाथि जागरण अभियान थालेका छन् ।
भौतिक योजना मन्त्री बनेका गच्छदारले मधेशमा विकासका कुनै नयाँ परियोजना ल्याएन, हुलाकी सडक, रेल यातायातलगायत थुप्रै सम्भावित परियोजनालाई लत्याएर पहाडमा बाटो बनाए । गृह मन्त्री गच्छदार रहे पनि मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, नागरिकता, सुरक्षा निकायमा मधेशीको पहुँचलगायतका मुद्दाले कुनै स्थान पाएन । रक्षामन्त्री भएका गच्छदारले सेनामा मधेशीको सामूहिक प्रवेशलगायतका मुद्दा भाषणमै सीमित राखे । सरकारमा छिर्न मजफो नेपाल फुटाएका गच्छदारका अधिकांश नियुक्ति, कार्य, परिणाम मधेश विरोधी छ । २०६५ चैत्र विराटनगरमा (मजफो नेपालमै हुँदा) उनले भनेका थिए, “फोरमले एक मधेश एक प्रदेश छाडिसकेको छ ।” फोरम लोकतान्त्रिक गठन गर्दा २०६६ आषाढ १६ गते “म ३ महिनामा मधेशका मुद्दाहरू सम्बोधन गराउँछु ।”भन्दै माधव नेपालको नेतृत्वको सरकारमा प्रवेश पाए ।
व्यवहारमा वर्र्षौं बितिसक्दा पनि मधेशीले केही पाएन । २०६४ सालमा गच्छदारले “मधेश प्रदेश सम्भव छैन ।” भनी उद्घोष गरे । २०७० मंसिर तेस्रो साता विराटनगरमा “मधेशीलाई नसमेटेर सरकार बनाउन पाइदैँन” भनी कांग्रेससँग धम्कीपूर्ण बिन्ती गरे । विजय गच्छदारले गरेका राजनीतिक नियुक्तिहरू, रोजगारी, विकास योजना र पार्टी संरचनाका अधिकांश कार्य मधेश विरोधी छ ।
मधेश विद्रोहपश्चात् मधेशी समुदायबीच हुन थालेको सम्भावित एकता र युवा नेतृत्वलाई कमजोर बनाउन विभिन्न नाम र आकर्षक नारा लिएर मधेशी कित्तामा हाम फालेका चतुर खेलाडीहरू मधेशका मुद्दा बेचेर पटक–पटक सत्तामा पुगे । मधेशमा गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, सशस्त्र अपराध, सरकारी विभेद भइरहँदा पनि सिंहदरबारमा लुकेर बसेका अवसरवादी नेताहरूलाई यसपटकको निर्वाचनमा जनताले दण्डित गरेका छन् । दर्जनौं राजनीतिक र सामाजिक अपराध गरेका मधेशी मन्त्रीहरूको वैचारिक निर्वस्त्रीकरणका कारण मधेशले न्याय पाएन । मधेशप्रति प्रेम र मधेशी जनतासँग भय नरहेकै कारण आम मधेशीहरू प्रयोगका वस्तु मात्रै भई बसे । २०६२÷०६३ अघि मधेश, मधेशवाद र मधेशी जनताको विरोध गर्नेहरू अवसरका लागि मोर्चाबन्दी गरेर मधेशको घरेलु राजनीतिलाई फिजीकरण गरेर मधेशको सम्भावित एकता र विद्रोहलाई स्थिल पार्न मधेश राजनीति गर्दै बसेका छन् ।
