Sunday, August 28, 2011

पश्चिमी तराई फिर्ता गर्ने सम्बन्धमा नेपाल र कम्पनी सरकार माझ नोभेम्वर १, १८६० मा भएको सन्धि

पश्चिमी तराई फिर्ता गर्ने सम्बन्धमा नेपाल र कम्पनी सरकार माझ नोभेम्वर १, १८६० मा भएको सन्धि

सन् १८५७ मा भारतीय मुलका बंगाली सेना दुवरा भएको विद्रोह र त्यस पछिका दंगा फसाद तथा हिंसात्मक स्थितिहरुमा नेपालका श्री ५ महाराजाधिराज बाट सुगौली को सन्धिदुवरा स्थापित शान्ति तथा मैत्री सम्बन्ध लाई इमान्दारी पुर्वक कायम राखिबक्सेको मात्र होइन कि सिमान्त जिल्लाहरुमा ब्रिटिस कानून स्थापना गर्न लखनौ माथि पुनः ब्रिटिस नियन्त्रण कायम राखन तथा विद्रोही हरुलाई पुर्णरुप मा पराजित गर्न समेत मौसुफ बाट कम्पनी सरकार लाई महत्वपूर्ण सहयोग प्रदान गरिबक्सियो ! यी विभिन्न सैनिक अभियान हरुको सफल समाप्ति पछी नेपालले ब्रिटिस सरकारलाई पुर्याएको महत्वपूर्ण सेवा तथा सहयोगप्रति सम्मान जनाउने अभिप्राय ले ब्रिटिस भायसराय तथा गभर्नर जरनलले महाकाली देखि गोरखपुर सम्मको १८१५ अघि नेपालको अधिनमा रही सोही बर्षमा भएको सुगौली सन्धिले ब्रिटिस शासनमा गाभेको तराई को सबै भू-भाग नेपाल लाई फिर्ता बुझाइदिने अभिप्राय अभिव्यक्त गर्नु भएको थियो ! नेपाललाई फिर्ता गरिने उक्त भू-भाग छुट्याउने काम नेपाल सरकारद्धारा खटाइएका आयुक्तहरुको रोहवरमा सोही प्रयोजनका लागि ब्रिटिस सरकारद्वारा नियुक्ति अधिकारीहरुद्धारा भइनै सकेको छ ! दुई मुलुकबीचको भावी सीमा छुट्याउनका लागि ठाउँ ठाउँमा शिलास्तम्भहरु गाड्ने काम पनि गरिसकेको छ ! उक्त भू-भाग लाई नेपालको पुनः प्राप्त गरेको अवसरलाई गरिमा मण्डित गर्ने उधेश्यले दुई देशमाझ यो सन्धि सम्पन्न गरिएको छ !

धारा १

नेपालका महाराजाधिराज र ब्रिटिस सरकारका बीच विद्यमान सबै सन्धि सम्झौता हरु यस सन्धिद्वारा परिवर्तन भएको मा बाहेक यथावत कायम रहिरहनेछ !

धारा २

ब्रिटिस सरकार ई.सं. १८१५ पुर्व नेपालको अधिनमा रहेका र सोही बर्षको डिसेम्बर २ तारिख का दिन सुगौलीमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत ब्रिटिस सरकारको भूभाग मा गाभिएका महाकाली र राप्ती नदी बिचको तराईको सम्पूर्ण भू-भाग तथा राप्ती र गोरखपुर को बिचमा पर्ने तराईको भू-भागमा नेपालका श्री महाराजाधिराजको पूर्ण प्रभुसत्ता रहने गरी ति भू-भाग हरु मौसुफमा टक्रयाउँछ !

धारा ३

महाकाली या शारदा नदी देखि पूर्वमा पर्ने बगौरा तालको उत्तरी पहाडको फेदी सम्म ब्रिटिस आयुक्तहरुद्वारा निर्धारित सीमा रेखामा पर्ने सीमास्तम्भहरु नै नेपाल र ब्रिटिस अधिनमा रहेको अवधको सीमाना हुनेछ !

धारा ४

ब्रिटिस सम्राज्ञीको भायसराय तथा भारतका गभर्नर जनरल महामहिम तथा सम्मानीय चार्ल्स जोन अर्ल क्यानिनं जी.सी.वी. को तर्फ बाट लेफ्टिनेन्ट कर्णेल जर्ज रामजे र नेपालका श्री ५ महाराजाधिराज सुरेन्द्र वीर बिक्रम शाह बहादुर शमशेर जंगका तर्फ बाट श्री ३ महाराज जंगबहादुर राणा जी.सी.वी. को हस्ताक्षरबाट सम्पन्न यस सन्धि लाई हस्ताक्षर भएको मितिले तीस दिन भित्र दुवै पक्ष बाट अनुमोदन गरिनेछ ! दुवै मुलुकबाट अनुमोदन भइसकेपछि यस सन्धिलाई हस्ताक्षरकारी दुई पक्ष बीच काठमाडौंमा आदान प्रदान गरिनेछ !

नेपाललाई पूर्वी तराई सुपुर्द गर्न सम्बन्धमा भएको स्मृति- पत्र

नेपाललाई पूर्वी तराई सुपुर्द गर्न सम्बन्धमा भएको स्मृति-पत्र

(डिसेम्बर ८, १८१६ )


(१) नेपालका श्री ५ महाराजाधिराजसँग विधमान शान्ति, मित्रता र विश्वासलाई दृष्टिगत गरी नेपालका श्री ५ लाई सहन र स्वीकार्य कठिन भएका सुगौली सन्धिका केही धाराहरुलाई यथासम्भव रद्दोवदल गर्नका लागि ब्रिटिस सरकार निम्न प्रवन्धहरु स्वीकार गर्दछ !
(२) नेपालका श्री ५ महाराजाधिराजको हृदयलाई विचलित पारिरहेको सन्धिका केही प्रबन्धहरुलाई संशोधन गरी मौसुफलाई अंग्रेजी सरकार प्रति खुशी राजी र कृतज्ञ बनाइराखने अभिप्रायले विगतका मतभेदका कारण सन्धि अनुसार ब्रिटिस सरकारमा गाभिएका कोशी र गण्डकी बिचका तराईका सबै भू-भाग हरु मध्ये तिरहुत र चम्पारन जिल्ला अन्तर्गतका विवादग्रस्त जमिन र दुबै तर्फ का जमिन र अघि ब्रिटिस सरकार मा गाभिए पछी जस कसै लाई उसको हक भोग कायम रहने गरी कम्पनी सरकार दुवारा दिएका जमिनहरु बाहेक अरु सबै भू-भाग नेपाल सरकार ले फिर्ता पाउने छ ! कसैको हक भोग रहेका ती जमिन दिएर ती जमिन लिन सक्नेछ ! यो जाहेर भएकै कुरा हो की तिरहुत जिल्ला का थुप्रै जग्गा जमिन धेरै अघि देखि विवादग्रस्त रही आएका छन् ! त्यस सम्बन्धमा सन् १८१२ र संवत् १८६९ मा भएका सम्झौता हरु कायम रहनेछन् र बाँकी समाप्त भएका मानिनेछन् अर्थात् त्यस अवधी मा भएका वार्ता , सम्झौता र समझदारी हरु वर्तमान मा पनि उत्तिकै प्रभावी छन् र प्रभावी मानिने छन् !
(३) गण्डकी र राप्ती नदीको बीचमा पर्ने भूभागमध्ये अर्थात् स्युराज र बुटवल लगायत गण्डकी नदीले गोरखपुर को पश्चमी सीमासम्मको विगत को विवाद युद्धपुर्व नेपालको अधिन मा रहेका जमिन मध्ये दुई देशबीच नयाँ सिमा निर्धारण गर्न आवश्यक विवादग्रस्त जमिन मध्ये दुई देशबीच नयाँ सिमा निर्धारण गर्न आवश्यक विवादग्रस्त जमिन वाहेक अरु सबै जमिन हरु नेपाल लाई पूर्णरुपले फिर्ता गर्न ब्रिटिस सरकार इच्छुक रहेको छ !
(४) सर्भे नापी नभै दुई मुलुक बीचका सिमाहरु को उपयुक्त व्यवस्था सम्भव नभएकोले माथि लेखिएका कुराहरुको आधारमा दुई देशबीचको सुरक्षित सिमा निर्धारण गर्न सिमा अधिकृत हरु नियुक्ति गरिनेछन् ! उनीहरुले उत्तर र दक्षिण नेपाल र ब्रिटिस सरकारले भूभाग अलग्गै प्रष्ट बुझिने गरी सो को सीमारेखा निर्धारण गर्नेछन् ! यसरी सो को सीमारेखा निर्धारण गर्दा कुनै मुलुकको तालुकी अन्तर्गतको जमिन पर्नगयो भने पारस्परिक समझदारीको आधारमा दुबै देशका सिमा अधिकारीहरूले साह्रो गाह्रो नमानी जमिनको लेनदेन गर्नेछन् !
(५) यसरी दुवै देशको सिमा सोझोपारी ठीक सँग मिलाउँदा एक –अर्को देशका नागरिक हरुको जमिन एक-अर्को को सीमा वारी पारी पर्न गएमा दुई देश बिच पर्न सक्ने सधैभरीको विवाद र कचिंगल हटाउनका लागि दुवै देशका सीमा अधिकारीहरुले पारस्परिक सल्लाह र सहमति को आधारमा जमिको सट्टा पट्टा गर्ने गराउने गरेर एकह देश को नागरिक को जमिन अर्को देशमा नरहने व्यवस्था मिलाउने छन् !
(६) यसरी तराईको भूभाग नेपाललाई फिर्ता भएपछि सो जमिन वापत पुर्व सन्धि अनुसार नेपालका भाइभारदारहरुलाई क्षतिपूर्तिस्वरुप सालिन्दा श्री ५ महाराजाधिराजका जुनाफ मा ब्रिटिस सरकारले बुझाउन कबुल गरेका दुई लाख रुपैंयाँ यस उप्रान्त बुझाइने छैन !
(७) तराईको भूभाग नेपाल लाई फिर्ता भएपछी नेपालका श्री ५ बाट उक्त भू-भागमा बसोबास गरेका कुनै पनि व्यक्ति लाई युद्धको बखत मा ब्रिटिस सरकारलाई सहयोग गरेको कारणले उनीहरु माथि कुनै पनि प्रतिशोधात्मक कारवाही गरिबक्सिने छैन ! यिनीहरु मध्ये मोही बाहेक अन्य व्यक्तिहरु नेपाल छोडी कम्पनी सरकार को भू-भाग मा आई बस्न चाहेमा मौसुफबाट उनीहरुमाथि कुनै बाधा अवरोध पुर्याइबक्सने छैन !
(८) माथि उल्लेखित कुराहरुमा श्री ५ महाराजाधिराज सहमत होइबक्सेमा सिमानाको नाप नक्सा अन्य उचित बन्दोवस्तहरु थालिने छन् ! आपसी समझदारीको आधारमा सीमा निर्धारण भएपछि माथि लेखिएका सर्तअनुरुप हुने गरी सनद् लेखी सही छाप गरी एक-अर्को देशलाई दिने लिने गरिनेछ !

Wednesday, April 27, 2011

कसका लागि फुट्दैछन् मधेसवादी दल !!!!!!

मधेसवादी दलहरु उदाएको सानो अवधी मात्र भएको छ ! जन आन्दोलन ०६२/०६३ पुर्व मधेसको क्षेत्रीय दलको रुपमा नेपाल सदभावना पार्टी मात्र सकृय रहेका थिए ! सदभावना पार्टी क्षेत्रीय नारा उठाएर राजनीतिमा सकृय रहेका भएपनि मधेसमा समेत स्थापित हुनसकेको थिएन, मधेश आन्दोलनको क्रममा मधेसमा नयाँ क्षेत्रीय पार्टीहरुको जन्म भयो ठुलादलहरुले मधेसलाई न्याय गर्न नसकेको र मधेसबादी दलहरुले मधेसका मुद्दाहरुलाई चर्को रुपमा उठान गरेका कारण संबिधान सभाको निर्वाचनमा मधेसबादी दलहरुले मधेसमा उल्लेख्य सफलता हात पार्न सफल भयो अहिले संबिधान सभामा मधेसबादी दलहरुले ठुलो शक्तिमा रहेका छन् तर उनीहरु एक ठाउँमा उभिन्न नसकेका कारण आफ्नो उपस्थितलाई सार्थक बनाउन सकेका छैनन् साथै मधेसबादी दलहरुभित्र देखाएको बिभाजनको शृंखलाले अहिले मुलुकका चौंथो, पाँचौ र छैंठौं राजनीतिक शक्तिको रुपमा रहेको मधेसबादी दलहरु मधेसबाटै विस्थापित हुनुपर्ने र सदभावनाको स्थानमा पुग्ने प्राय निश्चित छ !

मधेसबादी दलहरुले मधेसको स्वाभिमान पहिचान र पहुचको मागहरु उठाएर दुई पटक मधेसलाई आन्दोलित बनाउने काम गर्यो तर संबिधान सभाको चुनाव पछि मधेसवादी दलहरु मधेसको मुद्दालाई सम्बोधन गराउनु भन्दा पनि सरकार निर्माण गर्ने र मालदार मन्त्रालय प्राप्त गर्ने खेलमा लागेका छन् यिनीहरुले आफ्ना सम्पूर्ण शक्ति यसैमा खर्चिरहेको अवस्था छ ! कुनै पनि मधेसवादी दलले मधेसको मुद्दालाई आफ्नो प्राथमिकतामा राख्न सकेका छैन ! ठुलो बलिदानपूर्ण ऐतिहासिक मधेस आन्दोलन प्रति कुनै पनि दलले इमान्दारिता देखाउन सकेको छैन ! मन्त्रालय र मधेस मध्ये एकलाई मात्र सम्झने मधेसवादी दलको चरित्र भैसकेको छ ! जसको फलस्वरूप आम मधेसी जनतामा मधेसवादी दलहरु प्रति वितृष्णा र अविश्वास बढ्दैछ ! मधेसी दलहरुमा देखिएका विभाजनका शृंखलाका कारण मधेसी जनताहरुलाई झन दुखी बनाएको छ ! मधेसवादी दलहरु आफु पनि समाप्त हुने र मधेस आन्दोलनको बलिदानमा टेकेर न्युनतम उपलब्धी समेत हात पार्न नसक्ने चिन्ता आम मधेसी जनताहरुमा ब्याप्त रहेको छ !

आम मधेसी जनताहरु सम्पूर्ण मधेसवादी दलहरु एक भएर अगाडी बढेको देख्न चाहेका छन् ! तर मधेसी जनताहरुको यो चाहनाको कुरा परै जाओस् यिनीहरु आ-आफ्नो दलगत एकतालाई समेत कायम राख्न सकेका छैनन् ! कुन बेला कुन मधेसवादी दल विभाजत हुने हो, कसैले अनुमान गर्न सक्ने अवस्था छैन ! यिनीहरु आफ्नो एकता कायम राख्न नसकेको कारण पता लगाउन अति आवश्यक भैसकेको छ ! हरेक चोटी मधेसवादी दल विभाजित हुँदा अध्यक्षले कांग्रेस, एमालेलाई आरोप लगाउने गरेका छन् भने विभाजित भएर अलग्गीने समुहले अध्यक्षको कार्यशैली अलोकतान्त्रिक रहेको आरोप लगाउने गरेको छ ! यी दुई कारणहरुले विभाजनमा सहायक भूमिका निर्वाह गर्ने भएपनि यो नै विभाजनको मुख्य कारणहरु अन्य रहेका छन् ! जसमध्येका केही प्रमुख कारणहरु उल्लेख गर्ने प्रयास मैले यस लेख मार्फत गरेको छु !

मधेस आन्दोलनले उचाई प्राप्त गरिसके पश्चात विभिन्न पार्टीमा रहेका मधेस क्षेत्रका नेताहरु मधेसवादी दलमा प्रवेश गर्ने र नयाँ मधेसवादी दल गठन गर्ने क्रम चल्यो ! चुनावमा उल्लेख्य सफलता पनि हात पार्यो ! तर मधेसवादी दलहरु र यसका नेताहरुले मधेसका लागि लामो संघर्ष र बलिदान गरेका छैनन् ! जनताहरुले मधेसको लागि ठुलो बलिदान गरेका छन् तर नेताहरु अवसरको रुपमा मधेसको मुद्दाहरुलाई मधेस प्रति आफ्नो जिम्मेवारी र इमान्दारिता बोध गरेका छन् ! संघर्ष र बलिदानको अभाव रहेका कारण मधेसवादी दलहरुका नेताहरु प्रति इमान्दार बन्न सकेका छैनन् ! साथै विभिन्न पार्टीमा राजनीतिकको लामो समय पार गरेर मधेसवादी दलमा आएका कारण पनि ! यिनीहरु आ-आफ्नो आकंक्षा र स्वार्थ पुरा गर्न लालाइत देखिएका छन ! साथै सबै अवसरकै खोजीमा रहेका छन् ! मधेसवादी दलहरुमा संघर्ष र बलिदानका चरणहरु पार गरेर आएका व्यक्तिहरु भन्दा पनि अवसरको खोजीमा रहेका व्यक्तिहरु रहेका व्यक्तिहरु रहेका छन् ! जसकारण मधेसवादी दलहरु चिराचिरामा बाँडिएका छन् !

मधेसवादी दलहरुको एजेन्डा सामान छ ! यिनीहरु मधेस आन्दोलनमा समेत सँगै रहेका थिए ! यिनीहरु एक ठाउँमा उभिनासाथ मुलुकलाई निकास दिन चार दलको सहमति खोजिने छ ! यिनीहरुबीच बैचारिक र सैदान्तिक भिन्नता पनि खासै छैन ! तर पनि यिनीहरु एक हुन् सकेका छैनन् ! बरु मधेसवादी दलहरु चिराचिरामा विभाजित भैरहेको छ ! एक भएमा शक्तिशाली र विभाजित भएमा कमजोर हुने कुरा सबैले बुझेका छन् ! तर मधेसी नेताहरु स्वर्गको चौकीदार बन्नु भन्दा नर्कको राजा बन्नुमा गर्व गर्दछन् ! धेरै सभासद रहेको दलको केन्द्रिय सदस्य भन्दा थोरै सभासद रहेको दलको अध्यक्ष पनि कमजोर नै हुने यथार्थ बुझेका छैनन् , मधेसी नेताहरुले ! सबै लाई अध्यक्ष नै हुनु परेको छ ! मधेसी नेताहरुमा आफ्नै क्षेत्र र समुदायका व्यक्तिको नेतृत्व स्वीकार्न समार्थ्य छैन ! यिनीहरु समान अनुहार र रंग भएको व्यक्तिको नेतृत्व स्विकार्नु भन्दा पनि आफ्नै नेतृत्व खोज्छन् ! यसै कारण मदेसवादी दलहरु मात्र विभाजित हुने गरेका छैन की एमाले, काँग्रेस र माओवादीको मधेस क्षेत्रको संगठनहरुबाट समेत नेताहरु विभाजित भएर बाहिरिने क्रम चल्दै आएको छ !

हरेक विभाजनमा मधेसवादी दलका अध्यक्षमाथि अलोकतान्त्रिक चरित्र रहेको आरोप लाग्ने गरेको छ ! यसमा केही हद सम्म सत्यता रहेको पाइन्छ ! मधेसवादी दलहरुका अध्यक्षहरु शक्तिशाली रहेको पनि देखिन्छ ! मधेसवादी दलहरु धेरै हद सम्म अध्यक्षको एकल निर्णय मै चल्ने गरेको छ ! यिनीहरु भित्र बृहत छलफल र बहसको अभाव रहेका छन् ! मधेसवादी दलका अध्यक्षले आफ्नो पकेटमा बस्न नसक्नेलाई फरक दृष्टीले हेर्ने गरेको छ ! यिनीहरुको निर्णय प्रकृया पूर्ण लोकतान्त्रिक छैन ! यो आरोप विभिन्न समयमा लाग्ने गरेको छ ! तसर्थ यसमा केही न केही सत्यता रहेको बुझ्नु पर्छ !

मधेसवादी दलहरु संयुक्त मधेसी मोर्चाको निर्माण गरी मोर्चाको निर्माण गरी मोर्चा कै माध्यमबाट आन्दोलित भएका र सरकार समक्ष मधेसका मागहरु पेश गरेका थिए ! आम मधेसी जनताहरुले संविधान सभाको निर्वाचन मा समेत मोर्चाका निरन्तरता चाहेका थिए ! तर मधेसी जनताहरुको चाहना विपरित मधेसवादी दलहरु चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा भाग लिएका थिए ! निश्चित रुपमा जसबाट मधेसवादी दलहरुलाई चुनावमा घाटा व्यहोर्नु परेको थियो ! मोर्चालाई निरन्तरता दिन सकेको भए आज संबिधान सभामा अहिलेको ८५ जना भन्दा केही बढी मधेसवादी सभासदहरुको उपस्थिति हुन्थ्यो ! संबिधान सभाको चुनाव पश्चात सत्ता समिकरणको अंकगणितीय खेल चलेको समयमा मात्र मोर्चाको नाम सुनिन्छ ! अन्यत्र कतै मोर्चाको नाम सुनिने गरेको छैन ! सरकार निर्माणको क्रममा मोर्चाको नाम सुनिने गरेको भए पनि सरकार निर्माण पश्चात मोर्चाको एकता कायमै रहेको देखिदैन ! भाग नपाउने दल मोर्चाबाट बाहिरिने गरेको छ र यसमा अन्य तत्वहरुले खेल्ने मौका पाउने गरेका छन् ! मधेसवादी दलका नेताहरु कुर्सीका लागि आफ्नो दलीय एकतालाई कायम राख्न उचित ठान्दैनन् बरु विभाजित भएर पनि कुर्सि पाउन खोज्छन् !

अहिले सम्म मधेसीहरु यति ठुलो शक्तिका साथ संसदमा प्रवेश पाएको इतिहास छैन ! तर मधेसवादी दलहरुले आफ्नो एकतालाई जोगाउन सकेन भने संबिधान सभामा मधेसी दलहरुको प्रतिनिधित्वको विषय इतिहासको पानामा सिमित हुनेछ ! मधेसवादी दलहरुले आफ्नो अस्तित्व जोगाउन पनि नेपाल सदभावना पार्टीबाट सुरु भएको मधेसवादी दलहरुको शृंखला रोक्न आवश्यक छ ! यसका लागि मधेसवादी दलका नेताहरुले मधेस आन्दोलनमा मधेसी जनताहरुले गरेको बलिदान र मधेसी जनताहरुको चाहनालाई बुझेर संयुक्त मधेसी मोर्चालाई एकताबद्द बनाएर प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने हुन्छ ! यिनीहरुले नेतृत्व , कुर्सि र अवसर लाई गौण मानेर मधेसवादी दलहरुलाई मधेसको मुद्दाहरुमा केन्द्रित गराउनु पर्ने हुन्छ ! यसका साथै ८५ जनै मधेसवादी दलहरुका सभासदहरु एक ठाउँमा उभिनका लागि संकल्पित हुनु पर्छ !

Friday, December 31, 2010

नमक हराम नेता !!!!

फैल रही है अराजकता स्वार्थलिप्सा की छाओमे !!

बह रही है खुनकी नदियाँ मधेश की हर गाओमे !!

चल रही है गुन्डागर्दी अपहरण हत्या और फिरौती

की संजाल गदार नेताओ की आडमे !!

उसको तो सताकी कुर्सि और बैंक बैलेन्स चाहिए !!

चाहे देश की जनता जाये भाड्मे !!

लुट गई जनताकी अमन चैन छिन गयी आँखोकी निन्द !!

मधेश आन्दोलन की काम मे !!

सुनी होगयी माँ की गोद, धुल गयी माथेकी सिन्दुर !!

अनाथ हो गये सैकड़ो बचे आमुल परिवर्तनकी नाममे !!

फिर भी न मिल पाया एक जन्मशिधनागरिक अधिकार !!

मधेश मुदों को कायर नेताओ ने बना डाला अपने पैकेट

भरने का राजनीति व्यापार !!

धिकार है तुम मधेसी नेताओ पे,जो भुल गया उन सहिदों का सपना !!

मधेस आन्दोलन को सफल बनाया प्राणआहुति दे के अपना !!

कायर और कतार नेताओ भरले तुझे झोली जितना है भर्ना !!

जब जनता जाग जाएगी एक ऐसा तुफान आयेगा !!

मिट जाएगा तेरा बहुरुपिये और नौटंकीबालि हस्ती !!

डुब जाएगा तेरा गंदी राजनीति की कस्ती !!

फिर कायम होगा अमन चैन और

समृद्ध समाज की एक आदर्श बस्ती !!!!!!!!!!!!!

कविता का रचनाकार :-- प्रभात राय भट्ट

Saturday, October 9, 2010

संघात्मक प्रणाली गतिशील प्रक्रिया हो

नयाँ संविधान लेख्नको प्रक्रिया भइरहेको छ ! अहिलेको आम मानिसको सबै भन्दा बढी रुची नयाँ संविधानको स्वरूप कस्तो हुने हो भन्ने नै भएको छ ! दिनहुँ यस सम्बन्धमा विभिन्न गोष्ठी सम्मेलन, अन्तरक्रिया आदि हुने गरेका छन् !

राज्य पुनःसंरचनाको नयाँ बेलामा नयाँ राजसत्ताको निर्माण आम नागरिकको जनादेश बाट भएको छ ! आम नागरिकको माध्यमबाट गठित संविधान नै नयाँ राज्यसत्ताको आधार हो !यो संविधान ले देशको राज्य सत्ता र राजकीय शक्ति मा जनताको सर्वोच्चता स्थापित गर्ने छ र भावी संविधानले नै देशको राजनीतिक संरचना शासनप्रणाली पनि सुनिश्चित गर्नेछ ! यसका साथै सबै क्षेत्र समुदाय, वर्ग, जात जातिको नागरिकको अधिकारको रक्षा र समतामुलक राज्यको निर्माणका लागि मार्गप्रशस्त गर्नेछ !

बर्षौ देखि देशको शासन व्यवस्थामा एकाधिकार बनाएका एउटा खास वर्गबाटनेपाल जस्तो भौगोलिक र जनसंख्याको दृष्टिकोणबाटसानो मुलुकमा संघात्मक शासनप्रणालीको आवश्यकता नै हुदैन भन्ने विचार पनि सुनिएको छ ! तर विश्वको एकमात्र शान्ति क्षेत्र राष्ट्र स्विट्जरल्यान्ड संघात्मक हुनुको कारण नै युरोपको जातीय तथा भौगोलिक केन्द्र मानिन्छ ! स्विट्जरल्यान्डको जनसंख्या ७० लाख छ त्यसमा २० प्रतिशत विदेशी छन् ! ७० लाख जनसख्याका लागि एउटा संघ छ ! यसमा २६ क्यान्टोन र ३००० कम्युन छन् ! स्विस लोकतन्त्र संसारको सबै भन्दा पुरानो लोकतन्त्र र विश्वको ज्यादा लोकतान्त्रिक मुलुक हो ! संघीय सरकार जस्तै प्रत्येक क्यानटोनको आफ्ना निजि संविधान एवं नागरिकता सम्बन्धी कानुन छ ! राज्य सरकार र केन्द्रिय सरकारका बीच अधिकार को विभाजन अत्यन्त उपयोगी ढंगबाट गरिएको छ ! स्विट्जरल्यान्ड अस्तित्वमा राजनीतिक एकीकरणका मोडेल र कारणबाट होइन कि लोकतान्त्रिक राजनीतिक संस्थाको कारणबाट हो !

वास्तवमा स्विट्जरल्यान्ड संघात्मक व्यवस्थाको देश हो ! यस्तै बेल्जियम, संयुक्तराज्य अमेरिका, क्यानाडा, भारत,पाकिस्तान, अष्ट्रेलिया आदि संघात्मक व्यवस्था भएका देश हुन् ! अमेरिकामा दैधशासन व्यवस्था छ ! प्रत्येक राज्यको आफ्नो आफ्नो संविधान, नागरिकता, कानुन न्यायपालिका एवं प्रशासनतन्त्र छ ! संघीय संविधान अन्तर्गत केन्द्र एवं राज्यका बिचमा शक्ति वितरण गरिएको छ !

मित्रराष्ट्र भारत पनि एउटा संघात्मक देश हो र यस देशमा अहिले ३० राज्य छन ! ठुला-ठुला राज्यलाई साना-साना राज्यमा रुपान्तरण गर्ने क्रम धेरै अघिदेखि यहाँ चल्दै आएको छ ! केहि बर्ष अघि मात्र बिहार राज्यबाट झारखण्ड तथा उत्तरप्रदेशबाट उत्तरान्चल एवं मध्यप्रदेशबाट छत्तीसगढ राज्यको निर्माण गरिएको छ ! यहाँ अरु पनि राज्यको निर्माण प्रक्रिया चल्दैछ ! तात्पर्य के हो भने संघात्मक प्रणाली गतिशील प्रक्रिया हो ! प्रान्तहरुको विभाजन र एकीकरण समय, काल परिस्थितिको अनुकुल हुनु यसमा स्वाभाविक मानिन्छ ! भारतमा केन्द्रिय सरकार एवं राज्य सरकारको गठन हुन्छ ! केन्द्रिय सरकारको गठन लोकसभाले गर्दछ, जो राष्ट्रिय संसद हो ! यस्तै राज्य सरकारको गठन राज्य विधानसभाले गर्दछ, जो राज्यको संसद हुन्छ ! भारतीय संघ देशको जातीय, वर्गीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, धार्मिक आदि विविधतालाई राष्ट्रिय सुत्रमा समायोजन गर्न सफल छ !

चीनको संविधानसभा प्रत्येक स्वशासित क्षेत्रको आफ्नो स्वशासनको रक्षा गरे र पूर्ण स्वतन्त्रता उपभोग गर्न जातीय स्वशासनको ग्यारेन्टी छ ! चीनमा पाँच स्वायत्त अन्चल, १०५ स्वायत्त जिल्ला, १४१ स्वायत्त इलाका तथा तीन हजार जातीय उपनगर को व्यवस्था छ !

उल्लिखित देशमा कतिपय देशको आवादी एवं क्षेत्रफल त नेपाल भन्दा पनि कम छ र सबै देश बहुभाषा, बहुभाषीय, एवं बहुसंस्कृतिको बाबजुद पनि संघीय शासनको कारणले राष्ट्रिय एकता बलियो भएको छ !

संघीय राज्यहरुमा अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, बोस्निया, ब्राजिल, क्यानाडा, इथियोपिया, जर्मनी, कोमोरोस, भारत, मलेसिया, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, रुस, दक्षिण अफ्रीका, स्पेन, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्तराज्य अमेरिका, भेनेजुयेला आदि छन् ! यस्तै संघीय संक्रमणकालीन राज्यहरुमा इराक, सुडान, नेपाल संघीय राज्य हो ! प्रत्येक देशमा आफ्नै प्रकारको कार्यपालिका (सरकार) र व्यवस्थापिका संसद हुन्छ ! भारत, जर्मनी, अष्ट्रेलियामा एउटा संविधानलेदेश र प्रदेश सबैलाई सन्चालन गरेको छ ! अमेरिका स्विट्जरल्यान्ड जस्ता देशहरुमा प्रदेश र केन्द्रको अलग संविधान छ ! विश्वका २७ देशमा कुनै न कुनै किसिमका प्रादेशिक संरचना छन् !

अहिले राज्यको विकेन्द्रीकरण गर्ने आवश्यकतामा संसार एकमत छ तर संघियता का मुद्दा विवादस्पद छ ! एकतर्फ संघियताको समर्थन गर्ने मा विवाद छ ! प्रशासनिक रुपमा वा विधायिका संरचनाको माध्यमबाट गरिने विकेन्द्रीकरण राम्रो पद्धति हुने तर्क गर्नेहरु यसलाई सरल र लचकदार मान्दछन् ! अर्को तर्फ संघियताको समर्थक पनि भौगोलिक क्षेत्रको आधारमा संघ वा जाती, भाषा वा एतिहासिक क्षेत्रहरु, समस्याको समाधान, पूर्वाधार क्षमता र आर्थिक विकासको सम्भाव्यतामाथि जोड दिन्छन् !

संघीय संरचनाको अहिलेसम्मका विचारहरुमा यो मुलुकको भौगोलिकतालाई प्रमुखताका साथ उल्लेख गर्दै आइरहेको छ ! यसैले नेपालको भूगोल दृष्टिगोचर नयाँ स्वरुपको परिकल्पना बेइमानी हुनेछ ! नेपालको बहुधार्मिक, बहुसमुदायिक, बहुजातीय, बहुभाषिक देशको रुपमा पनि त्यतिकै वर्णन गरिएको छ ! यसैले यस देशको चतुर्दिक विकासका लागि संघीय प्रणालीलाई विकल्पका रुपमा देखिएको छ ! यसैले यँहाको भूगोलका साथै सामुदायिक जातीय, भाषिक, उपस्तिथीलाई पनि ध्यानमा राख्नु पर्दछ ! तर २४० बर्ष यता नेपाली समाजमा पनि त्यतिकै परिवर्तन भइसकेको छ ! मानिसलाई जातीय पहिचानको खाँचो छ ! क्षेत्रीय राज्यसत्ता आवश्यक छ !

नेपालमा क्षेत्रगत र जातिगत दुई प्रकारको संघ बनाउन बहस आएको छ ! संघको स्वरूप निर्माण गर्ने तत्वलाई बडो गम्भीरतापूर्वक लिनु पर्छ ! नेपाललाई जातीय आधारमा संघको निर्माण गर्नु परेमा यँहा असहमति र जातीय प्रतिस्पर्धाको समस्याको सामना गर्नुपर्ने हुन्छ ! संघियताको उधेश्य तथा राष्ट्रिय सन्दर्भ अनुसार महत्व फरक हुनसक्छ ! अनेक पक्षबाट संघियताको स्वरूप निर्धारण हुन्छ ! यी प्रश्नको संरचना निर्माणमा चयनका लागि खुला हुनुपर्ने र लचकता पनि दिइनुपर्नेछ, किनभने आधुनिक संघहरुले जनजाती वा भाषिक विविधतालाई व्यवस्थित गर्न व्यवस्था हुनु पर्ने आकांक्षा राखेका छन् ! जसलाई पूर्णतः उपेक्षा गर्न सकिदैन ! यसैले भौगोलिक क्षेत्रहरु अन्तर्गत जनजाती र भाषिक विविधतालाई समेत समेटिनुपर्दछ ! साथै संघीय प्रणालीमा स्वशासनको सबैभन्दा बढी महत्वपूर्ण स्थान हुने भएकोले मानिस, समुह र एकाइलाई वशासन प्राप्त हुनुपर्दछ !

जहाँसम्म संघीय एकाइको संख्याको प्रश्न छ ! अधिकांश राजनीतिक दलले क्षेत्रगत, जातिगत र भाषागत आधारमा प्रान्त/प्रदेशको संख्या निर्धारणको प्रश्न छ ! यो निश्चय पनि जटिल बिषय हो ! यो सत्य हो कि हामी न त मधेसको क्षेत्रीय धारणालाई उपेक्षा गर्नसक्छौ न त पहाडका जनजातिका तुष्टिकरणलाई रोक्न ! यस्ता अवस्थामा मात्र एउटै बाटो हाम्रो समू छ ! त्यो हो क्षेत्रीय, जातीय, भाषिक, आकांक्षाको फ्युजन ! यसको अर्थ क्षेत्रीयताका आधारमा संगठित राज्यमा जातीय प्रतिनिधित्व ! अर्थात क्षेत्रीयताका आधारमा राज्य, प्रदेश, प्रान्तहरुको निर्माण र राजकीय प्रणाली समानुपातिक जातीय प्रतिनिधित्वको प्रावधान !

प्रान्तीय विभाजनको दृष्टिकोण बाट हेर्दा प्रान्त / प्रदेशको संख्या अनावश्क संख्यामा र विभिन्न नाउबाट राखिने समस्या पनि सिर्जना हुनसक्छ ! नेपालको र अन्य मुलुकको भौगोलिक अवस्था र बनोट हेर्दा निकै फरक भएको पाइन्छ ! साथै नेपाल एउटा भूपरिवेष्ठित मुलुक पनि हो ! स्वाभाविकरुपमै मधेस (तराई) पहाड, र हिमाल, भू-भागमा भौगोलिक बनोट परापुर्वकालदेखि कायम छ ! यी स्वाभाविक भौगोलिक बनोट र नामाकरणमा असर पर्ने गरी प्रान्त/ प्रदेशको नामाकरण भए, यसको स्वाभाविकतामा ठुलो असर पर्नसक्छ ! यसैले तराई (मधेस), पहाड र हिमाल तीन प्रान्त (प्रदेश) कायम राखी जातीय र भाषिक पहिचान कायम राख्न तराईमा भाषिक आधारमा र पहाड र हिमालमा विभिन्न जातीय बाहुल्य भएको आधारमा स्वशासित इलाका कायम हुनुपर्नेछ !

यस्तै आदिवासी जनजाती, मधेसी, दलितहरुले, उठाउँदै आएको मुख्य मागहरुको नीतिगत पक्ष राज्यको नीति निर्माण र नीति निर्माणको सबै तह र प्रक्रियाहरुमा संघीय संरचना निर्माण, जाति, भाषा र क्षेत्र र अर्थात् जाति, क्षेत्रीय स्वशासनको आधारमा हुनु आवश्यक छ ! त्यसकारण संघीय संरचना आदिवासी जनजाती, मधेसी र दलित महिलाहरुको स्वशासनको संरचना र शासनसत्तामा उनीहरुको भूमिका कस्तो हुने सो पनि स्पष्ट व्यवस्था हुनु आवश्यक छ !

कार्यकारी अधिकारको प्रश्नमा राष्टपतिय प्रणाली वा प्रधानमन्त्रीत्व प्रणाली सम्बन्धमा विभिन्न विचार घोषणापत्र बाट आएको छ, त्यो पनि गहन बिषय हो ! यस्तै निर्वाचन प्रणाली र न्यायपालिकाको संरचना, आर्थिक र प्राकृतिक स्रोतको बाडफाड आदि प्रश्न पनि त्यतिकै महत्वपूर्ण छन् ! यी सबै को छिनोफानो निर्धारित समय भित्र गरि नयाँ संविधान को निर्माण गर्नु आवश्यक छ

Thursday, October 7, 2010

चुनावी चक्रब्यूह र राष्ट्रिय ढुकुटीको सर्वनाश !!

सुरक्षा ठाकुर
संविधान सभाको अवधि बढाउने कि नबढाउने सम्बन्धमा जेठ १४ गते मध्यरातमा ११ बजे बनिएको बैठकमा संबिधानसभा भवनमा दलका सबै नेताहरु बीच चर्को विवाद भयो ! जसमा तिन वटा बुँदाहरुमा सहमति भई निष्कर्षमा टुंगियो ! ति थिए प्रधानमन्त्रीको राजिनामा, सहमतिको सरकार निर्माण र संविधान निर्माण अवधि १ बर्ष म्याद थप ! यी तीन बुँदाहरुमा सहमति जनाएर सबै पार्टीका दलहरु संविधान निर्माण गर्ने कुरा बाट अब १ बर्ष सम्मको लागी ढुक्क भइयो भनेर लामो साँस फेर्दै आफ्नो –आफ्नो घर तर्फ लागे ! त्यस रात ती दलका नेताहरु ढुक्क भएर सुते होलान ! किनभने उनीहरुको लागी त यो खुशीको कुरा थियो कि अब फेरी १ बर्ष सम्म पदमा रहन पाइयो र तलब भत्ता लगायत अन्य सुविधा लिन पाइयो ! तर त्यसै रात जनताहरुको लागी एक दमै कालो रातमा परिणत भयो ! अब फेरी मुलुकमा शान्ति सुरक्षा स्थापना नहुने भयो, अब फेरी मुलुकले नयाँ संविधानको लागी १ बर्ष कुर्नुपर्ने स्तिथिको सिर्जना भयो भनेर सबै जनता दु:खी थिए ! भूमिगत राजनीतिक छाडेर बाहिर आएको माओवादी र तत्कालीन सरकार बीच चार बर्ष अघिको विवाद शान्ति प्रक्रिया कसरि टुंग्याउने भन्ने थियो ! साथै नागरिक सर्वोच्चताको नारा लिंदै हिडेको माओवादी आज केवल आफ्नो स्वार्थलाई मात्र हेरिरहेको छ ! आफ्नो नेतृत्वमा सरकार निर्माणको खोजिरहेका छ ! एकातिर प्रधानमन्त्रीको राजिनामाको २ घण्टा भित्र नयाँ सरकार निर्माण गर्ने ठोकुवा गरेका माओवादी कँहा अस्ताएछ त ती सबै वाचा र जवाफहरु ? नेकपा एमालेको सरकारलाई कठपुतली सरकार, २/२ ठाउँबाट हारेको हरुवा सरकार भनेर नारा बोक्ने पार्टी अहिले आफु सात सात पटक सम्म हार्दा पनि लोकलाज पचाएर फेरी उम्मेदवारीमा बसेर भोटको प्रतिक्षा गरिरहन्छ ! फेरी मुलुकवासीहरुलाई अल्झाउनको निम्ति आउँदो निर्वाचनको अवधि असोज १० गतेको लागी सारिएको छ ! अझ पनि यी उम्मेदवार नेताहरुलाई लाज छैन ! सधै भाषण दिँदा मुलुकमा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने तर अहिले मुलुकको अवस्था तहसनहस भएको छ, तर पनि नयाँ सरकार चयन हुन् सकेको छैन ! सबै भन्दा ठुला दलका नाममा चिनिने एनेकपा माओवादीले अहिले यस्तो विकट स्तिथिमा सबै पार्टीलाई मिलाई अगाडी लानु पर्ने बेलामा आफै उम्मेदवारी लिई अडिग भएर बसेको छ ! सात पटक सम्म पनि मुलुकलाई निकाश दिन नसक्ने यो कस्तो किसिमको संविधान सभामा राजनीतिक खेल भइरहेको छ त ?
अर्को तर्फ नेकपा एमाले छ जसले १३ महिनाको सरकारले नेतृत्व गर्न पाउँदा पनि देशवाशीहरु एमाले सरकारको नेतृत्वबाट सन्तुष्ट थिएन ! अहिले मुलुकलाई निकाश दिने बेलामा होडबाजी गरेर बसेको छ ! भनिन्छ, “एमाले पार्टी निकै अप्ठ्यारो पार्टी हो किनकी मुलुकमा विधमान यतिका समस्याहरु हुँदा हुँदै पनि तटस्थ बसेर समस्यालाई झन बढावा दिएको छ ! एमाले र मधेसी मोर्चा मिलेर अहिलेको प्रधानमन्त्रीको २ वटा उम्मेद्वारी मध्ये एउटा उम्मेदवारलाई भोट हाली मुलुकलाई नयाँ प्रधानमन्त्री दिन सक्थ्यो”, तर एमाले र मधेसी मोर्चाको तटस्थताको कारण आजको सम्पूर्ण मुलुकवासीले दु:ख खेप्नु परिरहेको छ ! खै त देश प्रतिको प्रेम ? खै त जनता प्रतिको माया ? के मुलुकलाई अनिर्णयको बन्दि बनाएर आफु तटस्थ बस्नु सही हो त ? के मुलुकमा दिन प्रति दिनको कामकाजलाई ठप्प राखी देश दिन दिनै राजनीतिक बन्दि र आर्थिक मन्दीमा जानु ठिक हो त ? तर यस प्रति कुनै पार्टीको पनि ध्यान केन्द्रित भएको छैन !
सबै भन्दा धेरै समय सम्म प्रधानमन्त्री पदको नेतृत्व गरेको नेपाली काँग्रेस ! तर स्व. गिरिजा प्रसाद कोईराला जीवित हुँदा खेरि नेपाली काँग्रेसलाई धेरै सम्मान र इज्जतको नजरले हेरिन्थ्यो तर अब दिनदिनै नेपाली काँग्रेस पनि आफ्नो अस्तित्व गुमाउदै गइरहेको अवस्था देखिन्छ ! माओवादी सहमतीयमै जाउ पनि उम्मेदवारी फिर्ता लिन तयार भएको बेलामा यता नेपाली काँग्रेसका प्रधानमन्त्री उम्मेदवार राम चन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिने, बहुमतीय प्रणाली मै जाने अठोट लिई अब आठौ पटकको निर्वाचनको प्रतिक्षामा हुनु हुन्छ !
आफूलाई ठुला पार्टी भन्ने यी तीन पार्टीहरुले अहिलेको समयमा जुन मुलुकको परिस्थिति देखिएको छ त्यसले पनि प्रमाणित हुन्छ कि साँच्चै नै ठुला पार्टी रहेछन् ! जसले आफ्नो हठ र सत्ताको लोभमा राजनीतिकको फोहोर खेलमा मुलुकलाई अझ अन्धकार तर्फ धकेल्दै गइरहेको छ !
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि सरकार निर्माण गर्ने बेलामा नै आधारपत्र लिएर बसेका छन ! कुनै पनि कुरोको एउटा सही समय हुन्छ ! तर राजनीतिक बसिरहने यी नेतावर्गहरुलाई के थाहा समयको महत्वको बारेमा ! संधैभरि समयलाई खेर फाल्दै मुलुकलाई खाडलमा पुर्याउने यी नेताहरुलाई पटक्कै पनि कुनै चिन्ता छैन ! सरकार निर्माण पश्चात पनि त आफ्ना-आफ्ना पार्टीका कुरा राख्दा हुन्थ्यो नि ? किनकी सरकार भनेको कुनै एउटा दलको वा एउटा व्यक्तिको वा एउटा पार्टीको मात्र हुदैन ! सरकार भनेको सम्पूर्ण मुलुकमा बस्ने जनजाती, मधेसी, आदिवासी, गरिब सबैको लागी साझा हुन्छ ! सरकारले सबैको कुरालाई सुनेर साझा निकाश निकाल्न सक्नु पर्छ ! त्यसैले सरकार निर्माण पश्चात मधेसी मोर्चाले मिलेर एक भई आफ्नो मांग राख्नसक्नु पर्थ्यो नि ? तर अहिले कै समयमा सबै पार्टीहरुले यस्तो वालहठ राख्नु नितान्त गलत कुरा हुन् जान्छ ! मधेसी मोर्चाको पनि विश्वाश अब कसरी गर्ने ? सरकार निर्माणको मात्र मोर्चा बन्ने र अवसरको खोजीमा विस्तारै फुट्दै जाने चलन नै भएछ ! त्यस्तै अहिले सरकार निर्माण गर्ने बेलामा संसद भित्रका सबै मधेसीदलहरु मोर्चा बन्दी गरेर अगाडी आएका थिए तर त्यो छानिक मात्र रहेछ ! अहिले पनि मोर्चा विगत झै फेरी टुक्रिसके ! जुन कि एकदमै लज्जास्पद कुरा हो ! के मोर्चा अवसरका लागी मात्र सकृय हुने हो ? जब मधेसको मुद्दा एक हो, मधेसको समस्या एक हो भने मधेसी मोर्चा सधै एक किन हुन् सक्दैन ! किन सधै फुट्ने काम हुन्छ ? के यति कम्जोर छन त मधेसी मोर्चा, मधेसीका पार्टी, मधेसी नेताहरु ?
अहिले आफुलाई ठुला दलले चिनाउने नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी लगायत मधेसी मोर्चा सबै मिली देशलाई निकास दिने तर्फ लाग्नु नै उचित हुन्छ ! भदौ २२ गते भएका सातौ पटकको प्रधानमन्त्री निर्वाचनका लागि निर्णायक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित भए पछी माओवादीको पक्षमा समर्थन बढ्ने विश्वास थियो ! मधेसी जनअधिकार फोरमले माओवादीलाई समर्थन गर्ने बताएको थियो तर कुनै कारणवश गरेनन् ! आजको अवस्थामा नेपाली जनता नै नेपाल राज्यको शक्तिको प्रमुख श्रोत भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको कुरा जनआन्दोलन दोश्रोबाट प्राप्त भएको छ ! संविधानमा भएका सम्पूर्ण सामन्तवादी संरचनाहरु समाप्त पारिएको छ ! नेपाली जनताको समाजिक, आर्थिक, राजनीतिक, संस्कृतिक, भाषिक, धार्मिक तथा जातीय हकअधिकारलाई सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्रको आवश्यकता परेको हो ! त्यसका लागी राज्यको विधमान राज्य संरचनालाई पूर्ण सरचना गर्नु पर्छ ! हरेक जातजाति, भाषा-भाषी, दलित, मधेसी, आदिवासी, जनजाती आदिलाई समानुपातिक हिसाबले राज्य सत्तामा समावेश गराउनु पर्दछ ! नेपालको वर्तमान गतिरोध पछाडी दुई ठुला विभाजन छन्, जसले शान्ति प्रक्रियाको सुरुवात देखि नै त्यसमा प्रवेश पाएका थिए ! पहिलो नयाँ नेपालको एजेन्डा र दृष्टिकोणमा रहेको विभाजन हो भने अर्को शान्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएका पक्षहरु बिचको शक्ति बाडफाडको व्यवस्था ! यी विभाजन ती दलका तल्लो तह वा राजनीतिक रुप सचेत नेपाली जनताको तहमा नभई राजनीतिक दलको नेतृत्वको तहमा हुने गरेको छ ! नेपालमा जनताले चाहेका कुरा र राजनीतिक दलका नेताले गर्न खोजेको कुरामा धेरै ठुलो अन्तर छ ! त्यसैले अझ पनि संसद भित्रका सम्पूर्ण दलहरुले यदि साँच्चै नै मुलुकका जनताहरुको हकहितमा केहि सोच्न चाहन्छन्, मुलुकलाई निकस दिन चाहन्छन् र केहि गर्न चाहन्छन् भने आउँदो चुनावी प्रक्रियामा नयाँ प्रधानमन्त्री चयन गरेर होस् वा सहमति गरेर होस् मुलुकलाई अनिर्णयको बन्दीबाट हटाउनैपर्छ ! यहि सम्पूर्ण दलहरुको जिम्मेवारी पनि हो र कर्तव्य हो ! मुलुकलाई तत्काल नयाँ सरकार दिन जरूरी छ ! यदि ठुला दलहरु आपस मै सधै यसरी नै भिडिरहने हो भने जनताको विश्वास सदाको लागी उठ्न सक्छ ! त्यसैले जनताको गणतन्त्र प्रतिको लगानी माथि गम्भीर भएर सोच्न जरूरी छ !
(मधेस दर्पण फिचर सेवा)

Thursday, September 30, 2010

मधेसमा ईमान्दार नेता हराएका छन !!

उपेक्षित मधेस र उत्पीडित मधेसीको हकहितका लागि निस्वार्थ, नैतिकवादी, ईमान्दार व्यक्तित्व भएका नेताहरुको अभाव सर्वत्र महशुस गर्न थालिएको छ !

राजा मानदेवको राज्य कालमा तराई मधेसमा शोषक, सामन्त र ठुला जमिन्दारहरुबाट त्यस बेलाका दलित, गरिब, निमुखाहरुको शोषण गर्ने, बेरोजगारलाई रोजगार नदिई धाक धम्कीबाट काम गराउने, जबर्जस्ती गरिब, दलितहरुको सम्पति हरण गर्ने गरिन्थ्यो ! सप्तरीको नगडा बैरिया गाउँमा भएको शवरभीन समुदायका दिना र भद्री स्वं तत्कालिन सप्तरी हाल सिरहाको महिसौधामा जन्मनु भएका दुसाध जातिका सलहेस शंवर, क्षीण समुदायका युवाहरुले सशक्त संगठन खडा गरी त्यसबेलाका शोषक, सामन्त, जमिन्दारहरु शंवर भिल, निमुखा सोझा जनता माथि दमन गर्नेहरुको प्रतिकार गरेका थिए ! जसको परिणाम त्यस बेलाका शाषकहरुको शोषण गर्ने सोचमा ह्रास भएको थियो !

यसैले अहिले सम्म पनि दिना भद्री र सलहेसलाई दलित समुदाय व्यक्तिहरु इष्ट देवताका रुपमा पूजा गर्दछन ! दिनाभद्री र सलहेस शंवरले भिलहरु माथिको शोषण दमनलाई अन्त मात्र गरेन त्यसबेलाको तराई मधेसका लाई कब्जा जमाउने शोषक सामन्तहरु सँग सशक्त युद्ध समेत गरी नेपालको अखण्डता र तराई मधेसको अस्तित्वलाई जोगाएका थिए ! यसैक्रममा दिनाभद्री दुबै दाजुभाइले प्राणाहुति पनि दिए ! अहिले मातृभूमिको रक्षाको लागि र समाजमा दलित भनिने पिछीडिएका गरिबका हकहित र सम्मानको लागि नि:स्वार्थ रुपमा बलिदान गर्ने व्यक्तित्वको मधेसमा स्वार्थ अभाव महसुस गर्न थालिएको छ !

पंचायत कालमा मधेस र मधेसी उपर भइरहेको शोषण, दमन र उत्पीडनको विरोधमा नि:स्वार्थ रुपमा आवाज उठाउने स्व: रघुनाथ ठाकुरको तत्कालीन शासकबाट षड्यन्त्र पूर्ण रुपमा हत्या गरिएको थियो ! आफ्नी जीवनकालमा शासकहरुबाट सत्तामा सहभागी हुन् लगायतका अनेकौ प्रलोभन दिए पनि आफ्नो कर्तव्य पथबात स्व: ठाकुर कहिले विचलित भएन ! आज मधेसवादी दलका नेताहरु त्यस प्रकार को नि:स्वार्थ बलिदान र नैतिकता भएको व्यक्तित्व देखिदैन!

गजेन्द्र नारायण सिंह शोषित, उत्पीडित, मधेसी, दलित र पहाडमा रहेका जनजातीहरुको हितको सम्मानका लागि तथा उनीहरु माथि भइरहेको शोषण, दमन, असमानताको, अन्तको लागि आफ्नो मातृसंस्था नेपाली काँग्रेसको जिम्मेवार पदलाई त्याग गरी नेपाल सदभावना परिषदको गठन सो माध्यमबाट मधेसमा सशक्त रुपमा आन्दोलनको सुरुवात गुर्नुभयो ! प्रजातन्त्र पुर्नस्थापना पश्चात सदभावना परिषदलाई नेपाल सदभावना पार्टीमा परिणत गरी सो माध्यमबाट संविधानसभाबाट संविधानको निर्माण, मधेसी, दलित , जनजातीको लागि सबै तहमा आरक्षणको व्यवस्था, नागरिकता समस्याको लागि सर्वकालीन समाधान, जनसंख्याको आधारमा निर्बाचन क्षेत्रको सुनिशितता, असमानताको अन्त र दलितको उत्थानका लागि जीवन पर्यन्त संघर्षरत रहनुभयो ! परिस्थितिवस मन्त्री हुनुभए पनि ती लक्ष्यहरु परिपूर्तिको मार्गबाट कहिले पनि बिचलित हुनुभएन !

मधेशका तपस्वी , ईमान्दार ,नैतिकवान, व्यक्तिहरु शाषक र केही मधेसी शिकार हुदै आएको छ ! जसको प्रत्यक्ष उदारण तमलोपाका राष्ट्रिय अध्यक्ष महन्त ठाकुरले पराजय भोग्नु परेको कटु सत्य हाम्रो सामु रहेको छ ! सबैभन्दा ज्वलन्त उदहारण हाम्रो सामु मधेस आन्दोलनले दिएको जनादेशलाई बिर्सेर हाम्रा मधेसका महान मधेसवादीहरु सत्ता र कुर्सी खेलमा पछी दौडिरहेका छन ! संविधान सभामा मधेसले दिएका जनादेशलाई वेवास्ता गरि मधेसवादीहरुमा आपसी फुट भइरहेको छ ! सबै मधेसीको आँखाको तारो फोरम दुई चिरामा विभाजित भएको छ ! सदभावना पार्टी पाँच चिरामा विभाजन भएका छन ! मन्त्रि र सत्तामा बस्न शासकहरुको पछी पछी लागि आफ्नो पार्टीको नीति र मधेसको भावना समेतलाई विर्सिएका छन !

मधेस र मधेसी आशाको केन्द्र विन्दु मधेसधारी दलहरु रहेको छ उनीहरुको सम्पति संरचना र अहार व्यवहारमा फरक पाएको छ ! मधेसको अधिकारको नाउँमा मधेसी जनतासँग मत संकलन गरी सभासद बनेकाहरु आफ्नो सम्पति जोड्नमा व्यस्त छन ! कोही बंगला, गाडी र नातागोताहरुको सुरक्षित गर्न पछाडी लागेका छन त् कोही एमाओवादी त् काँग्रेस, एमालेको मुखपत्र बनी आफ्नो विचारधारालाई परिवर्तन गरिरहेका छन !

आजको लडाईको बीचमा खडा भएका मधेस जलिरहेको छ ! अनेकौ सम्झौताहरु फाइलमा मात्र सिमित छन ! अनेकौ अधिकारका सबालहरु पार्टीको घोषणा पत्रमा नै सिमित छन ! सिमित मात्रको आरक्षणको घोषणाले २३८ वर्ष भन्दा पहिले देखि पिल्सिएका मधेसीको अधिकार सुनिशिचत हुन्छ त् ? के ती सत्ताधारी शासकहरुलाई थाहा छैन देशमा आमुल परिवर्तन सँगै नँया नेपालको सोच र परिकल्पनालाई साकार गर्न सबै जातजातिको त्यतिकै नै अहम भूमिका रहेको छ ! जब मधेस र मधेसी आफ्नो अधिकारको कुरा गर्छ खस अहंकारवादी सोच र मानसिकता बोकेका पहाडीवादी नेताहरु बहानाबाजी गरी अधिकार सुनिश्चित गर्नबाट वन्चित गर्न षड्यन्त्र गर्छन !

के यी सबै कुरा हाम्रा मधेसवादी चिन्तन गर्ने नेताहरुलाई थाहा छैन, किन नहुने सबै थाहा छ ! तर आवाज बन्दछ किन ? भन्ने प्रश्नहरु मधेसी जनता गर्न थालेका छन भन्ने शंका गर्न थालेका छन ! मधेसी जनताको मधेसमा सच्चा, ईमान्दार मधेसी नेताको खडेरी परेको छ कि यी नेताहरु रगत पानी भएको छ कि भन्ने आवाजहरु कम उठिरहेको छैन !

जनसंख्याको आधारमा, पढेलेखेको आधारमा, आदिकालीन बसोबासको आधारमा नेपाल निर्माण देखि तब संबिधान लेखनको तैयारी सम्म मधेस त्याग र बलिदान कम रहेको छ ? यी सबै पक्षहरु शासन गर्ने शासक तिर औला देखाई रहेको छ ! अब मधेसका वीर नेताहरु सबै पक्षहरुमा ध्यान दिनु पर्ने बेला आएको छ ! ठोक बजाएर संविधानमा आफ्नो अधिकार सुनिश्चित गर ! ठोकबजाएर मधेस आन्दोलनले दिएका जनादेशलाई पुरा गराऔ नत्र भोलिका दिनहरुमा मधेसका जनताहरुले तपाईहरुलाई धिक्कार्ने छ र कहिँ त् गद्दार घोषणा गर्न पनि पछी पर्ने छैन, भन्ने शंका गर्न सकिन्छ ! अब पनि समय छ, जाग मधेसका नायकहरु जाग !

Wednesday, August 18, 2010

Campaign Against "Old Minded, Selfish, Visionless Madhesi Leaders" !!


Why are we not questioning ourselves? 
Is this the society we are dreaming of?
Is this the way we have to be silent towards our own society?
As a youth of Madhes, can’t we challenge the real problems of Madhes?
Society calls us. Do we listen to it?
What are we waiting for?
Why are we being silent over Peace, Poverty, Illiteracy, Unemployment and so many other evils of society?
Come and join us.
This is Our Madhes, Only together We have to make it big and successful.
Always remember Rome is never built in a day.
Our progressive and deliberate efforts will see our nation prosper and come better of all difficulties and problems.
So come today, we will make a promise to ourselves that we are not going to be mute spectators anymore rather turbulent and mighty streams of change.
We believe in Power of youth And We are the power of Madhes. This is Youth power.
Don't just sit, Don’t just think, Do it, Bring the change, Be the change, This is our time FRIENDS. Come forward unite yourself And Work together for the Betterment of Madhes.
“Today is our’s moment of opportunity the challenge is to convert hope into reality. If we think our tomorrow, is today. As we know we can do it ………”
We Youth believe in “The future belongs to those who believe in the beauty of their dreams."
“It’s always said to be a dream....let’s try to make this a real one... If we think we can make a difference!!!”

“We are the Young Soul of Young Madhes"

Thursday, May 27, 2010

Nepal’s Madhesi leaders are very Shrewd, Selfish and Dishonest to their Own People

An Interview By Dr. Ram Dayal Rakesh
HR activist, Nepal

Dr. Ram Dayal Rakesh is a soft spoken but highly qualified academician of this country. He has several books to his credit. Mainly he writes on culture and tradition and thus his books are widely read both within and without.

He has also served the HR Commission for a brief period. He appears pained looking at the dishonesty being exhibited by some Madhesi leaders towards Madhesh or say Terai.

Last week, we approached this suave intellectual for a brief interview to which he agreed. Thanks Dr. Rakesh. Below the results: Editor.


Question 1: The country’s politics is in a very dangerous state and it appears that soon some sort of hurricane will grip the nation. How you see the emerging scenario? What went wrong with our national politics? Who should be held responsible and made accountable? As a senior and academic national of this country, what you would suggest to our leaders in order to avert the crisis that is already looming large over the Nepali Sky? Dr. Rakesh your comments please.

Dr. Rakesh: Let us start with the saying of Jonathan Swift that politics, as the word is commonly understood, is nothing but corruption. You are quite right that present political scenario is very dangerous and we all are equally responsible for this. The politicians are especially responsible for this catastrophe in the country. There is the mushroom growth of mediocre politicians from village to the central level who are engaged in political gossip over a cup of tea right from morning to the evening. Most of the politicians are corrupt. Their main motto is to mint money and make merry. They are dishonest. They are morally and intellectually bankrupt. So they think less for their country and more for their own personal wellbeing. There is the acute dearth of Statesmen. You know the difference between politicians and statesmen. Politicians think about the next election where as Statesmen think about the next generation. Not a single politician has become a Statesman in this country up till now. I think this is the root cause of the present political crisis.

Question 2: We beamingly entered into the republican order some two years ago. We have also adopted the practice federal system in the country. However, some critics of federal order claim that such an order may disintegrate the country. Is there any basis in such claims? What you think of the federal order? Your opinions please

Dr. Rakesh:
Federalism is the genuine aspiration of the general people of this country. It is unfortunate that some leaders, some lawyers and some constitution experts are opposing federalism. It is-the federal model-working successfully in many countries of the world. I am in favor of federalism and I have fully supported it in my book entitled MURDER OF MADHESH. It will not disintegrate the country. If it is not adopted then the country will be on the verge of division.


Question 3: It is widely rumored that the political space of India in Nepal has slipped out from the Indian hands and has gone to the fold of the EU and the US.

Do you such a penetration of the EU-US combine bode well for this nation or it is just desirable? Your comments please Dr. Rakesh please.

Dr. Rakesh:
You are right to some extent but it is wrong to say that the political space of India has completely slipped out from the Indian hands and has gone to the hold of the EU and the U.S. It is a temporary political development. I hope India will regain its image in the days to come because Nepal is culturally, socially and politically more close to India. So this is quite possible. The penetration of the E.U and the U.S. is also welcoming.


Question 4: We understand Dr. Rakesh that you have been working for ensuring or say securing minority rights. How much gains you have achieved in this regard so far? Also tell us the HR situation prevailing in the country as of now? However, do not forget that those who are associated with HR groups in Nepal are supposed to earn green dollars.

Dr. Rakesh: I am working for ensuring minority rights for last couple of years because they have been deprived of their fundamental rights for last so many centuries. MINORITY RIGHTS cover protection of existence, protection from discrimination and persecution, protection and promotion of identity, and participation in political life. Now other backward class (O.B.C.) are fighting for their basic rights but the government is not paying due attention towards it. It is a matter of great regret. The situation of HR is alarming in the country. It is deteriorating day by day. Abduction, extortion of money, murder, robbery and theft has become the fashion of the day. There is no good relation between NHRC-Nepal Human Rights Commission- OFFICIALS AND STAFF. They blame each other. Moreover, they have no good relation with other U.N Agencies working in this field as well.

Question 5: Now let’s talk of Madhesh/Terai. What is the real problem in Madhesh and what the government has already agreed to grant the Madhesi leaders but not acted upon what had been agreed to? It is also said that some Madhesi leaders are themselves not interested in the affairs of Madhesh? What say you in this regards? But keep in mind that currently the Madhesi parties have split into several splinters?

Dr. Rakesh: Madhesis everywhere are quietly religious, culturally open and ideologically republican but the Madhesi .leaders are very shrewd, selfish and dishonest to their own people. They use them as vote bank and forget them-the people- after elections. They do nothing for them while being in power but when they are out of power they remember them like God. On top of that they are opportunists and always hanker after money. They always look for the posts of profit for their henchmen. They have also caste feelings among themselves. This is the urgent need of today that they should be united under one umbrella and forget their partisan interests. ONLY THEN they can achieve their final goal.

NOTE : Source http://www.telegraphnepal.com/news_det.php?news_id=7728

Where is Madhes heading towards?

By Satya Narayan Shah
er.snshah@gmail.com

1. Land of Tarai used to be called fertile not only for the production
of food grains but also very fertile for the technocrats in Nepal. In
those days many doctors, Engineers, Overseers, Paramedical, surveyors
and many other technicians used to come from Tarai. Even Most of the
teachers in the Hills used to be from Madhes. But it is very sad to
say that the trend has been broken drastically. It certainly depends
on the education. The basic education (school level education) plays
very vital role in the production of technocrats, which no doubt has
fallen tremendously. Colleges and schools are producing low quality
products that cannot compete for the technical education. Some of
them can not complete the course even if they get admission using
money power. Perhaps people forget that education can not be bought.
It demands intelligence, aptitude, labour and dedication. No body,
specially our community/political leaders, seen to be keen on drawing
their attention on why our youths are detaching themselves from
acquiring quality education. It may be because they will be needing
youths to burn tires on the road to show their strength when they call
strike. These days news about the examination where fights between
teachers, and students for the mal practices have become very common.
Even many guardians come forward to protect their children demanding
for the rights to cheat in the examination. This is really sad and
difficult to explain. Eventually, who are the looser -Students or
Guardians or Schools or teachers or so called leaders; this question
has to be answered before we completely end up with brain loss.

2. After acquiring certain qualification, any one wants to use his or
her knowledge to support the life with full job satisfaction. It is
one of the human rights. Unfortunately, it is too sad to say that our
Youths, who do not have any political protection or alternatively
strong monetary power, can rarely get a job as per their
qualification. There are many reasons behind it few of them are racial
discrimination, no proper recruitment system, too less job creation,
attitude of political leaders to make youth as followers, and youth
willing to make easy money rather than developing their carrier. If
the condition does not improve, our youths who are the real future of
the country, will be forced to get entangled in unworthy doings, which
will destroy our social values and social structures. That loss will
be very difficult to be compensated. It is quiet clear that the state
mechanism is completely deaf and dumb to address this issue.

सप्तरी क्षेत्र ३ बाट संघीय सांसद पदमा सुरेन्द्र मधेसीको उम्मेदवारी घोषणा

सप्तरी , ०३ कार्तिक  । सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सुरेन्द्र मधेसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा ग...